समाचार

    Showing 12,971-12,980 of 25,799 items.
  • बाढी र पहिरोले ५ वटा सडक पूर्णरूपमा अवरुद्ध, ३ वटा एकतर्फी सञ्चालनमा

    काठमाडौं— देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानका पाँचवटा सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् भने तीनवटा सडकखण्डमा एकतर्फी मात्र सवारी आवागमन भइरहेको छ।नेपाल प्रहरीका अनुसार, सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीनवटै स्थानमा पहिरोले पूर्णरूपमा अवरुद्ध भएको छ। त्यसैगरी, डोल्पाको भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि हाल सवारी सञ्चालन गर्न नसकिने अवस्थामा छन्।प्रहरीले बुधबार बिहान १० बजेर ४६ मिनेटमा फेसबुकमार्फत जानकारी दिँदै धनकुटाको रवि–राके–भेडेटार सडक, गुल्मीको कालीगण्डकी करिडोर र जुम्लाको जुम्ला–मुगु सडकखण्ड एकतर्फी रूपमा सञ्चालन भइरहेक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 372 पटक पढिएको
  • भन्सार छली गरेर ल्याउँदै गरिएको १२ लाखभन्दा बढीको अवैध सामान बरामद

    विराटनगर– झापा, मोरङ र सुनसरीका विभिन्न सीमावर्ती क्षेत्रहरूबाट भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको करिब १२ लाख ८५ हजार रुपैयाँ बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ।सिमावर्ती क्षेत्रमा परिचालन गरिएको प्रहरी टोलीले असार २ गतेको दिन चेकजाँचको क्रममा विभिन्न प्रकारका भन्सार नतिरी ल्याइएका सामग्रीहरू नियन्त्रणमा लिएको हो। बरामद सामानहरूमा कस्मेटिक सामग्री, लत्ता कपडा, औषधी, मोबाइलको टेम्पर ग्लास, मोटर पार्ट्स, इलेक्ट्रिक स्कुटरको ब्याट्री तथा किराना सामानहरू रहेका छन्।स्रोतका अनुसार, बरामद गरिएका सबै सामानहरू आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएक

    • प्रकाशित मितिः असार ४, २०८२
    • 395 पटक पढिएको
  • लागू औषध ब्राउन सुगरसहित झापा र मोरङबाट ४ जना पक्राउ

    विराटनगर– मोरङ र झापाका विभिन्न स्थानहरूमा प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गर्न सफल भएको छ। लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालयबाट खटिएका टोलीहरूले फरक-फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।झापा जिल्ला, मेचीनगर नगरपालिका–६, पुरानो मेचीपुलस्थित चेकजाँचको क्रममा लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको टोलीले कन्काई नगरपालिका–४ का ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई २१ ग्राम ९४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।त्यसैदिन, अनारमनी इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले झापाको बिर्तामोड नगरपालिका–४ बाट दमक नगरपालिका–१ निवासी ३२ वर्षीय विजय कर्मा

    • प्रकाशित मितिः असार ४, २०८२
    • 466 पटक पढिएको
  • धरान र इटहरीबाट ४ हजार २ सय ३० किलो गाँजासहित दुई ट्रक नियन्त्रणमा

    सुनसरी—   सुनसरी जिल्लाको धरान र इटहरी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा बरामद गरेको छ। चेकजाँचको क्रममा दुईवटा ट्रकबाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बरामद गरी ट्रक चालकसहित ४ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ।असार २ गते धरान उप–महानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकबाट ७० वटा प्लास्टिकको बोरामा प्याक गरिएको २ हजार १ सय ३० किलो गाँजा फेला परेको हो।त्यस्तै, असार ३ गते इटहरी उपमहानगरपालिका–२० तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको टोलीले चेकजाँच

    • प्रकाशित मितिः असार ४, २०८२
    • 324 पटक पढिएको
  • आईपीओ निष्कासनको तयारीमा स्यार्पु पावर कम्पनी

