झापा / दार्चुलामा भूकम्पको धक्का महसुस भएको छ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो ।यसअघि गत जेठ २९ गते बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीसहित देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ।कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रद
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि उनी सोमबार दिउँसो सङ्खुवासभाको तुम्लिङटार पुगेका छन् । आइतबार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी सङ्खुवासभामा एकको मृत्यु हुनुका साथै १८ जनाभन्दा बढी बेपत्ता भएका थिए । प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राखेका थिए । उनले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन र अन्य स्वयंसेवी सङ्घसंस्थालाई अपिलसमेत गरे । प्रधानमन्त्री
झापा / पूर्वी नेपालको कोशी प्रदेशमा बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । कोशी प्रदेशको पहाडी भू -भागमा गएको बाढी पहिरोमा परेर गत शनिबारदेखि हालसम्म आठ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकाय र स्थानीयको सहयोगमा हराइरहेकाहरुको खोजी तथा उद्धार जारी छ । अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले खोजी तथा उद्धार कार्य प्रभावित भएको सुरक्षा निकायले जनाएका छन् ।हालसम्म ताप्लेजुङमा ३, पाँचथरमा २ र भोजपुर तथा संखुवासभामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५ पुरुष, २ महिला एक बालक रहेक
बिर्तामोड / नेपाल किसान महासंघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई कोशी प्रदेश अध्यक्षमा मनोनित भएका छन् । भट्टराई विगत १२ वर्षदेखि झापा अध्यक्षको जिम्मेवारीमा रहदैँ आएका थिए । महासङ्घका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले भट्टराईलाई कोशी प्रदेश अध्यक्षमा मनोनित गरेका हुन् ।नेपाल किसान महासङ्घको संगठन विस्तार एवं कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूको अधिवेशन केन्द्रले तोकेकै समयमा सक्न जिम्मेवारी दिदै कोशी प्रदेश अध्यक्षमा भट्टराईलाई मनोनित गरिएको जनाइएको छ ।
काठमाडौं / नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको हो ।आइतबार पनि छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमै कारोबार भएको थियो । तेजाबी सुन तोलाको एक लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
झापा / लोकप्रिय भिडियो गेम पब्जी बन्द गराउन लोसपा सांसद रामप्रकाश चौधरीले सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण बालबालिकाहरू बिग्रँदै गएको भन्दै तत्काल बन्द गर्न आग्रह गरेका हुन् । ‘यो पब्जी गेम तुरुन्त बन्द गरियोस् । आज हाम्रा बालबालिका ठोकठोक, मारमार भन्दाभन्दै पागलजस्तो भएका छन् । त्यसैले यो पब्जी गेम तुरुन्त बन्द गरियोस्’, सांसद चौधरीले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
झापा / ताप्लेजुङमा पहिरोमा पुरिएर सोमबार बिहान बाबु–छोराको मृत्यु भएको छ । सिदिङ्वा -६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेशकुमारको मृत्यु भएको हो । पहिरोमा पुरिएर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । पहिरोमा परेर थप एकजना गम्भीर घाइते भएका छन् । सोही पहिरोमा परेका राजकुमार राई भने सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुले बताए । गत शनिबार रातीबाट आएको बाढीपहिरोले धेरै धनजनको क्षति गरेको छ ।
झापा / सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ ।गए राति आएको बाढीले बगाउँदा पाँचखपन- ९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।बेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई ( सङ्खुवासभा) , फैजबहादुर क
काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।जसकारण कोशी प्रदेशको केही स्थान, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा र देशको बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ । आज राति कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.