काठमाडौं— कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।
काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक आधा घण्टाको लागि स्थगित भएको छ । विपक्षी दलहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक स्थगित गरेका हुन् ।बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका थिए । स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गर्नु पर्ने माग गर्दै बुधबार दोस्रो दिन पनि सदनमा नारावाजी गरेका छन् ।
दार्चुला— दार्चुलाको नौगाड गाउँपालिका– ६ धुलिगडाबाट बझाङतर्फ हिडेर जाने क्रममा ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर मृत्यु भएको छ । उनको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो ।जोशीको घटनास्थलमै आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले जानकार दिए ।बाटोमा हिँडिरहेका उनलाई रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले लागेको थियो ।यस्तै जोशीसँग हिँडेका नौगाड गाउँपालिका– ६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते भएका छन् । उनलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ ।
बिराटनगर— झापा र इलामबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपक गडतौला, बिरहाङ लेछर्वो लिम्बु, किरण राई, मनिश कुमार गुप्ता र अन्जन राई रहेका छन् । झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र बेचबिखनमा संलग्न मे. ५ प ९६४५ नम्बरको मोटरसाईकल सहित मोटरसाईकल चालक कनकाई नगरपालिका–५ का २५ बर्षीय रुपक गडतौला र शिवसताक्षी नगरपालिका–९ का २५ बर्षीय बिरहाङ लेछर्वो लिम्बुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।त्यस्तै प्रहरी चौकी बाघखोरले दमक नगरपालिका–३ का २९ बर्षीय क
धादिङ— जिल्ला कारागार धादिङमा एक बन्दी मृत फेला परेका छन्। धादिङको वेनीघाट रोराङ गाउँपालिका–७ चरौंदिका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुण्डिएर आत्महत्या गरेको धादिङ कारागार प्रशासनले जनाएको छ। गत ७ गते ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका सुनार राति १ बजेतिर शौचालय गएको र लामो समयसम्म पनि नफर्किएपछि सुरक्षाकर्मीले झ्यालबाट हेर्दा झुण्डिएको अवस्थामा देखेको धादिङ कारगारका प्रशासक राममणि मिश्रले बताए। उनीले मुडा बुन्न प्रयोग हुने दुई हात लामो डोरीले पासो लगाई आत्महत्या गरेका धादिङ प्रहरीले जनाएको छ। घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका ल
बुटवल— दाजूको हत्या गरी जेल बसेर केही वर्षअघि आममाफी पाएका व्यक्तिले पूर्वपत्नीसहित तीनजनाको हत्या गरेको समाचार छ । बुटवलको होराइजनचोकस्थित मिलिजुली पथमा बस्दै आएकी ३४ वर्षीया दीपा बस्याल र उनका चार र सात वर्षका दुई छोरीहरूको हत्या गरिएको हो ।सम्बन्ध विच्छेदपछि अर्को व्यक्तिसँग विवाह गरेर गएकी दीपालाई पूर्वपति सुजन कोइरालाले आफ्नै घरमा बोलाएर २०८२ जेठ १४ गते बिहान करिब ४ बजे हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए।प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, कोइरालाले घरेलु हतियार हेम्बर र चक्कु प्रयोग गरी तीनै जनाको हत्या गरेका हुन् । घटनापछि कोइरालालाई प्रहरी
काठमाडौं— लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी एकल महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापा रहेकी छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार आज बिहान करिब साढे ३ बजे आगलागी भएको हो । प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोडेर थापालाई उद्धार गरेका थिए । जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सुनसरी— मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागि भएको छ । आगो आज बिहान २ः३० बजेदेखि लागेको इलाका प्रहरी कार्यालयले जनाएको छ । तिरुपती उड प्यानल इन्डष्ट्रीमा लागेको आगो निभाउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।विद्युत् सर्ट भएर आगो सल्किएको हुनसक्ने प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जनाएका छन् आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको उनको भनाइ छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजका लागि पेसी तोकिएको छ ।अधिवक्ताहरू अनन्त लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति गरिएको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका थिए । रिटमा पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथ गराउने निर्णय गैरकानूनी भएको जिकिर गरिएको छ ।गभर्नर सिफारिस समितिको सदस्य रहेका पौडेललाई म्याच फिक्सिङ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उ
सुनसरी । इटहरी उपमहानगरपालिका स्थित खनारमा रहेको तिरुपति प्लाइउड फ्याक्ट्रीमा भीषण आगलागी भएको छ। बुधवार राति करिब २ बजेदेखि सुरु भएको आगो बिहान ७ बजे सम्म नियन्त्रणमा आउन सकेको छैन।नियन्त्रणका लागि इटहरी, धरान, विराटनगर, बेलबारी, कानेपोखरीसहित आसपासका १० भन्दा बढी पालिकाबाट दमकल परिचालन गरिएको छ। दमकल टोली र सुरक्षा निकायहरू संयुक्त रूपमा आगो नियन्त्रणको प्रयासमा खटिएका छन्।विराटनगरका उद्योगी वसन्त राठीद्वारा सञ्चालित उक्त प्लाइउड फ्याक्ट्री करिब ३ बिघा क्षेत्रफलमा फैलिएको छ। राठीका अनुसार फ्याक्ट्री मङ्गलवार बन्द थियो र आगलागीको कारण अहिले सम्म स्पष्ट हुन सकेको छैन।फ्याक्ट्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.