काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारस्थित प्रधानमन्त्री निवासमा एक गोप्य र महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

उक्त बैठकमा सत्ता साझेदारीलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा गहिरो छलफल भएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका छन्। उनका अनुसार, पछिल्लो समय बजारमा फैलिरहेका सरकार परिवर्तनसम्बन्धी हल्लाहरूलाई नेताहरूले पूर्णरूपमा नकारेका छन्। उनले ती हल्ला “निराधार र भ्रामक” भएको बताए।
भेटमा उपप्रधानमन्त्री पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
सरकारभित्रको स्थायित्व र आपसी समन्वयलाई बलियो बनाउने सहमति बैठकको मूल उद्देश्य रहेको बताइएको छ।