नेपालगञ्ज । नेपालगञ्ज बाँकेको राप्ती नदिमा राप्तीसोनारी गाउँपालिका–३ स्थित सिनावासमा राप्ती नदीमा माछा मार्ने क्रममा डुबेर स्थानीय २० वर्षीया दिक्षिका चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
पातलीका अनुसार गाउँका अन्य महिलासँग राप्ती नदीमा माछा मार्न गएका बेला दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको हो । “माछा मार्न गएका ११ जना महिला पनि नदीमा दिक्षिकासँगै डुबेका थिए । उनीहरूको सकुशल उद्धार गरिएको छ”, उनले भने ।

दिक्षिकाको शवलाई नदीबाट एक घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको थियो । मृतकको शवलाई परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।