समाचार

    Showing 13,351-13,360 of 25,809 items.
  • नागढुङ्गा–नौबिसे सडकखण्डमा बस दुर्घटना हुँदा तीन जना घाइते

    काठमाडौं— नागढुङ्गा–नौबिसे सडकखण्डको नागमन्दिर नजिकै बस दुर्घटना भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।दाङबाट काठमाडौं आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस बिहीबार बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको प्रहरीले जनाएको छ ।सो बसले सडकको केही भाग अवरुद्ध हुँदा बिहानैदेखि सडक जाम भएको हो । बसलाई हटाउन क्रेन पठाइएको र केही समयपछि बाटो खुलेर सामान्य अवस्थामा फर्किने प्रहरीले जानकारी दिएको छ ।धादिङको थाक्रेमा पुलमा भ्वाङ परेर अस्तिदेखि नै सवारी साधनहरु सहज रुपमा सन्चालन हुन सकेको थिएन ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 349 पटक पढिएको
  • आगामी आर्थिक वर्ष साढे १९ खर्ब माथिको बजेट ल्याउँदै सरकार

    काठमाडौं— सरकारले आगामी आर्थिक वर्षको लागि स्रोत समितिले लिएको सिलिङभन्दा ठुलो बजेट ल्याउन भएको छ । स्रोत समितिले १९ खर्बको बजेट सिलिङ दिएपनि त्यसभन्दा केही बढेर साढे १९ खर्बसम्म पुग्ने देखिएको स्रोतले बतायो ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा शिवराज अधिकारीको संयोकत्वको स्रोत समितिले १९ खर्बको बजेट सिलिङ लिएको थियो । तर, संसदको प्रमुख दुई राजनीतिक दलको सरकारलाई केही चुनावी आश्वसन समेत पूरा गर्नुपर्ने भएकोले स्रोतको दवाबका बीच पनि स्रोत समितिले दिएको सिलिङभन्दा आधा खर्बले बजेटको आकार बढ्ने देखिएको स्रोतको दाबी छ ।स्रोत समितिले दिएको सिलिङभन्दा माथि जाने देखिएको बजेटको आकार मध्यकालीन खर्

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 434 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक आज बस्दै

    काठमाडौं— संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक बस्दैछ।बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।संसद्मा अपराह्न ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 224 पटक पढिएको
  • एमाले र राजावादीको प्रदर्शनलाई लक्षित गर्दै रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ

    काठमाडौं— आज बिहानैदेखि काठमाडौंको भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रम र राजावादी समूहहरूको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति गराइएको हो।सुरक्षाकर्मीहरूले भृकुटीमण्डप र रत्नपार्क वरपरका क्षेत्रमा ठूलो संख्यामा गस्ती गरिरहेका छन्। सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउन ड्रोनको समेत प्रयोग गरिने बताइएको छ ।भृकुटीमण्डपमा नेकपा एमालेले बिहान ११ बजे कार्यक्रम आयोजना गरेको छ। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादी समूहहरूले रत्नपार्क क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेका छन्।जिल्ला प

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 379 पटक पढिएको
  • एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन

    काठमाडौं— नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको निधन भएको छ। उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्।विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। विमला करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।यसरी भएको थियो बिहे२०५९ सालमा नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा केही मानिसहरू भेला भए। लालबाबु पण्डितको बिहे गर्ने एकाएक कुरा चल्यो।बिहे कोसँग गर्ने त? कुरैकुरामा साथीहरूले विमलाको प्रस्ताव ल्याए। विमला त्यसबेला जनप्रतिनिधि थिइन्।२०५४ सालको निर्वाचनमा उनी ललितपुरको सैँबु गाविस वडा नम्बर ४ मा वडाध्यक्ष निर्वाचित

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 343 पटक पढिएको
  • गणतन्त्र दिवसका दिन राजाबादिको आन्दोलन, एकै दिन एमालेको १० बजेदेखि, राजावादीको २ बजेपछि प्रदर्शन

    काठमाण्डौ । आज गणतन्त्र दिवसको अवसरमा सत्तारुढ नेकपा (एमाले)ले उत्सव मनाउँदैछ भने राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्वराजाका समर्थकहरूले वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्ने भएका छन् । यी परस्पर विरोधी कार्यक्रमलाई लक्षित गरी काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।सत्तारुढ नेकपा (एमाले)ले आज ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ । एमालेले बिहान ११ बजेदेखि झाँकीसहितको उत्सव कार्यक्रम गर्ने जनाएको छ । अर्कोतिर, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्वराजाका समर्थकहरूले वर्तमान व्यवस्थाविरुद्ध रत्नपार्क क्षेत्रमा बिहान ९ बजेदेखि जनआन्दो

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 408 पटक पढिएको
  • आज गणतन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

    काठमाण्डौ । तत्कालीन सात राजनीतिक दलले निरंकुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र संघर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ।विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ।जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्व

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 380 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५५ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८४ रुपैयाँ ५८ पैसा, स्विस फ्र्यांक एकको खरिददर १६४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९८ रुपैयाँ नौ पैसा

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 247 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  पश्चिमी वायु र स्थानीय वायुको प्रभाव तथा बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली वर्षा र हिमपात हुने क्रम जारि छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।राति गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया ब

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 270 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीद्वारा पुत्ला दहन

    काठमाण्डौ  ।  गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौँको बागबजारमा मसाल जुलुस प्रदर्शन गरेको छ।प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री तथा गृहमन्त्रीको पुत्ला दहन गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि भ्रष्टाचारको आरोप लागेपछि उनको राजीनामा माग गर्दै विभिन्न विद्यार्थी संगठन तथा प्रतिपक्षी दलहरूले दबाब बढाइरहेका छन्।अखिल क्रान्तिकारीले पनि यसै सन्दर्भमा आक्रामक रूपमा विरोध प्रदर्शनमा उत्रिएको हो।

    • प्रकाशित मितिः जेठ १४, २०८२
    • 278 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.