काठमाण्डौ । बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ।सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मंगलवार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी-जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले जानकारी दिए।बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट बेनीतर्फ आउने सवारीसाधन बिच बाटोमै रोकिएका छन्। जेठ ६ गते रातिको बाढीले भुरुङ्ग-तातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो।पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीर
काठमाडौँ । एनसेलको माउ कम्पनी आजियटा ग्रुपले पुँजीगत लाभ कर निर्धारणको विषयमा दायर गरेको मुद्दा नेपाल सरकारले जितेकोमा मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारलाई सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद दिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले सो मुद्दा नेपाल सरकारले जितेकाले नेपाल सरकारको अर्बौँ रुपैयाँ जोगिएको भन्दै सहयोगी सबै पक्षलाई धन्यवाद दिने निर्णय गरेको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुद्दा जितेका कारण ६० अर्ब भन्दा बढी हानी हुनबाट जोगिएको बताएका छन ।करिब ४ वर्षदेखि अन्तर्राष्ट
विराटनगर । कोशी प्रदेश सभाको बैठक आज बुधबार बस्दैछ । बैठक विराटनगर स्थित प्रदेश सभा भवनमा दिउँसो १ बजे बस्दैछ ।बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।यसअघि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ ।उहाँ नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो । सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिङ्गापुरमा उपचार गराउनुभएको थियो । सभापति देउवासँग प्रमुख स्वकीय सचिव भानु देउवा पनि हुनुहुन्छ ।पछिल्लो पटक प्रधानमन्त्री भएपछि विभिन्न तहका निर्वाचन र पार्टीको महाधिवेशनमा व्यस्त हुनुपरेका कारण सभापति देउवाको नियमित स्वास्थ्य ‘फलोअप’ हुन सकेको थिएन ।
काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गरिन्छ।यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारे सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। रक्तदातालाई धन्यवाद दिने दिनका रूपमा पनि मनाउने गरिन्छ।यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ। नाराले जीवनपर्यन्त रगत आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी प्रदेश, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।महाशाखाका अनुसार बुधवार दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेशलगायत बाँक
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनुभएकाे छ । मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान ७ बजे बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा लगिएको थियो।उहालाई बिहान ११ बजे भर्ना गरिएको सचिवालय स्रोतले जनाएको छ। अहिले राष्ट्रपति पौडेललाई अस्पतालको भिआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको अस्पतालले जनाएको छ। उहालाई आज दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्थाको अवलोकन गर्न लागिएको हो ।राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले सामान्य स्वास्थ्य जाँच मात्रै भएको जानकारी दिनुभयाे । गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले यस विषमा आफू नबो
काठमाडौं । बाल सेना दुरुपयोगलगायत आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज (मंगलवार) सुनुवाइ हुँदैछ । पूर्व अयोग्य लडाकु लेलिन बिष्टसहितले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो ।दश वर्षसम्म चलेको सशस्त्र युद्धको समयमा बालसेना प्रयोग गरी युद्ध अपराध गरेको भन्दै प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष‘प्रचण्ड’विरुद्ध आइतवार सर्वोच्चमा रिट दर्ता भएको थियो ।यसअघि अदालत प्रशासनले दरपीठ गरिदिएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रवार दिएको आदेशअनुसार दर्ता भएको थियो ।रिटमा विष्टले माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा
भैरहवा। नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल संचालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तरष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुदै काठमाण्डौ जाने छ, यो अब नियमित उडान हुनेछ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबा
काठमाडौं । मध्य तथा पश्चिम तराईका भूभागमा तापक्रम तत्काल घट्ने संकेत देखिएको छैन। मौसम पूर्वानुमान महाशाखाले तराईका भूभागमा अझै केही दिन तापक्रम उच्च रहने जनाएको छ।अहिले कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा छ। कोशी तथा बागमती प्रदेशको केही स्थानका साथै मधेश र गण्डकी प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.