समाचार

    Showing 13,031-13,040 of 25,799 items.
  • संसद अवरोध हटाउन सभामुखको पहल, प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल जारी

    काठमाडौं— संसदमा जारी अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख पाँच दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन्।सभामुखको पहलमा सुरु भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियार र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन्।सभामुखले संसद अवरुद्ध हुँदा उत्पन्न गतिरोध अन्त्य गर्न सहमतिको खोजी गर्दै छलफल थालेका हुन्। प्रमुख विपक्षी दल माओवादी केन्

    • प्रकाशित मितिः असार २, २०८२
    • 317 पटक पढिएको
  • रहेनन् नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री पौडेल

    काठमाडौं— सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्री (ढुण्डिराज पौडेल) को निधन भएको छ। सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिएकी छन्।नेपाली कांग्रेसका तर्फबाट २०४८ / २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट सांसद भएका शास्त्री उद्योग र श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनले गत वर्ष मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने बिपी कोइराला राष्ट्रिय पुरस्कार पाएका थिए। उनलाई सरकारको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसा

    • प्रकाशित मितिः असार २, २०८२
    • 356 पटक पढिएको
  • एघारौं चुरे संरक्षण दिवस कावासोतीमा मनाइयो

     काठमाडौं—  राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिले आज एघारौं चुरे संरक्षण दिवस नवलपरासीको कावासोतीमा विशेष कार्यक्रम गरी मनाएको छ। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थिति रहेको थियो। समिति कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख प्रकाश नेपालका अनुसार, चुरेको स्रोत संरक्षण, दीगो व्यवस्थापन र पारिस्थितिकीय सेवामार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले समिति विसं २०७१ असार २ गते स्थापना गरिएको हो। समितिले हालसम्म १,४५९ स्थानमा गल्छी, खहरे र पहिरो नियन्त्रण, १६६ हेक्टर भिरालो कृषिभूमिमा बहुवर्षीय बाली विस्तार तथा ५,२३० हेक्टर क्षेत्रमा हरियाली प्रवर्द्धन कार्यक्

    • प्रकाशित मितिः असार २, २०८२
    • 207 पटक पढिएको
  • राप्रपाको घोषणा: असार १ गतेको संसद बैठक भत्ता नलिने

    काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असार १ गते बसेको प्रतिनिधि सभाको बैठकका लागि प्राप्त हुने भत्ता नलिने निर्णय गरेको छ।राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै उक्त दिनको बैठक बहिष्कार गरिएको भन्दै भत्ता अस्वीकृत गर्न अनुरोध गरेका छन्। राप्रपाले भिजिट भिसा प्रकरणसँग सम्बन्धित आफ्ना मागहरूमा सरकार गम्भीर नभएको भन्दै संसद अवरोध जारी राखेको थियो।शाहीद्वारा लेखिएको पत्रमा उल्लेख छ, “राप्रपाले २०८२ असार १ गतेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेको सर्वविदितै छ। जबर्जस्ती रूपमा संसद सञ्चालन गर्नु अनुचित ठहरिँदै बैठक बहिष्कार गरिएकाले सो दिनक

    • प्रकाशित मितिः असार २, २०८२
    • 386 पटक पढिएको
  • रास्वपाका नेताहरूसँग सभामुखको आग्रह : ‘संसदलाई बन्धक नबनाऔँ’

    काठमाडौं — सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग संसद अवरोध अन्त्यको विषयमा छलफल गरेका छन्।सोमबार बिहान सभामुखको सरकारी निवास बालुवाटारमा भएको भेटमा संसद गतिरोध हटाउने उपायहरूबारे कुराकानी भएको थियो। पछिल्ला दुई सातादेखि विपक्षीको अवरोधका कारण संसद कार्यवाही ठप्प भएको सन्दर्भमा सभामुख घिमिरेले चिन्ता व्यक्त गरे।छलफलका क्रममा उनले भने, “विपक्षी दलले उठाएका मुद्दा गम्भीर छन्, त्यसैले दुई साता संसद रोकेर सहमतिको प्रयास गरें। तर अब संसद रोकिरहने अवस्था छैन। प्रतिनिधिसभाबाट विनियोजन विधेयक राष्ट्रिय सभा

