काठमाडौं— समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै काठमाडौंमा बिहीबार मौन प्रदर्शन गर्ने भएको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे हुने मौन प्रदर्शन गर्न लागेको महासचिव रोहित दाहालले जानकारी दिए ।
पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानबिन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागिएको महासचिव दाहालको भनाइ छ ।

राज्यको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरिएको छ । गत चैत १५ गते समाचार संकलनका क्रममा काठमाडौंको तिनकुनेमा आगोमा जलेर रजकको मृत्यु भएको थियो ।