समाचार

    Showing 13,801-13,810 of 25,809 items.
  • वीरगञ्जको निषेधाज्ञा (कर्फ्यु) को समय लम्बियो

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा कर्फ्युको समय बढाएको छ।आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर भरे मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो।पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिए।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 288 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा विभिन्न जिल्लाका १५ सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन्। उनले आइतबार १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका हुन् ।सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रमअनुसार आइतबार दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरेका हुन्।प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराइ सहयोग गर्नुपर्नेमा जोड दिए।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 202 पटक पढिएको
  • समाजवादी प्रेस सङ्गठनद्वारा स्व. पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग गर्यो

    काठमाडौं— समाजवादी प्रेस सङ्गठन नेपालले तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ।सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा परिवारलाई भेट्न गएको प्रतिनिधिमण्डलले शनिबार उक्त रकम रजकी श्रीमतीलाई हस्तान्तरण गरेको हो। यही चैत १५ गते त्यस क्षेत्रमा भएका आन्दोलनको समाचार सङ्कलनका क्रममा आगजनीमा परी उनको निधन भएको थियो।त्यसक्रममा अध्यक्ष श्रेष्ठले रजकको रहस्यमय मृत्युको अनुसन्धान गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गर्दै रजकलाई सहिद घोषणा गरिनुपर्ने बताए।“भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको हत्या गरिएको छ। यो प्

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 167 पटक पढिएको
  • सहकारी पीडितः आन्दोलनले आवागमन अस्तव्यस्त भयो रत्नपार्क क्षेत्र

    काठमाडौं— सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको छ । कार्यालय समयमै र्‍याली निकालेकाले सवारी जाम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दिपक गिरिले बताए ।“अहिले सहकारी पिडितले क्षेत्रपाटीबाट र्‍याली निकालेका छन । त्यसैले रत्नपार्क सुनधारा, त्रिपुश्वर, जमल क्षेत्रको सवारी आवागमन प्रभावित बनेको छ । कार्यालय समयमा क्यूमा सवारी बस्नुपर्थ्यो । तर, आज सडकमै रोकिनुपर्ने अवस्था छ,” गिरिले भने । 

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 168 पटक पढिएको
  • हनुमान जयन्तीः कर्फ्यू जारी भएपछि वीरगंजको अवस्था सामान्य बन्दै

    काठमाडौं— हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समूहबीच झडप हुँदा अशान्त बनेको पर्साको वीरगंजमा कर्फ्यू जारी छ। झडप अनियन्त्रित भएपछि जिल्ला प्रशासन कार्यालयले साँझ साढे ६ बजेदेखि आज मध्यान्ह १२ बजेसम्म कर्फ्यू लगाएको थियो।  पूर्व भेडियाही चौक, पश्चिम सिर्सिया पुल, दक्षिण शंकराचार्य गेट र उत्तरतर्फ गण्डक चौकमा आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, सभा, बैठक, घेराउ गर्न निषेध गरिएको छ। अहिले अवस्था सामान्य रहेको र कर्फ्यू हटाउनेबारे सर्वदलीय र सर्वपक्षीय छलफल चलिरहेको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।  हिजो साँझ पाँच बजेतिर शोभायात्रामा निस्केको समूह

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 177 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित २ जनाको मृत्यु

    काठमाडौं— भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको  प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 276 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बिहान देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। कोशी प्रदेशका इलाम र झापाका एक-दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाका पूर्वानुमान छ। कोशी प्रदेशका थोरै स्थानहरु र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। त

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 341 पटक पढिएको
  • नदीमा माछा मार्ने क्रममा डुबेर १ युवतीको मृत्यु, ११ जनाको सकुसल उद्धार

    नेपालगञ्ज ।  नेपालगञ्ज बाँकेको राप्ती नदिमा राप्तीसोनारी गाउँपालिका–३ स्थित सिनावासमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षिका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।पातलीका अनुसार गाउँका अन्य महिलासँग राप्ती नदीमा माछा मार्न गएका बेला दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको हो । “माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षिकासँगै डुबेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ”, उनले भने ।दिक्षिकाको शवलाई नदीबाट एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो । मृतकको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज प

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 283 पटक पढिएको
  • वीरगन्जमा दोहोरो झडप तत्काल नियन्त्रण लिन सेना परिचालन

    विरगन्ज  ।  पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप तत्काल नियन्त्रण लिन सेना परिचालन गरिएको छ ।त्यसअघि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई तत्काल नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 297 पटक पढिएको
  • पूर्व पश्चिम राजमार्ग अन्तरगतको बिनयी खोलामा डाइभर्सन बनाएर यातायात सुचारु

    काठमाण्डौ  ।  पूर्व पश्चिम राजमार्ग अन्तरगतको नारायणगढ–बुटवल सडक सुचारु भएको छ । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीवासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिवार बिहान देखि पूर्ण रूपमा अवरुद्ध भएको सडक शनिबार राति नौ बजे देखि सञ्चालनमा आएको हो ।विनयी खोलामा डाइभर्सन बनाएर एकतर्फी बाटो सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए । गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाएको डाइभर्सन खोलाले बगाएपछि दिन भर सडक अवरुद्ध भएको थियो ।दाउन्नेमा वर्षाका

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 322 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.