विरगन्ज । पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप तत्काल नियन्त्रण लिन सेना परिचालन गरिएको छ ।
त्यसअघि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई तत्काल नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।