काठमाडौं । काठमाडौंको बालाजुमा एक महिलाले शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छन् । बालाजुस्थित जागृति टोलकी ४५ वर्षीया बिना श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। 

ति महिलाले गएराति करिब १० बजेतिर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । घरायसी विषयमा श्रीमानसँग विवाद भएपछि शरीरमा पेट्रेल छर्केर आगो लगाएको खुलेको छ । 

OM Sai Pathibhara Hospital

उनको पेट, छाती, घाँटी र बायाँ हातको भाग जलेको छ भने शरीरको करिब २५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । ती महिलाको नयाँ बजारस्थित  पिपल्स अस्पतालमा उपचार भइरहेको छ ।