मुग— मुगुको पूर्वी क्षेत्रमा रहेको लामा समुदायको बसोबास रहेको मुगमकार्मारोङ गाँउपालिका–२ मुगुम गाँउमा नेपालकै नमूना मानिएको परम्परागत शैलीको प्रवेशद्वार छ । गाउँमा छिर्ने द्वार वा लामा भाषामा (काग्नी साम्पा) निर्माण गरिएका छन् । यही शैलीमा बुद्धपार्क प्रवेशद्वार निर्माण गरिएको छ । जसलाई ‘चिटिम शैली’ भनिएको छ । मुगुम गाउँमा बनेको अनौठो नमूना शैलीको काठे पुलले गाउँ मात्र होइन, पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगेको छ र कर्णालीकै ध्यान तान्ने देखिन्छ । धार्मिकता, वास्तुकला र स्थानीय श्रम–सीपको सुन्दर संयोजनमा निर्माण सम्पन्न भएको हो । गाँउमा केही बिकास गर्नुपर्छ तत्कालको लागि फाइदा नभएपनि आउँदा
विराटनगर— कोशी प्रदेशबाट एक लाख ५७ हजार ६१३ जनाले मतदाता नामावलीका लागि निवेदन दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मतदाता नामावली संकलन सुरु गरिएको थियो । मङ्सिर ५ गतेसम्मको अवधिमा कोशी प्रदेशका जिल्ला, प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत मतदाता नामावली दर्ताका लागि निवेदन दिइएको हो । निर्वाचन कार्यालयमा पुगेर ५८ हजार ९२५ जनाले तथा अनलाइनमार्फत ९८ हजार ६८८ जनाले नामावली दर्ताका लागि निवेदन दिएका छन् । मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमार्फत र अनलाइन दुवै गरी ताप्लेजुङबाट तीन ह
काठमाडौं— काठमाडौंको नयाँ बसपार्कमा शव फेला परेकी महिलाको हत्या भएको खुलेको छ । शनिबार गोंगबु नयाँबसपार्कको पुलमुनि ती महिलाको शव फेला परेको थियो ।तन्नाभित्र पोको पारेर फालेको अवस्थामा ती महिलाको शव फेला परेको थियो । शव फेला परे पनि महिलाको पहिचान भने अझै खुलेको छैन । हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका सूर्य मगर छन् ।हत्याको कारणबारे प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनाबारे थप जानकारी प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराउने जनाएको छ ।
बुटवल— लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन आजदेखि सुरु हुदैछ । प्रदेश सभाको सोमबार दिउँसो १ बजे सातौ अधिवेशनको पहिलो बैठक बस्न लागेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।प्रदेश सभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार आजको बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने र प्रदेश सभा सदस्यले सातौं अधिवेशन सफलताको शुभकामना आदानप्रदान गर्ने सम्भावित कार्यसूची रहेको छ ।पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त सातौं अधिवेशन आहृवानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे जानकारी र छैटौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयक प्रमाणीकरण सम्बन्धी पत्र सभामुख तुलाराम घर्ती
बारा— सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले ऐतिहासिक विजय हासिल गरेको छ। सोमबार बिहान ४ बजे सकिएको मतगणनाअनुसार ११ सदस्यीय कार्यसमितिका सबै पदमा रास्वपाका उम्मेदवार विजयी भएका हुन्।तीन दशकदेखि एमाले नेतृत्वमा सञ्चालित सिमरा खानेपानीमा यसपटक पहिलोपटक एमालेको प्यानल पराजित भएको छ। नयाँ नेतृत्वमा अध्यक्ष युवराज न्यौपाने, उपाध्यक्ष हरिप्रसाद सिम्खडा, सचिव अमृत बस्याल, सहसचिव कृष्णकुमार रिमाल, कोषाध्यक्ष रामकुमार अर्याल रहेका छन्। महिला सदस्यमा दिलुमाया तामाङ र सुष्मा पण्डित तथा खुला सदस्यमा कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्र
काठमाडौं— जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप रहेको भन्दै मुभमेन्टले राजीनामा मागेको हो । जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको उल्लेख छ ।
काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन १ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ ।राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो । समितिको बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।छलफलको विषय नै घिसिङसँग छलफल र विविध रहेको छ । समिति सचिवालयका अनुसार घिसिङसँग भारतसँगको विद्युत व्यापार सम्झौता, खर्च कटौतीको निर्णयले पारेको प्रभाव, नयाँ संसद भवन निर्माणको प्रगति विवरण, सुनकोसी मरिन डाइभर्सन आयोजना लगायत मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्ने तयारी छ ।
काठमाडौं— राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मल्टि इनर्जी डेभलपमेन्ट प्रालिले २०७३ सालदेखि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माण गर्दै आएको ३० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजना रोक्न माग गर्दै २०७९ वैशाख २७ गते सुम्पा तामाङसहितका व्यक्तिहरूले दायर गरेको रिटमाथि मंसिर ३ गते न्यायाधीश टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले अन्तिम सुनुवाइ गर्दै रिट खारेज गरेको हो ।सर्वोच्च अदालतका सहायक प्रवक्त निराजन पाण्डेले उक्त रिट खारेज भएसँगै राष्ट्रिय निकुञ्ज क्षेत्रमा विद्युत आयोजनाहर
काठमाडौं— अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए।मन्त्री घिसिङका अनुसार गृह मन्त्रालयले हाल दुई महत्त्वपूर्ण विषय—एनआरएन नागरिकता तथा विदेशी भूमिबाट मतदान अधिकारबारे गृहकार्य गरिरहेको छ । उनले निर्वाचन आयोग
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.