समाचार

    Showing 13,731-13,740 of 25,809 items.
  • “एमाले सांसदको ठूलो घोषणा: ‘श्री ५’ लेख्ने ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्ने!”

    काठमाडौँ – सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपालका पूर्वराजा ज्ञानेन्द्रको ‘श्री ५’ शीर्षक प्रयोगप्रति आपत्ति जनाउँदै नेपालको संविधान अनुरूप तत्काल कारबाही गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै उनले सो शीर्षकको वैधता माथि प्रश्न उठाए, र यसले वर्तमान शासनप्रणालीसँग कसरी मेल खान्छ भन्नेमा चिन्ता व्यक्त गरे।"हिजो म एकदमै चिन्तित भए जब मैले डा. फणिराज पाठक, संवाद सचिवको नामबाट प्रकाशित एक वक्तव्यमा 'श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको समवेदना सन्देश' लेखिएको देखे। यो शीर्षक नेपालको संविधानमा कहाँ छ? मेरो प्रश्न हो, आजको नेपालको व्यवस्थामा 'श्री ५' कहाँ छ?" गैरेले

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 474 पटक पढिएको
  • रातिको अँध्यारोमा ओली–देउवा भेट! ठूलो राजनीतिक खेल सुरु?

    काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा एक गोप्य र महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।उक्त बैठकमा सत्ता साझेदारीलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा गहिरो छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार, पछिल्लो समय बजारमा फैलिरहेका सरकार परिवर्तनसम्बन्धी हल्लाहरूलाई नेताहरूले पूर्णरूपमा नकारेका छन्। उनले ती हल्ला “निराधार र भ्रामक” भएको बताए।भेटमा उपप्रधानमन्त्री पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।सरकारभित्रको स्थायित्व र आपसी समन्वयलाई बलियो बनाउने

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 460 पटक पढिएको
  • एकाबिहानै डोल्पामा भूकम्पको धक्का महसुस

    काठमाडौं— आइतबार बिहान डोल्पा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जिल्लाको कान्जिरोबा भन्ने स्थानमा रहेको थियो ।बिहान ३ बजेर ६ मिनेटमा गएको भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको थियो । यसअघि शुक्रबार ११ बजेर ५३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । सो भूकम्पको तीव्रता ४.१ म्याग्निच्युडको थियो ।

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 473 पटक पढिएको
  • आज काठमाडौं महानगरमा शोक बिदा

    काठमाडौं— काठमाडौं महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आइतबार शोक बिदा दिएको छ। शनिबार प्रशासन विभागले सूचना जारी गर्दै आइतबार शोक बिदा दिने जानकारी दिएको हो।उनको शुक्रबार राति दिन निधन भएको  थियो। उनको निधनमा महानगरपालिकाले गहिरो दुःख र परिवारमा समवेदना प्रकट गरेको छ । विसं २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि पिसाब थैलीको क्यान्सरसँग जुधिरहेका थिए। उनको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीका अनुसार मिर्गौलामा एकैपटक समस्या बढेर डाइलाइसिस गराउनु परेको थियो। काठमाडौं पञ्चायतका लागि २०४३ सालमा भएको निर्वाचनमा उनले प्रजातन्त्रबा

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 377 पटक पढिएको
  • आज वैशाख कृष्ण औँसीः आमाको मुख हेर्ने पर्व मनाइँदै

    काठमाडौं—  प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ।शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनल

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 398 पटक पढिएको
  • आज बाबुराम भट्टराई भारत जाँदै

    काठमाडौं—  पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई आज भारत जाँदैछन् । उनी शनिबार दिउँसो १ बजेको फ्लाइटमार्फत भारत जान लागेका हुन् ।डा.भट्टराई भोलि आइतबारबाट भारतको फरिदावादमा हुने प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिको रुपमा सहभागी हुन भारत जान लागेका हुन् ।त्यस्तै, भट्टराईको साथमा नेसपा (नयाँ शक्ति) की उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपा (नयाँ शक्ति)का सचिव एवं प्रवास प्रदेश अन्तरर्गत भारतका इन्चार्ज सन्देश कार्की पनि जाँदैछन् ।

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 429 पटक पढिएको
  • आन्दोलनमा सहभागी शिक्षकहरू चढेको रात्रिबस अनियन्त्रित भई दुर्घटना हुँदा १६ जना घाइते

    काठमाडौं— काठमाडौँबाट झापा आइरहेको यात्रुबाहक रात्रिबस शनिबार बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । दुर्घटना परी १६ जना शिक्षकहरु घाइते भएका छन् । प्रदेश १–०१–००१–ख४२ नम्बरको बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीले जानकारी दिए । घाइतेको विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बिएन्डसी हस्पिटलमा उपचार भइरहेको उनले बताए ।दुर्घटनामा काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए । जसमध्ये

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • 221 पटक पढिएको
  • मन्त्रालयले सार्वजनिक गरेको नामावलीमा असन्तुष्ट जनाउँदै शिक्षक महासंघको टोली सिंहदरबार प्रवेश नगरी फर्कियो

    काठमाडौं— नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तसँग भेटघाटका लागि सिंहदरबार गएको नेपाल शिक्षक महासंघको टोली मन्त्रालय प्रवेश नगरी फर्किएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक गरेको २५ सदस्यीय नामावलीमा आपत्ति जनाउँदै शिक्षक महासंघ मन्त्रीलाई नभेटेरै फर्किएको हो।महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले मन्त्री पन्तसँग औपचारिक भेटका लागि जान लागेको तर विशेष कारणबस फर्किएको बताएका छन्।उनले सामाजिक सञ्जालबाटै भनेका छन्,‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली महासंघले तयार नगरेको ब्यहोरा जानकारी  गराउँछौँ, आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 435 पटक पढिएको
  • बजेट अधिवेशन आज १ः०० बजेदेखि आरम्भ हुँदै

    काठमाडौं— संघीय संसद्का दुवै सदनको अधिवेशन आज अपराह्न १ः०० बजेदेखि आरम्भ हुँदैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्का दुवै सदनको अधिवेशन आह्वान भएको हो ।संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिने छन् ।बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 325 पटक पढिएको
  • भूकम्प स्मृति दिवस आज मनाइँदै

    काठमाडौं— राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्पमध्येको पछिल्लो हो । भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो । पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन् । विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्प गएको थियो ।  त्यसपछि पनि लगातार जाजरकोटका विभिन्न स्था

    • प्रकाशित मितिः वैशाख १२, २०८२
    • 346 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.