    काठमाण्डौं । स्यार्पु पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि तयारी गरेको छ ।कम्पनीले आईपीओ निष्कासन गर्न भन्दै विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा यही असार २६ गते बिहान ११ बजेकालागि बोलाएको हो ।  साधारण सभा रुकुम पश्चिम स्थीत कम्पनी रजिष्ट्रारको कार्यालयमा हुनेछ । सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्ने र सार्वजनिक निष्कासनबाट प्राप्त हुने रकमको उपयोग गर्ने विशेष प्रस्ताव पारित सोहि साधारण सभाले गर्ने बताइएको छ ।

    • प्रकाशित मितिः असार ४, २०८२
    • 312 पटक पढिएको
  • एकीकृत समाजवादीका ५० जिल्ला अधिवेशन सम्पन्न

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छवटा प्रदेश ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेको हो । केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार सङ्गठनलाई सुदृढ गर्न सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मका सदस्यको भेला, सदस्यता विस्तार, राजनीतिक प्रशिक्षण सञ्चालन हुनेछ । बाँकी प्रदेश तथा जिल्लामा यथाशक्य चाँडो अधिवेशन गरिनेछ । 

    • प्रकाशित मितिः असार ४, २०८२
    • 280 पटक पढिएको
  • इजरायल–इरान द्वन्द्वले बजारमा अस्थिरता बढाएपछि तेलको भाउमा वृद्धि

    काठमाडौं । इजरायल र इरानबीचको तनाव बढ्दै जाँदा मंगलबार विश्वव्यापी रुपमा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ ।जुलाई डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएट न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३.०७ अमेरिकी डलर वा ४.२८ प्रतिशतले बढेर प्रति ब्यारेल ७४.८४ डलरमा स्थिर भएको छ । यसैबीच, अगस्ट डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आईसीई फ्युचर्स एक्सचेन्जमा ३.२२ डलर वा ४.४ प्रतिशतले बढेर ७६.४५ डलर प्रति ब्यारेलमा स्थिर भएको छ ।अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले विश्वव्यापी तेल बजारमा देखिएका प्रमुख अनिश्चितताहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । २०२५ मा माग वृद्धिभन्दा धेरै बढेर विश्वव्यापी तेल आपूर्त

    • प्रकाशित मितिः असार ४, २०८२
    • 305 पटक पढिएको
  • इरानको राजधानी नजिकैका रिफाइनरी र तेल डिपोहरु इजरायलको मुख्य निशासानामा

    काठमाडौं । इजरायलले इरानी राजधानी तेहरान नजिकैको रिफाइनरी र तेल डिपोहरूलाई निशाना बनाएर नयाँ आक्रमण गरिरहेको छ । मध्येपुर्वका यी दुई मुलुकचि चलिरहेको युद्ध छैटौं दिनमा प्रवेश गरेको छ ।रोयटर्सका अनुसार इजरायली सैन्य प्रवक्ताले तेहरानको तोकिएको क्षेत्र खाली गर्न इरानलाई चेतावनी जारी गरेको केही समयपछि आक्रमण अझ चर्किएको हो । रोयटर्सले उल्लेख गरे अनुसार सामाजिक सञ्जालमा सेयर गरिएका दृश्यहरूले इरानी राजधानीको उत्तरपूर्वमा, ताजरिशको छिमेक नजिकै ठूलो आगो लागेको देखाएको छ ।बुधबार बिहान इरानले इजरायलतर्फ लगभग १० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि तेल अभिभमा पनि विस्फोटहरू सुनिएका थिए, एक इजरायली सैन्

    • प्रकाशित मितिः असार ४, २०८२
    • 450 पटक पढिएको
  • प्रधानमन्त्रीको सकारात्मक आश्वासनपछि आजदेखि सुन पसल खुल्ने

    काठमाडौं— सुनचाँदी व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनचाँदी कारोबारमा लगाइएको दुई प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका छन् ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको टोलीले मङ्गलबार प्रधानमन्त्रीलाई भेटेर आफ्ना मागका विषयमा जानकारी गराएका हुन् । भेटमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताएको महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्राचार्यले जान

    • प्रकाशित मितिः असार ४, २०८२
    • 352 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाइ पराजित गराएको छ । मंगलबार भएको खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो ।ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्याण्ड ९७ रनमै समेटिएको थियो ।नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने अराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।यो जित

    • प्रकाशित मितिः असार ४, २०८२
    • 467 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.