काठमाण्डौ  ।   पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा चैत १५ काठमाडौंको तीनकुनेमा भएको हिसांत्मक प्रर्दशनका क्रममा पक्राउ परेकाहरुमाथिको अनुसन्धान पुरा भएको छ ।

प्रहरी परिसर काठमाडौंले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।

एक उच्च प्रहरी अधिकृतका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित अन्य केही विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने राय दिएको छ । प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनीका कारण सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रूपमा क्षति भएको थियो ।

आगजनीमा परेर पत्रकार सुरेश रजकको ज्यान गएको थियो । सो समुहले भाटभटेनी सुपर मार्केटमा पनि लुटपाट गरेको थियो ।