    • प्रकाशित मितिः असार २, २०८२
    • 398 पटक पढिएको
  • जामाचो हाइकिङमा हराएका १३ वर्षीय बालकलाई सेनाले ६ सय मिटर तलबाट उद्धार गर्‍यो

    काठमाडौं – जामाचो हाइकिङमा गएका एक १३ वर्षीय बालक हराएपछि नेपाली सेनाको टोलीले खोजी तथा उद्धार गरेको छ।३१ जेठमा हाइकिङमा गएका ती बालक फर्कने क्रममा हराएको जानकारी पाएपछि नेपाली सेनाको भैरवीदल गण, नागार्जुनबाट विशेष उद्धार टोली परिचालन गरिएको थियो।सेनाको टोलीले ती बालकलाई झण्डै ६ सय मिटर तल भिरमा खसेको अवस्थामा राति ८ बजे फेला पारेको हो। बालक गम्भीर घाइते अवस्थामा भेटिएका थिए।नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता गौरव केसीका अनुसार उद्धारपछि सेनाले नै तत्काल प्राथमिक उपचार गरेको थियो। त्यसपछि बालकलाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 223 पटक पढिएको
  • देश बनाउन जनताले फेरि एक पटक माओवादी केन्द्रलाई बहुमत दिनुपर्छ :नारायणकाजी श्रेष्ठ

    काठमाडौँ -  नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश बनाउन जनताले फेरि एक पटक नेकपा (माओवादी केन्द्र) लाई बहुमत दिनुपर्ने बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रलाई सशक्त बनाउन आम नागरिकको सहयोग आवश्यक रहेको बताए । पछिल्लो समय पार्टीका कार्यक्रममा जनताको सहभागिता उल्लेख्य रहेको उनले दाबी गरे । उनले भ्रष्टाचारीलाई रक्षा गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप समेत लगाए । उनले अहिलेको सरकार भ्रष्ट र निरङ्कुश सरकार रहेको जिकिर गर

    • प्रकाशित मितिः असार २, २०८२
    • 308 पटक पढिएको
  • शहिद, वेपत्ता परिवार र घाइते योद्धाहरु पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्त सापकोटा

    काठमाडौं -  नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरु आफ्नो पार्टीका लागि शक्तिको स्रोत रहेको बताएका छन् । सोमबार शहिद रितबहादुर खड्का ‘प्रताप’ को १३औं स्मृति कार्यक्रममा बोल्दै उनले विभिन्न अभियानमा जाँदा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई उर्जाको रुपमा लिएको बताएका हुन् । उनले भने, ‘फागुन १२ देखि हुलाकी मार्ग केन्द्रित अभियानमा गयौं र त्यसैगरी लोकमार्ग केन्द्रित अभियान पोखरामा समापना गरेका छौ । यी अभियानका लागि शक्तिको स्रोत जनता नै हुन् । त्यसमा पनि शीर्ष स्थानमा शहिद, वेपत्ता परिवार, घाइते योद्धाहरुलाई राख्य

    • प्रकाशित मितिः असार २, २०८२
    • 273 पटक पढिएको
  • आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

    काठमाडौं -  नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ ।बैंकले सावर्जनिक सुचना जारी गर्दै आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको जनाएको हो ।‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि , ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकवाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याउन ल्याइएको राष्ट्र बैंकले सुचनामार्फत जनाएको छ ।नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा

    • प्रकाशित मितिः असार २, २०८२
    • 547 पटक पढिएको
  • राप्रपाका महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित

    काठमाडौं -  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन् । उनी आज बिहान काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् ।गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए ।राणाविरुद्ध राज्य विरुद्धको कसुरसहित चार वटा मुद्दामा अभियोजन गरिएको छ । उनलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको छ ।

    • प्रकाशित मितिः असार २, २०८२
    • 289 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.