समाचार

    Showing 13,771-13,780 of 23,683 items.
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।   देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराई भू-भागका थोरै स्थानहरुमा हुस्सु\कुहिरो लागेको छ।आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक\दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भा

    • प्रकाशित मितिः मंसिर ३, २०८१
    • 263 पटक पढिएको
  • बसको ठक्करबाट एक छात्राको घटनास्थलमै मृत्यु

    सुनसरी । सुनसरीमा बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।सुनसरीको शान्ति चोकमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले जनता माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया सम्झना यादवलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको हो ।बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले नियन्त्रणमा लिएर आगजनी गरेका छन्।आगजनीपछि सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । 

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 354 पटक पढिएको
  • गृहमन्त्री लेखकलाई भेटेर एसएसबी महानिर्देशकले के भने ?

    काठमाडौं— गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीका महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ।सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटवार्तामा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल एसएसबीका बीच दुई देशको सीमा सुरक्षाका क्षेत्रमा सौहार्दपूर्ण वातावरणमा भइरहेको कामका विषयमा छलफल भएको थियो।भेटवार्ताका क्रममा गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने लागुऔषधको अवैध कारोबार र ओसारपसार तथा मानव बेचबिखन नियन्त्रणका साथै आपराधिक गतिविधि नियन्त्रणमा सहयोग र सहकार्य गर्न जोड दिए।गृहमन्त्री लेखकले जनताले कष्ट नपाउनेगरी सौहार्दपूर्ण वातावरणमा शान्तिस

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 331 पटक पढिएको
  • बिग्रियो धरहराको लिफ्ट

    काठमाडौं— नवनिर्मित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै बन्द भएको छ। धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो। निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको उनको भनाइ छ।‘लिफ्ट बिग्रेपछि बन्द गरिएको छ,अब सशुल्क गरेर मात्रै चलाउने भन्ने छ,यसको लागि सफ्टयार निर्माण भइरहेको छ,सम्भवतः अब लिफ्ट बनाएर शुल्क निर्धारण गरेर मात्रै सञ्चालन हुन्छ,’उनले भने।२०७२ वैशाख १२ मा गएको भूकम्पले ऐतिहासिक धरहरा ढलेको थियो तर सरकारको आलटालका कारण समयमा पुनर्निर्माण सुरु हुन सकेन।

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 336 पटक पढिएको
  • संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको पदाधिकारी बन्न ७७ जनाले दिए निवेदन

    काठमाडौं— बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि ७७ जनाले आवेदन दिएका छन् ।संक्रमणकालीन न्यायसम्बन्धी यी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार शुक्रबार बेलुकीसम्म ७७ जनाको आवेदन दर्ता भएको छ ।कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालका अनुसार शनिबारसम्म भौतिक रूपमा ७१ र अनलाइनमार्फत ६ गरी जम्मा ७७ जनाले आवेदन दिएका छन् । अध्यक्ष पदमा आधा दर्जन आवेदन परेका छन् । केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् ।२०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 262 पटक पढिएको
  • आज मनोनयन दर्ता हुँदै, आजै उम्मेदवारको सूची प्रकाशन गरिने

    काठमाडौं : मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका मनोनयनपत्र दर्ता सुरू भएको छ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए।उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना ग

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 575 पटक पढिएको
  • बाह्रदशीमा रड प्रहार हुँदा माझी मृत्यु

    राजगढ़  ।   झापाको बाह्रदशी गाउँपालिका–५ मा रड प्रहार हुँदा एकजनाको  घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।बाह्रदशी–५ बस्ने ४५ वर्षीय गंगालाल माझीको रड प्रहार हुँदा मृत्यु भएको हो । घाइते माझीलाई उपचारका लागिबिर्तामोड़ स्थित बिएन्डसी अस्पताल  ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । राति आपसी विवाद हुँदा बाह्रदशी–५ कै मानपुर राजवंशीले माझीलाई रडले प्रहार गरेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोड़बाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 325 पटक पढिएको
  • लमजुङ दरवार बेबारिसे अबस्थामा

     लमजुङ  ।   बेबारिसे अवस्थामा रहेको निर्माणाधीन लमजुङ दरबारशाहवंश राजाको उद्गमस्थल लमजुङ बेँसीसहर नगरपालिका-३ गाउँशहरमा अहिले बेबारिसे अवस्थामा रहेको छ l निर्माणाधीन अबस्थामा रहेको सो लमजुङ दरबार केही बर्षदेखि निर्माण कार्य रोकिन जादा बेबा रिसे बनेको हो । सोह्रौँ शताब्दीमा बनेको मानिने उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिबाट पुनर्निर्माण थालनी गरेपनि अहिले  निर्माणकार्य रोकिएको छ।

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 311 पटक पढिएको
  • सीताकुण्ड सडकखण्डमा एक महिला मृत भेटिइन

       पाल्पा  ।   पाल्पाको रामपुर नगरपालिका बगाहा–सीताकुण्ड सडकखण्डमा एक महिला मृत भेटिएकी छिन् ।मृतक महिला स्थानीय डिलबहादुर सारुकी श्रीमती ६५ वर्षीया सुकमाया गिरी सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । शनिबार साँझ करिब साढे ५ बजे सडकको नालीमा भेटिएकी ती महिलालाई उपचारका क्रममा रामपुर अस्पताल लगिएको थियो । तर चिकित्सकले उनको मृत्यु भइसकेको बताए ।सो घटनाका सम्बन्धनमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मल्लले जानकारी गराएको छ।

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 332 पटक पढिएको
  • झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    झापा  ।  झापाको दमकमा जंगली हात्तीको आक्रमणबाट आइतबार बिहान १ जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको हो।सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा हात्तिलाइ धपाउन खोज्दा १०० मिटर पर सम्म लखेटेर आक्रमण गरेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 487 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.