काठमाडौं— बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर—३ का अध्यक्ष मृत भेटिएका छन् । काँक्राखोर बस्ने ५० वर्षीय वडाध्यक्ष कर्णबहादुर भण्डारी बुधबार बिहान मृत भेटिएका हुन् ।
भण्डारी आफ्नै घरदेखि ५० मिटर उत्तरमा रहेको गोठमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमान्डमा गएको टोलीले थप अनुसन्धान सुरु गरेको बताएको छ ।

OM Sai Pathibhara Hospital
पोस्टमार्टमपछि परिवारलाई शव हस्तान्तरण गरिने प्रहरीले जनाएको छ । गत स्थानीय निर्वाचनमा उनी माओवादीबाट निर्वाचित थिए ।