समाचार

    Showing 13,711-13,720 of 25,809 items.
  • प्रहरीले सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी ऐन संशोधन हुँदै

    काठमाडौं— प्रहरीले शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने गरी प्रचलित ऐन संशोधन हुने भएको छ । सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत प्रहरी ऐन २०१२ मा संशोधन गर्न लागेको हो । यस निम्ति सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ ।प्रतिनिधि सभाबाट पारित भएको केही नेपाल ऐन संशोधन विधेयकले प्रहरी ऐन २०१२ को दफा १५ र दफा ३६ मा संशोधन गरेको छ । दफा १५ मा संशोधन गर्दै प्रहरीले सेवाग्राही र सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने भनिएको छ । दफा ३६ मा प्रहरी विशेष अदालतको स्थापना र गठन सम्बन्धी व्यवस्था छ ।दफा ३६ को (ख) मा प्रहरी नायव निरीक्षकदेखि प्रहरी नायव उपरीक्षक सम्मको लागि क्षेत्रीय

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 420 पटक पढिएको
  • एमनेष्टी इन्टरनेसनल नेपाल भन्छ नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो

    काठमाडौं— एमनेष्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको जनाएको छ । मानवअधिकार अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० वर्षभन्दा बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख गरेको छ । यसको गम्भीर असर नेपालमा पनि परेको एमनेष्टीले जनाएको छ ।‘मानव अधिकारको अवस्थामा सन् २०२४ सन्तोषजनक छैन’ प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने ‘सरकार नै आलोचनालाई दबाउने कार्यमा लागि पर्‍यो।’प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 441 पटक पढिएको
  • डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, छ जना घाइते

    काठमाडौं— धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका नेगीलाई धनगढीस्थित माया मेटो अस्पतालका डाक्टरले उपचार गर्नुपूर्व नै मृत घोषणा गरेका थिए ।  बैतडी डिलासैनी गाउँपालिका–४ का २७ वर्षीय धीरेन्द्र नेगी, ४४ वर्षीय जगदीश जोशी, ५३ वर्षीय रामबहादुर नेगी, ६५ वर्षीया धना नेगी, २८ वर्षीय वीरबहादुर

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 386 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।   हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगाललको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीको अवस्था छ। कोशी प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको स

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 387 पटक पढिएको
  • खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    काठमाडौं— भारतबाट सामान ल्याउँदा भन्सार छलीमा सहजीकरण गरीदिने भन्दै घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको प्रहरी चौकी दुर्गौलियामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) खिम बहादुर खड्काविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । भारतबाट रुपन्देही जिल्लाको दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी खड्काले ३० हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ ।उनलाई घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो । खड्काविरुद्ध अख्तियारले ३० हजार रुपैयाँ बिगो र चार महिनासम्म कैद सजायको माग गरेको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 387 पटक पढिएको
  • लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ३ जना पक्राउ

    विराटनगर ।  धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका-५ स्थितबाट ना.५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका-५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै गरी बिशेष सुचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रह

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 371 पटक पढिएको
  • धरानबाट चोरी भएको बस विराटनगरमा फेला

     विराटनगर । सुनसरीको धरानबाट हराएको यात्रुबाहक बस चार दिनपछि विराटनगरमा फेला परेको छ।शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ स्थित दुर्गापथको एक ग्यारेजबाट चोरी भएको प्रदेश १–०२–००१ च ९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२, मंगलबारे क्षेत्रमा भेटिएको हो।बस ग्यारेजबाट हराएको अवस्थामा भेटिए पनि त्यसको पार्टपुर्जा निकालिएको थियो। बसका मालिक हरेन्द्र चेम्जोङ हुन्। प्रहरीले दिएको जानकारी अनुसार, बसका केही पार्टपुर्जा विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गर्दै आएको एक कबाडी गोदाममा भेटिएका छन्।सीसी क्यामेराका फुटेजमा उक्त बस पूर्वपश्चिम राजमार्ग हुँदै खोर्सानेबाट विराटनगरतर्फ ग

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 280 पटक पढिएको
  • बालाजुमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर किन लगाइन आगो?

    काठमाडौं । काठमाडौंको बालाजुमा एक महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन् । बालाजुस्थित जागृति टोलकी ४५ वर्षीया बिना श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। ति महिलाले गएराति करिब १० बजेतिर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । घरायसी विषयमा श्रीमानसँग विवाद भएपछि शरीरमा पेट्रेल छर्केर आगो लगाएको खुलेको छ । उनको पेट, छाती, घाँटी र बायाँ हातको भाग जलेको छ भने शरीरको करिब २५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । ती महिलाको नयाँ बजारस्थित  पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 336 पटक पढिएको
  • नगरपालिकाको दबाबपछि खुल्न थाले चितवन कालिकाका विद्यालय

    काठमाडौं— शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन रोकिएका चितवनको कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरू नगरपालिकाको दबाबपछि खुल्न थालेका छन्।लामो समय विद्यालय बन्द रहँदा बालबालिकाको पढ्न पाउने अधिकार खोसिएको भन्दै नगरपालिकाले विद्यालय सञ्चालन गर्न कडा दबाब बढाएपछि सोमबारदेखि केही विद्यालय खुलेका हुन्। नगरपालिकाले गत शुक्रवार एक विज्ञप्ति जारी गरेर सबै सामुदायिक विद्यालयहरू तत्काल सञ्चालन गर्न आह्वान गरेको थियो।नगरपालिकाको दबाबपछि सोमबारबाट कालिका–७ भटेनी स्थित पृथ्वी माध्यमिक विद्यालय सञ्चालनमा आएको विद्यालयका प्रधानाध्यापक सूर्यभक्त अधिकारीले बताए। उनले स्थानीय सरकारले विद्यालय खोल्न दिएको र शि

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 363 पटक पढिएको
  • अनिश्चितकालका लागि स्थगित भयो नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्र

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले जारी गर्ने भनिएको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ ।  बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए,गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्ने तयारी गरे पनि तत्कालका लागि स्थगित भएको प्राधिकरण स्रोतले बतायो । प्राविधिक कारणले अर्को सूचना नआउँदासम्म कार्यकारी निर्देशकबाट श्वेतपत्र जारी गर्ने कार्यक्रम स्थगित गरिएको जानकारी कर्मचारीहरूमा दिइएको छ । प्राधिकरणमा कुलमान बर्खास्तमा परेर नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएसँगै प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको सार्वजनिक कार्यक्रमहरूम

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 168 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.