काठमाडौं— दलितका लागि दलित अभियान चलाइरहेका खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको ‘हाम्रो पार्टी नेपाल’ले आधिकारिक प्रमाण पत्र पाएको छ । सोमबार दिउँसो निर्वाचन आयोगको कार्यालय पुगेर सुनारले पार्टी दर्ताको आधिकारिक प्रमाण पत्र लिएका हुन् । उनीहरूले गत कात्तिक १८ गते दल दर्ता निवेदन दिएका थिए । हाम्रो पार्टी नेपालले चुनाव चिह्न ‘लाइक’ को थम्मेल रहेको छ ।दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए । उनले भने, ‘दल दर्ताको प्रमाण पत्र पाइसकेका छौं । देश अप्ठ्यारोमा परेको बेलामा
काठमाडौं— वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको हो । चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व सङ्कलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व सङ्कलन उत्साहजनक देखिएको छैन ।वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व सङ्कलन लक्ष्यअनुसार हुन नसकेको बताए ।“चालु आवक
काठमाडौं— सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाईन सम्बन्धि मार्गदर्शन, २०८२ स्वीकृत गरेको हो । मार्गदर्शनले बाँसलाई संरचनात्मक निर्माण सामाग्रीको रूपमा प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवनहरूको इन्जिनियरिङ डिजाइन र निर्माणलाई संस्थागत बनाउने मार्ग प्रशस्त गरेको छ । शहरी विकास मन्त्रालयबाट स्वीकृत मार्गदर्शन कार्यान्वयनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्था
पोखरा— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरास्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रुपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामविक्रम राणा, वडाध्यक्ष शाहारा प्रधान, पदेन सदस्य वरुणविक्रम राणा, शोवनाथ भट्टराई, विष्णुमाया लामिछाने, नारायणप्रसाद चापागाई, अञ्जुली बोर्डिङका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनीता कुँवर केसीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर भएको हो ।उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार बिगो बराबर जरिवाना तथा कैद सजायको मागदाबी गरिएको छ। प्
काठमाडौं— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन–जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताएका छन् । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको बताए ।अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै उनले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिए । उनले देशको समृद्धिको मार्गमा अवरोध सिर्जना गर्न देश–विदेशका केही शक्ति सक्रिय रहेको बताए । ती सबै खालका शक्तिलाई परास्त गर्
काठमाडौं— दृष्टिविहीन महिला राष्ट्रिय क्रिकेट टोली टी–२० विश्वकप खेलेर स्वदेश फर्किएको छ। आइतबार सम्पन्न फाइनल खेलमा भारतसँग ७ विकेटले पराजित भएपछि टोली आज नेपाल फिर्किको हो।नेपालले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको थियो। तर उपाधि भिडन्तमा भारतले बलियो खेल प्रस्तुत गर्दै नेपाललाई पराजित गरेको थियो।फाइनल हारका बावजुद पनि नेपाली टोलीले विश्वकपमा देखाएको खेल प्रदर्शन प्रशंसनीय मानिएको छ। टीमले भविष्यमा अझ बलियो पुनरागमन गर्ने विश्वास व्यक्त गरिएको छ।
काठमाडौं— दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १३६ रनको लक्ष्य दिएको छ । सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३५ रन जोडेको हो । । दुई खेल खेलेर दुईवटै खेलमा जित हासिल गरेको विराटनगर चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । एक खेल खेलेको जनकपुर भने सोही खेलमा हार व्यहोर्दै शुन्य अंककासाथ सातौ स्थानमा छ । आजै हुने दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।
एजेन्सी— पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) लगभग–४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा गम्भीर अवस्था मानिएको छ ।पछिल्ला केही दिनदेखि दिल्ली र यसका छेउछाउका क्षेत्रहरूमा हावाको गुणस्तर खराब हुँदा मानिसहरूलाई सास फेर्न गाह्रो भइरहेको तथा धेरै सरकारी अस्पतालहरूमा श्वासप्रश्वासस
काठमाडौं— उत्तरपश्चिमी पाकिस्तानमा सोमबार बिहान दुई आत्मघाती बम हमलाकारीले सुरक्षा बलको प्रान्तीय मुख्यालयमा आक्रमण गर्दा तीन अधिकारीको मृत्यु भएको र पाँच जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् ।अफगानिस्तानसँग जोडिएको खैबर पख्तुनख्वा प्रान्तको राजधानी पेशावरस्थित फेडरल कन्स्टेबुलरी मुख्यालयमा भएको उक्त आक्रमणबारे सहरका प्रहरी प्रमुख सइद अहमदले पुष्टि गर्दै भने, “एक आक्रमणकारीले मुख्य गेटमै आफ्नो विस्फोटक विस्फोट गरायो भने दोस्रो बम हमलाकारीलाई पार्किङ क्षेत्रनजिकै हाम्रो सुरक्षाकर्मीहरूले गोली हानी घटनास्थलमै नियन्त्रणमा लिए ।”उनका अनुसार आक्रमणको समयमा मुख्यालयभित्र बिहानको
काठमाडौं— एमाले नेता महेश बस्नेतलाई रातो मसी छ्यापेर विरोध प्रदर्शन गर्ने युवाहरू छुटेका छन् । आइतबार विराटनगर विमानस्थल हुँदै इटहरीमा आयोजित युवा जागरण अभियानमा सहभागी हुन गइरहेका बस्नेतलाई एयरपोर्ट रोडमा सन्जोग गौतम र अर्पित कुँवरले रङ छ्यापेका थिए । घटनालगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरीले आइतबार साँझ छाडेको डीएसपी कोपिला चुडालको भनाइ छ । विमानस्थलदेखि केही टाढा चिया पसलमा बसेका दुई युवामध्ये एक जना अकस्मात उठेर आएर बस्नेत सवार गाडीमाथि रङ छ्यापेका थिए । अर्का युवाले सो घटनाको भिडियो खिचिरहेका थिए ।लोला प्रहार गर्ने युवा गौतम महेन्द्र
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.