समाचार

    Showing 1,361-1,370 of 26,787 items.
  • तयारी पोसाक उद्योगीसंग छलफल गर्दै प्रधानमन्त्री बालेन

    काठमाडौं। नेपालको तयारी पोसाक उद्योगले भोगिरहेका समस्या, उत्पादन वृद्धि, निर्यात विस्तार र रोजगारी सिर्जनाका विषयमा छलफल गर्न नेपाल तयारी पोसाक उद्योग संघ का पदाधिकारी आज प्रधानमन्त्री बालेन शाहसँग भेट्दै छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डेसहित प्रथम उपाध्यक्ष, महासचिव, प्रमुख कार्यकारी अधिकृत र प्राविधिक सल्लाहकार सहभागी हुनेछन्। उद्योगीहरूले उत्पादन लागत, निर्यात प्रवर्द्धन, नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्योग क्षेत्रका चुनौतीबारे सरकारसमक्ष आफ्ना धारणा राख्ने तयारी गरेका छन्।प्रधानमन्त्री शाहले पछिल्लो समय निजी क्षेत्रसँग नियमित

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 244 पटक पढिएको
  • अन्नपूर्ण क्षेत्रमा पर्यटकको ऐतिहासिक रेकर्ड, एक वर्षमा १६९ देशका ५ लाखभन्दा बढी विदेशी पुगे

    काठमाडौं। गत आर्थिक वर्षमा १६९ देशका ५ लाख ८ हजार ४७६ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका छन्। अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन झण्डै दोब्बर बढ्दै नयाँ रेकर्ड कायम भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।सबैभन्दा धेरै ३ लाख ७५ हजार ७९७ भारतीय पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका छन्। त्यसपछि चीन, अमेरिका, बेलायत, फ्रान्स, मलेसिया, जर्मनी, बंगलादेश, अष्ट्रेलिया र इजरायलका पर्यटकको संख्या उल्लेखनीय रहेको छ। सहज यातायात, मुक्तिनाथ र पोखराको बढ्दो आकर्षण तथा सामाजिक सञ्जालमार्फत भएको प्रचारप्रसारले विशेषगरी भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको आयोजनाको भनाइ छ।

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 210 पटक पढिएको
  • पहिरोको उच्च जोखिममा शहीद मार्ग, राति यात्रा नगर्न प्रशासनको आग्रह

    रोल्पा–रुकुम जोड्ने शहीद मार्ग बर्खासँगै पहिरोको उच्च जोखिममा परेको छ। परिवर्तन गाउँपालिका–१ को लितुङ, खोलाबाङ र लिक्याङ–खरिबोट क्षेत्रमा पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ।जोखिमका कारण प्रहरीले रातिको समयमा सवारी आवागमनमा रोक लगाएको छ। जीर्ण सडक, उप्किएको कालोपत्रे र कच्ची खण्डमा टिपरको अत्यधिक आवतजावतले यात्रा थप जोखिमपूर्ण बनेको छ।२०६४र६५ सालदेखि निर्माण सुरु भएको करिब २२० किलोमिटर लामो शहीद मार्ग अझै पूर्ण हुन सकेको छैन। योजना कार्यालयले दिनमा सडक खुला राख्न प्रयास भइरहेको जनाएको छ भने जिल्ला प्रशासनले अत्यावश्यक बाहेक बर्खामा रातिको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 134 पटक पढिएको
  • बिपी स्मृतिमा कांग्रेस दुई धारमा

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवस यसपटक पार्टी एकताको सन्देशभन्दा पनि आन्तरिक विभाजनको प्रदर्शन हुने भएको छ। कांग्रेसका संस्थापन र संस्थापनइतर पक्षले एउटै दिन फरक–फरक कार्यक्रम आयोजना गर्ने भएपछि पार्टीभित्रको विवाद फेरि सतहमा आएको हो।सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले ुग्रीन रनुसहितका कार्यक्रम आयोजना गर्दैछ भने निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले काठमाडौंको प्रज्ञा भवनमा छुट्टै शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसके पनि कांग्रेसभित्रको विवाद अझै टुंगिएको छैन। यही असन्तुष्टिका कारण देउवा

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 148 पटक पढिएको
  • सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

