समाचार

    Showing 121-130 of 18,931 items.
  • प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

    काठमाडौं—  अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै उनले राजधानीको माइतीघरमा आन्दोलन सुरु गरेको जेनजी अभियन्ता अजय सोडारीले जानकारी दिए । जेनजीको एक समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भनेर आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् । मिराज ढुंगाना नेतृत्वको संयुक्त जेनजी आन्दोलनले माइतीघरमै सरकार लक्षित आन्दोलन गर्दै आएको छ । सो आन्दोलनमा समेत भुसाल देखिएका थिए । 

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 344 पटक पढिएको
  • फैसला कार्यान्वयनका लागि दाङ प्रहरी सक्रिय, २७ फरार प्रतिवादी पक्राउ

    दाङ— जिल्ला प्रहरी कार्यालय दाङले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित फरार प्रतिवादी खोजतलास अभियानलाई तीव्र बनाएको छ।अभियानअन्तर्गत एक साताको अवधिमा विभिन्न मुद्दामा फरार रहेका २७ जना प्रतिवादी पक्राउ परेका छन्। पुस १ गतेदेखि पुस ७ गतेसम्म जिल्ला प्रहरी तथा मातहतका प्रहरी टोली परिचालन गरी खोजतलास गर्दा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।पक्राउ परेका प्रतिवादीहरूबाट कुल तीन लाख ७६ हजार ८५३ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथै उनीहरूलाई चार वर्ष ६ महिना १५७ दिनको कैद सजाय तोकिएको छ।प्रहरीका अनुसार

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 336 पटक पढिएको
  • टर्कीएमा भ्रष्टाचारविरुद्ध कडा कारबाही, २२ नगरपालिका अधिकारी पक्राउ

    इस्तानबुल— टर्कीए प्रहरीले २२ जना नगरपालिका अधिकारीलाई घूसखोरी र भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ ।इस्तानबुल एनाटोलियन प्रमुख जनरल अभियोजन कार्यालयका अनुसार शिले जिल्लामा कार्यरत ती अधिकारीहरूको घरमा एकैसाथ छापा मारिएको हो । उनीहरूलाई ‘अपराध उद्देश्यका लागि सङ्गठन निर्माण’ गर्नु, ठगी, घूसखोरी र बोलपत्र मिलाउने जस्ता आरोपमा संलग्न भएको आरोप छ ।यसअघि, सन् २०२५ को जुलाईमा शिले नगरपालिका प्रमुख ओजगुर काबाडाईसहित ६ जना अधिकारीलाई यस्तै आरोपमा नियन्त्रणमा लिइएको थियो ।पक्राउहरू यस वर्षदेखि इस्तानबुल र अन्य प्रान्तका स्थानीय प्रशासनमा कथित भ्रष्टाचार विरुद्ध सुरु गरिएको व्यापक अनुसन्धान अभियानको हि

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 342 पटक पढिएको
  • बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १६५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।सुनको मूल्य बुधबार तोलामा २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघले प्रकाशित गरेको मूल्यसूचीमा उल्लेख छ । यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ४ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 345 पटक पढिएको
  • स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध

    काठमाडौं— नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान! मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’नायिका खड्काले यस्ता गतिविधिबाट सावधान र

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 335 पटक पढिएको
  • झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

    काठमाडौं— नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगजनीमा घाइते भएकी नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।बुधबार बिहान खनालकी धर्मपत्नीलाई भेटर उनीहरुले स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।गत साता भारतबाट उपचार सकेर फर्किएकी चित्रकारलाई भेट्न संयोजक र सहसंयोजक कमरेड डल्लुस्थित निवासमा पुगेका थिए।चित्रकारको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको छ र थप सुधारका लागि उपचारको क्रममा रहेको जानकारी नेता खनालले जानकारी दिए ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 330 पटक पढिएको
  • स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध

    काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सेपमार्फत  पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान१ मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सेपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’नायिका खड्काले यस्ता गत

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 21 पटक पढिएको
  • सबै बैंकलाई दृष्टिविहीन मैत्री बनाउनु पर्छः शिशिर खनाल

    काठमाडौं—  नेपाल नेत्रहीन संघका अध्यक्ष शिशिर खनालले सबै बैंक तथा वित्तीय संस्थालाई दृष्टिविहीन मैत्री बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । बिहीबार काठमाडौंमा आयोजित अपाङ्गता समावेशी बैंकिङ सेवा प्रवद्र्धन कार्यक्रममा बोल्दै उनले नेपालको बैंकिङ प्रणाली अझै पनि अपाङ्गता मैत्री हुन नसकेको बताएका हुन्।उनले एक दृष्टिविहीन व्यक्ति बैंकमा खाता खोल्न जाँदा अदालतबाट साक्षी प्रमाणित गरेर ल्याए मात्र खाता खोल्न मिल्ने भनिएको अनुभव सुनाउँदै यस्ता घटना देशका विभिन्न स्थानमा दोहोरिइरहेको बताए । कतिपय दृष्टिविहीन व्यक्तिहरूले बैंकसँग संघर्ष गरेर भए पनि सेवा लिइरहेका भए पनि सबै दृष्टिविहीन नागरिकले सहज

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 328 पटक पढिएको
  • खोमराज शर्मा भन्छन अशक्तहरुले सहज रुपमा बैंकिङसेवा लिनका लागि हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्छ

    काठमाडौं— नेपालमा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरुलाई बैंकिङ सेवा लिन सकस भएकाले त्यस्ता व्यक्तिलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउन हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्ने नेपाल दृष्टि विहीनसंघका समावेशीकरण सल्लाहकार खोमराज शर्माले बताएका छन् ।अपाङ्गता समावेशी बैंकिङ सेवा प्रवद्र्धन कार्यशाला कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा आफ्ना धारणा राख्दै उनले नेपालका बैंक तथा वित्तिय संस्थाहरु अपाङ्गता मैत्री नभएको उनले बताए । सोहि कारण नेपालमा अपाङ्गता भएका व्यक्तिहरुले सहज रुपमा बैंकिङ सेवा लिन नपाएको तितो यर्थाथलाई उनले उजागर गरे ।उनका अनुसार सबै बैंकहरुले एटिएम

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 367 पटक पढिएको
  • कस्मेटिका २०२५ः नेपालको सौन्दर्य, वेलनेस र कस्मेटिक्स बजारमा नयाँ उत्सव

    काठमाडौं— नेपालमा कस्मेटिक, सौन्दर्य र वेलनेस उद्योग तीव्र रूपमा विस्तार हुँदै गएसँगै व्यवसायी, ब्रान्ड र सेवाप्रदायकलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ।नेपालमै पहिलो र एकमात्र वृहत ट्रेड शोका रूपमा परिचित यस एक्स्पो डिसेम्बर २६ देखि २८ (पौष ११–१३) काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा सञ्चालन हुने आयोजकले जनाएका छन्।हाउस अफ राजकर्निकारद्वारा आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालले सहयोग गर्नेछन्। कार्यक्रमको मिडिया पार्टनर वाव म्यागजिन, आईएसपी पार्टनर वेवसर्फÞर र प्

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 335 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा