समाचार

    Showing 13,491-13,500 of 25,809 items.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियारको छापा

    काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।आज अपराह्न अख्तियारको टोली त्यहाँ पुगेको हो । विमानस्थल सुरक्षा स्रोतका अनुसार अख्तियारको अनुसन्धान अधिकारीको टोली अहिले विमानस्थलको अध्यागमन कार्यालयमै छ । अख्तियार स्रोतका अनुसार त्यहाँबाट कागजपत्र र केही कर्मचारीलाई नियन्त्रणमा समेत लिइएको छ ।अध्यागमनको अनियमितता तथा सेटिङको सूचना र उजुरीको आधारमा अख्तियारको टोलीले छापा मारेको हो । अध्यागमन प्रमुखलाई हटाएर आजै मात्रै गृहमन्त्री रमेश लेखकले कर्मचारीको हेरफेर गरेका थिए ।अख्तियारको टोलीले मंगलबार मात्रै विमानस्थल

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 409 पटक पढिएको
  • तीनकुने घटनाको अनुसन्धान पुरा

    काठमाण्डौ  ।   पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ काठमाडौंको तीनकुनेमा भएको हिसांत्मक प्रर्दशनका क्रममा पक्राउ परेकाहरुमाथिको अनुसन्धान पुरा भएको छ ।प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।एक उच्च प्रहरी अधिकृतका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित अन्य केही विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएको छ । प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका कारण सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो । आगजनीमा परेर पत्रकार

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 235 पटक पढिएको
  • सिमरा विमानस्थलबाट उडेको बुद्ध एयरको जहाजमा १ महिलाको मृत्यु

    काठमाण्डौ  ।  बाराको सिमरा विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको जहाजमा १ महिलाको मृत्यु भएको छ ।रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाडौं ल्याउदैगर्दा मृत्यु भएको छ । चौधरीको थप उपचारका लागि सिमरा विमानस्थलबाट काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार स्वास्थ्यमा समस्या देखिएकी राजकुमारीक जहाजमै बेहोस भएकी थिइन् । केएमसी अस्पताल पुर्‍याउँदा चिकित्सकले बाटोर्म मृत भएको घोषणा गरेको एसपी बोहराले बताए ।उनको शव थप अनुसन्धान

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 339 पटक पढिएको
  • झापा प्रहरीद्वारा एक ट्याक्टर काँक्राको बीउ बरामत

    झापा  ।  झापाको दक्षिणी नाकाबाट  भारततर्फ तस्करी हुन लागेको अवैध ५० बोरा काँक्राको बीउसहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।बुधबार बिहान ४ः३० बजे झापा प्रहरीको टोलीले झापा गाउँपालिका-१ मा नम्बर प्लेट नखुलेको ट्याक्टरलाई शङ्का लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लाँदै गरेको अवस्थामा ५० बोरा काँक्राको बीउ प्रतिबोरा ५० के.जीका फेला परेको थियो । अन्दाजी २ लाख ५० हजार बराबरको काँक्राको बीउ र ट्याक्टरको मूल्य, ५ लाख गरी जम्मा ७ लाख ५० हजारको अवैध सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालयले

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 502 पटक पढिएको
  • बस अनियन्त्रित हुदा ७ वटा सवारी साधनलाई ठक्कर

    काठमाण्डौ । काठमाण्डौको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बसले अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।घाइते हुनेमा धादिङका भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोटका भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङका भएका ३७ वर्षीय शैलेन्द्र राई छन् । राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् ।ठक्कर दिने गोकर्णेश्वर यातायातका चालक फरार भएका छन् । सो बसले बा.५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 429 पटक पढिएको
  • कोशी प्रदेशको सीमामा तस्करीको सिन्डिकेट : सुरक्षाकर्मी नै संलग्न !

    सुनसरी — कोशी प्रदेशअन्तर्गत सुनसरी जिल्लाका विभिन्न सिमा नाकाहरुमा तस्करीको गतिविधि दिन प्रतिदिन बढ्दो क्रममा छ। गुप्त अनुसन्धान अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीकै सेटिङमा भारतबाट भित्रिने विभिन्न सामानमा दर रेट तोकेर पैसा असुली गर्दै तस्करहरूलाई सहज रुपमा भन्सार नाका पार गराउने कार्य भइरहेको छ।जिटिभीले गरेको गुप्त स्ट्रिङ अपरेसनमा घुस्की, कप्तानगञ्ज र हरिपुरजस्ता नाकाबाट दैनिक करोडौंको तस्करी भइरहेको प्रमाण फेला परेको छ। फिल्मी शैलीमा सशस्त्र प्रहरीको आँखै अगाडि खुलेआम तस्करी हुँदा समेत प्रशासन मौन रहेको देखिनुले आम नागरिकमा गहिरो शंका उत्पन्न गराएको छ।जिटिभीको रिपोर्ट अनुसार सशस्त्र प्र

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 2,537 पटक पढिएको
  • नागढुङ्गा-नौबिसे सडक साढे ४ घण्टा बन्द

    काठमाण्डौ । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुंगा-नौबिसे सडकखण्ड दिउँसो ४:३० घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौं र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिएका छन। यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो।आयोजनाले नागढुंगा-पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए।निर्माण आयोजनाले

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 311 पटक पढिएको
  • आज संसदीय समितिको बैठक बस्दै

    काठमाण्डौ । संघीय संसद अन्तर्गत विभिन्न ५ वटा समितिको बैठक बस्दैछ ।संसद सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समिति बैठक बस्न लागेको हो ।समितिका सबै बैठक सिंहदरबारमा बस्नेछन् । बिहान ७:३० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा २ वटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।पूर्वाधार विकास समितिको बैठक बिहान ८:३० बजे बस्नेछ । बैठकमा विद्युत विधेयक २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ ।अर्थसमितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पह

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 358 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८३ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७७ पैसा तोकिएको छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ०

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 246 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतयाबदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँस कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 307 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.