काठमाडौं / नेपालस्थित भारतीय दूतावासले रसुवाको विनाशकारी बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाइने प्रक्रिया सार्वजनिक गरेको छ। दूतावासले मृतकका आफन्तलाई नेपाल प्रहरीको वेबसाइटमा उपलब्ध तस्बिर र विवरणबाट शव पहिचान गर्न तथा आवश्यक परे डीएनए प्रोफाइल वा रगतको नमुना उपलब्ध गराउन आग्रह गरेको छ। दूतावासका अनुसार पहिचान भएका शव भारत पठाउन स्थानीय निकायसँग समन्वय गरिनेछ भने पहिचान हुन नसकेका वा अस्थायी रूपमा गाडिएका शवको डीएनए नमुना नेपाल सरकारले संकलन गरी प्रथम तहका आफन्तसँग मिलान गर्ने व्यवस्था गरिएको छ।रसुवाको बाढीमा हालसम्म ९३९ जनाको मृत्यु, ३ हजार ९२५ जना बेपत्ता र ११ हज
एजेन्सी / दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाहतर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास जारी राखिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । नेपालतर्फ उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि आएको विनाशकारी बाढीपहिरोका कारण केरुङ क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले जनाएको छ। बन्दरगाहतर्फ जाने राष्ट्रिय राजमार्ग जी–२१६ बाढीपहिरोका कारण केही स्थानमा क्षतिग्रस्त भएको छ। केरुङ काउन्टीको सिन्जियाङ गाउँमा चाइना रेलवे ग्रुप लिमिटेडका १०० भन्दा बढी कामदारहरू सक्रिय
काठमाडौं / राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार अपराह्न १: १५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
नारायणगढ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २ सय ८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना सङ्कलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।ज
नुवाकोट । भोटेकोशी बाढीको कहालीलाग्दो असर नुवाकोटको बेत्रावतीमा झन् भयावह रूपमा देखिएको छ । विदुर नगरपालिका–१० बेत्रावतीस्थित एउटा घरभित्रबाट मात्रै २४ वटा शव फेला परेका छन् ।सोमबार खोजीका क्रममा ती शव भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार घरभित्र अझै खोजी जारी रहेकाले मृतकको संख्या थपिन सक्ने देखिएको छ ।एकै घरभित्र यति ठूलो संख्यामा शव भेटिएपछि उक्त घरमा आखिर के भएको थियो भन्ने प्रश्नले घटनालाई थप रहस्यमय र पीडादायी बनाएको छ । घरधनी को हुन्, त्यहाँ कति मानिस बसेका थिए र बाढी आउँदा उनीहरू किन त्यहीँ परे भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।प्रहरीका अ
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर अब विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा मन्त्री गौतमले पछिल्लो समय मुलुकले बेहोरेका श्रृङ्खलाबद्ध विनाशकारी विपद्हरूलाई स्मरण गर्दै उनले अबको विकास र पूर्वाधार निर्माणमा नयाँ सोच आवश्यक रहेको लेखेकी हुन् ।पछिल्लो १२–१३ वर्षयता नेपालले जुरेको पहिरो, २०७२ को महाभूकम्प, भोटेकोशी र मेलम्चीको बाढी, जाजरकोट भूकम्प, थामेको गेग्रान बहाव र हालै रसुवामा आएको विनाशकारी बाढीजस्ता ठूला विपद्हरू बेहोर्नुपरेको मन्त्री गौत
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनअनुसार देशभरका प्रमुख नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ।विशेषगरी नुवाकोट र रसुवा जिल्ला भई बग्ने साना नदीहरूमा आकस्मिक बाढी आउने उच्च सम्भावना रहेकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।महाशाखाको पछिल्लो मापनअनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव हाल सतर्कता तहभन्दा तल छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि हाल भोटेकोसी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तलै रहे तापनि महाशाखाले उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ।आग
काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, बेपत्ताको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ ।यसअघिको बैठकमा दलहरूबिच विपद्को दिगो समाधान र पूर्वतयारीका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको थियो । यस प्रक्रियालाई अघि बढाउने विषयमा पनि आज छलफल हुने बताइएको छ ।
धनगढी । भदौ १० गते त्रिशूलीको थ्री–ए जलविद्युत आयोजनाको सुरुङमा सरिया (फलामे डण्डी) मिलाउने काम गर्दै थिए कैलालीको भजनी नगरपालिका–१ का २५ वर्षीय सन्तोष चौधरी । उनी त्यहाँ गएको एक महिना १० दिन भएको थियो ।भदौ १० गते बिहान सुरुङभित्रै काम गरिरहेको अवस्थामा एक्कासि ठुलो हावाहुरी चलेको जस्तो भयो । उनीसँगै काम गर्ने एक जना चिनियाँ नागरिक ‘के भएको रहेछ, म हेरेर आउँछु’ भन्दै गाडी लिएर बाहिर निस्किए । सन्तोष र उनका साथीहरू भने सुरुङभित्रै काम गरिरहेका थिए ।बाहिर गएका ती चिनियाँ नागरिकले माथिबाट ठुलो बाढी आउँदै गरेको भन्दै सुरुङभित्रका मानिसलाई खबर गरे । त्यसपछि सन्तोष र उनका साथीहरूले बाढी आएको थाहा पा
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ ।भोटेकोशी बाढीले क्षति पुर्याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ ।ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक सञ्चालन भएसँगै उक्त क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री सङ्कलनसहित बेत्रावतीसम्म पुग्न सहज भएको छ । नगरप्रमु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.