चपुर । लागुऔषध गाँजा र कटुवा पेस्तोलसहित रौतहटबाट गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी पक्राउ परेका छन् ।

प्रहरीले रौतहट-४ स्थित रहेको झोलुङ्गे पुलको बाटो हुँदै लागुऔषध गाँजा १ सय ९ किलोग्राम र कटुवा पेस्तोलका साथै त्यसमा लाग्‍ने चार थान गोलीसहित गिरिलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताएका छन । झोलुङ्गे पुलको बाटो हुदै लागु औषध गाँजा ओसारपोसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा भेटिएको प्रहरिले बताएको छ ।

OM Sai Pathibhara Hospital

गिरीको साथबाट ८ एमएम के एफ लेखिएको ३ थान गोलि र १ थान गोलि लोड रहेको कटुवा पेस्तोल फेला परेको प्रहरिले बताएको छ। साथै अन्य फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको  छ ।

गिरीलाई म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले  बताएको छ ।