समाचार

    Showing 13,121-13,130 of 19,851 items.
  • बालिका बलात्कार प्रकरण : एलओडीका २ जना कर्मचारी पक्राउ

    काठमाडौं / प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहित दुई जनालाई पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँले म्यानेजर सहदेव सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुङ्गानालाई पक्राउ गरेको हो ।एलओडीमा गएकी एक १५ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ । यही प्रकरणमा यसअघि एलओडीका सञ्चा लक रुदिल बल्लभ श्रेष्ठ र राजुसिंह सुवाल पक्राउ परेका थिए ।तर घटना भएका बेला क्लबमा उपस्थित नदेखिएको भन्दै उनीहरु बोलाएका बेला उपस्थित हुने गरी छुटेका छन् । ब

    • प्रकाशित मितिः साउन १, २०८०
    • 136 पटक पढिएको
  • १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधाराबाट ५९ वर्षीया पुरुष पक्राउ

    बिर्तामोड / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका- १ बस्ने ५९ वर्षीय नरेश रसाइली रहेका छन् ।  रसाइलीले ती बालिकालाई बुबाआमा धान रोप्न खेतमा गएको अवस्थामा ललाइ फकाई आफ्नै घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका रसाईलीका सम्बन्धमा  इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १, २०८०
    • 176 पटक पढिएको
  • बसको ठक्करबाट मोटरसाइकलमा सवार दाजुको मृत्यु भाइको अवस्थाको गम्भीर

    झापा / कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको मध्यनेपाल गाउँपालिका- ६, भोर्लेटारका २३ विवेक वि क रहेका छन् । दुर्घटनामा परि मृतक विकका सहोदर भाइ २० वर्षीय दीपेन्द्र वि क पनि गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका- ३ पोल्याङमा बिहान ७:४८  ठक्कर दिएको थियो । बसका चालक रूपा गाउँपालिकाका विशाल गुरुङलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक  तिमिल्सिनाले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन १, २०८०
    • 116 पटक पढिएको
  • पाँचथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

    झापा / मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ रहेका छन् । प्रहरीका अनुसार फिदिमबाट ताप्लेजुङतर्फ जाँदै गरेको ना२ख ९२१५ नं को ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल झरेर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दिवस कुँवरले जानकारी दिए।

    • प्रकाशित मितिः साउन १, २०८०
    • 100 पटक पढिएको
  • एमालेका नेता एवम् पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

    काठमाडौं / नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । लुम्बिनी प्रदेशको पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्रीसमेत रहेका यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रूपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।गत माघ १० गते रूपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको चेक दिएका थिए । बैंक अफ काठमाडौंको उक्त चेक लिएर रकम निकाल्न जाँदा खातामा रकम नभएको पाइएपछि विजयबहादुर यादवविरुद्ध बैंकिङ कसुरको मुद्दा परेको थियो ।२०७४ सालको प्रदेश सभा निर्वाचनमा उनी जसपाबाट बाँकेको क्षेत्र नम्बर २ ९१० बाट

    • प्रकाशित मितिः साउन १, २०८०
    • 105 पटक पढिएको
  • आजदेखि बिर्तामोड र कनकाई नगरपालिका भित्र सुर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक

    बिर्तामोड / बिर्तामोड र कनकाई नगरपालिकाले आज (साउन १) देखि सुर्तिजन्य पदार्थको बिक्री र सार्वजनिक स्थलमा प्रयोग गर्न निषेध गर्ने निर्णय गरेको छ ।   आजदेखि गुट्खा, खैनी तथा चुरोट लगायत सुर्तिजन्य पदार्थको बिक्री वितरण र सार्वजनिक स्थलमा प्रयोग गर्न नदिने कार्यपालिकाले निर्णय गरेको हो ।यि दुई नगरपालिकाले गरेको निर्णयलाई धेरै जसो सर्वसाधारणहरूले स्वागत गरेका छन् भने केही व्यवसायी र उपभोक्ताहरूले यो निर्णय सस्तो लोकप्रियताको लागि गरिएको भन्ने आरोप लगाएका छन् । नगरवासीलाई बिक्री र सार्वजनिक स्थलमा निषेध गरिएको वस्तुको प्रयोग नगर्न आग्रह गरिएको छ । हरेक गल्लीका ठूला देखि साना चिया पसल

    • प्रकाशित मितिः साउन १, २०८०
    • 144 पटक पढिएको
  • सुन र हिरासहित अष्ट्रेलिया जान लागेकी अभया विमानस्थलबाट पक्राउ

    काठमाडौँ / काठमाडौंबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी एक महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  पक्राउ परेकी छन् । भन्सार छलेर झोलामा हालेर सुन र हिरा लैजान लागेकी ५५ वर्षीया अभया विश्‍वकर्मा शनिबार दिउँसो पक्राउ परेकी हुन् । विमानस्थलमा चेकिङ गर्दा ७ सय ७० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको सी प्लस  हिरा  भेटिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 177 पटक पढिएको
  • पर्वत जिप दुर्घटनामा परि घाइते भएका चार वर्षीय बालकको पनि मृत्यु

    झापा / पर्वतको कुश्मा नगरपालिका- ३ दुर्लुङमा गएराति भएको जिप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या दुई पुगेको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । यसअघि दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो भने ११ जना घाइते भएका छन् ।  

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 112 पटक पढिएको
  • रकम फिर्ताको माग गर्दै प्रदर्शन गरिरहेका पाँच सहकारी पीडित पक्राउ

    काठमाडौँ / रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले आज माइतीघर देखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ । आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन् । 

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 170 पटक पढिएको
  • काठमाडौंमा सहकारी पीडित प्रदर्शनकारी र प्रहरीबिच झडप

    काठमाडौँ / सहकारी पीडितले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरबाट निकालेको र्‍याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो । यसक्रममा सहकारी पीडितहरूले सडकमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।र्‍याली निकाल्ने क्रममा माइतीघर क्षेत्रमा केहीबेर सडक अवरुद्ध भएको थियो । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । सहकारी पीडित बचतकर्ता महासंघ समितिले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहकारी तथा फरार रहेका सञ्चालक माथि कारबाही लगायतको माग गर्दै प्रदर्शन गरेको हो ।

    • प्रकाशित मितिः असार ३१, २०८०
    • 38 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा