काठमाडौं— चारजना भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश हरिप्रसाद फुयालको इजलासले थुनामा रहेका अशोक गुरुङ, सन्तोष दर्जी, रोशन तामाङ र आशिष सुवेदीलाई देश निकाला नगरी वैशाख ११ गते इजलासमा पेस गर्न आदेश दिएको छ।

अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेका उनीहरू हाल झापामा थुनामा छन्। थुनामा रहेका भुटानी शरणार्थीलाई थुनामुक्त गर्न माग गर्दै नारायणकुमार सुवेदीले बन्दी प्रत्यक्षीकरणको रिट दिएका थिए।
उनीहरुलाई अध्यागमन कार्यालयले देशबाट निष्काशन गर्ने निर्णय गर्दै नियन्त्रणमा लिएको थियो।