काठमाडौँ – सत्तारुढ नेकपा एमालेका सांसद ठाकुर गैरेले नेपालका पूर्वराजा ज्ञानेन्द्रको ‘श्री ५’ शीर्षक प्रयोगप्रति आपत्ति जनाउँदै नेपालको संविधान अनुरूप तत्काल कारबाही गर्न माग गरेका छन्। आइतबार प्रतिनिधिसभामा बोल्दै उनले सो शीर्षकको वैधता माथि प्रश्न उठाए, र यसले वर्तमान शासनप्रणालीसँग कसरी मेल खान्छ भन्नेमा चिन्ता व्यक्त गरे।


OM Sai Pathibhara Hospital

"हिजो म एकदमै चिन्तित भए जब मैले डा. फणिराज पाठक, संवाद सचिवको नामबाट प्रकाशित एक वक्तव्यमा 'श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको समवेदना सन्देश' लेखिएको देखे। यो शीर्षक नेपालको संविधानमा कहाँ छ? मेरो प्रश्न हो, आजको नेपालको व्यवस्थामा 'श्री ५' कहाँ छ?" गैरेले भने, यस प्रकारको शीर्षकको प्रयोगलाई असंवैधानिक र राष्ट्रको सम्मानका विरुद्ध भन्दै कडा आलोचना गरे।


गैरेले थपे, "यो कसरी सम्भव भयो? संसदको सर्वोच्चता र कानुनी राज्यको सम्मानको उपहास गर्दा के यो सह्य छ? म सरकारसँग आग्रह गर्छु कि यस प्रकारका व्यक्तिहरू र संवाद सचिव डा. फणिराज पाठकलाई तत्काल कारबाही गरियोस्।"


यो विवाद कश्मीरमा भएको एक घटनामा पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको समवेदना सन्देशसँग सम्बन्धित छ, जसमा 'श्री ५' शीर्षक प्रयोग गरिएको थियो। यसअघि पनि पूर्वराजाले विभिन्न वक्तव्यहरूमा यही शीर्षक प्रयोग गर्दै आएका छन्, जसले नेपालको गणराज्यको मुद्दामा नयाँ बहस सुरु गरेको छ।