काठमाडौं— ६ जन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
आज बसेको गृह मन्त्रालयको बढुवा सिफारिस समितिले ६ जनालाई एआइजीमा बढुवा सिफारिस गरेको समितिका सदस्यसचिव, प्रहरी महानिरीक्षक दीपक थापाले जानकारी दिए।

उनका अनुसार बढुवा सिफारिस हुनेमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।