काठमाण्डौ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौँको बागबजारमा मसाल जुलुस प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा उनीहरूले प्रधानमन्त्री तथा गृहमन्त्रीको पुत्ला दहन गरेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकमाथि भ्रष्टाचारको आरोप लागेपछि उनको राजीनामा माग गर्दै विभिन्न विद्यार्थी संगठन तथा प्रतिपक्षी दलहरूले दबाब बढाइरहेका छन्।
अखिल क्रान्तिकारीले पनि यसै सन्दर्भमा आक्रामक रूपमा विरोध प्रदर्शनमा उत्रिएको हो।