काठमाण्डौ । काठमाण्डौको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बसले अनियन्त्रित भएर अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको छ ।FB_IMG_1747824169428

एयरपोर्टतर्फ जाँदै गरेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य सवारी साधनलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर ३ जना घाइते भएका छन् ।FB_IMG_1747824169428

घाइते हुनेमा धादिङका भएका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोटका भएका २२ वर्षीय विकाश कट्टेल र खोटाङका भएका ३७ वर्षीय शैलेन्द्र राई छन् । राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक हुन् ।Screenshot_2025_0521_163701

ठक्कर दिने गोकर्णेश्वर यातायातका चालक फरार भएका छन् । सो बसले बा.५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको कार, बिएसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्रदेश–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको छ ।FB_IMG_1747822787559