    काठमाडौं / उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ ।कर प्रणालीमा पारदर्शिता ल्याउन र व्यावसायिक कारोबारलाई अभिलेखीकरण गर्न ल्याइएको यस कार्यक्रम अन्तर्गत अब सरकारी मापदण्ड पूरा गर्ने उपभोक्ताहरूले दैनिक र पाक्षिक रूपमा ठुलो नगद राशि उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् । कार्यविधि अनुसार, नेपालभित्र आफ्नो व्यक्तिगत प्रयोजनका लागि वस्तु वा सेवा खरिद गर्दा एक पटकमा १०० रुपैयाँभन्दा बढीको बिल लिने उपभोक्ताहरू यस उपहार कार्यक्रममा सहभागी हुन योग्य हुनेछन् ।डिजिटल भुक

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 228 पटक पढिएको
  • अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

    गण्डकी। गत आवमा एक सय ६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । सो अवधिमा पाँच लाख आठ हजार चार सय ७६ जना विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका हुन् ।तीमध्ये दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार एक सय ४५ र अन्य मुलुकका एक लाख २४ हजार तीन सय ३१ रहेका छन् । सबैभन्दा बढी तीन लाख ७५ हजार सात सय ९७ भारतीय पर्यटक यहाँ आएका हुन् । दोस्रोमा चिनियाँ १२ हजार पाँच सय ३९ र तेस्रोमा अमेरिकाका नौ हजार आठ सय ८४ पर्यटक यहाँ आएका हुन् ।यस्तै बेलायतका नौ हजार आठ सय ५९, फ्रान्सका सात हजार नौ सय ३९, मलेसियाका सात हजार आठ सय ४८, जर्मनीका सात हजार छ सय ३४, बङ्गलादेश

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 251 पटक पढिएको
  • विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ, ‘स्वास्थ्य पर्यटन’ मा नयाँ सम्भावना

    काठमाडौँ। नेपाल विश्वमा सर्वाेच्च शिखर सगरमाथा सहित हिमाल, भगवान् गौतमबुद्धको जन्मस्थल, अद्वितीय र अनुकरणीय प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन र पदमार्गको अनुपम गन्तव्य देशका रूपमा परिचित हुँदै आएको छ । तीन ‘ज’ अर्थात् (जमिन, जङ्गल, जलस्रोत) सहित विशेष गरेर पर्यटन र कृषिलाई नेपालको आर्थिक प्रचूर सम्भावनाका क्षेत्रका रूपमा लिइन्छ ।पछिल्ला वर्षहरूमा नेपालले विशेष गरेर आँखा स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्न थालेको छ । यसले नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ । आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र अन्तरराष्ट्रिय विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आ

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 228 पटक पढिएको
  • सवारी दुर्घटनामा कमी

    चितवन। जिल्लामा गत एक वर्षमा भएका सवारी दुर्घटनामा  १०५ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा ५४५ दुर्घटना भएका थिए । अघिल्लो आवको तुलनामा दुर्घटना र मृतकको सङ्ख्या घटेको छ ।ती दुर्घटनामा परी ९९९ जना घाइते भएका छन् । यस अवधिमा पूर्व पश्चिम लोकमार्गमा १३७ सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा  २१४ जना घाइते भएका छन् । यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा भएका ४८  दुर्घटनामा १० जनाको मृत्यु भएको थियो भने १८० जना घाइते भएका थिए । पृथ्वी राजमार्गअन्तर्गत  २२ सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो । ६२ जना घाइते भएका थिए ।जिल्ल

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 241 पटक पढिएको
  • आत्मदाहको बढ्दो ग्राफ, समाज कहाँ चुक्यो ?

    काठमाडौं / नेपालमा आत्महत्याका घटनामा निरन्तर वृद्धि भइरहेका बेला यसको पछाडि आर्थिक, सामाजिक, पारिवारिक र मानसिक स्वास्थ्यसँग जोडिएका विभिन्न कारण रहेको विज्ञहरूले बताएका छन्।विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार आत्महत्या भनेको व्यक्तिले जानाजानी आफ्नै जीवन समाप्त गर्ने कार्य हो। नेपालमा बेरोजगारी, आर्थिक अभाव, पारिवारिक विवाद, ऋणको बोझ, मानसिक तनाव, डिप्रेसन तथा बढ्दो एक्लोपन आत्महत्याका प्रमुख कारणका रूपमा देखिएका छन्।विशेषज्ञहरूका अनुसार सामाजिक सञ्जालको अत्यधिक प्रयोगले प्रत्यक्ष सामाजिक सम्बन्ध कमजोर बनाउँदै मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएको छ। आर्थिक मन्दी र व्यापार–व्य

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 146 पटक पढिएको
  • पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

    काठमाडौँ। विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ । कार्यालयको कार्य सम्पादनजका लागि सरकारी निकायले खाल

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 368 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.