समाचार

    Showing 12,941-12,950 of 25,799 items.
  • टिपरको ठक्करबाट एक जनाको मृत्यु

    विराटनगर— मोरङको विराटनगर महानगरपालिका–३ स्थित भित्री सडकखण्डमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।असार ४ गते दिउँसो को.१ क ९५३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक र पछाडि सवार व्यक्ति घाइते भएका थिए।दुर्घटनामा मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ निवासी २० वर्षीय स्कुटर चालक पृतम बजगाई र पछाडि सवार ५० वर्षीय सुसिल बजगाई घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो। तर, चिकित्सकले सुसिल बजगाईलाई अस्पताल पुग्नेबित्तिकै मृत घोषणा गरेका थिए।दुर्घटनापछि टिपर चालक मोरङ कानेपोखरी गाउँपालिका–३ का

    • प्रकाशित मितिः असार ५, २०८२
    • 310 पटक पढिएको
  • लागू औषधसहित पाँच जना पक्राउ

    विराटनगर— सुनसरी र धनकुटा जिल्लाबाट लागू औषधसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।सुनसरीको कोशी गाउँपालिका–८ र १ बाट चेकजाँचको क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउन सुगरसहित सप्तरी महादेवा नगरपालिका निवासी २२ वर्षीय मुकेश कुमार मण्डल, २८ वर्षीय सन्तोष कुमार मण्डल, र धनकुटा पाख्रिबास नगरपालिका–९ का २७ वर्षीय रोशन तिम्सिनालाई प्रदेश १–०२–०५६ प ८०७४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँप

    • प्रकाशित मितिः असार ५, २०८२
    • 241 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

    सुनसरी— सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ।दुर्घटना असार ३ गते दिउँसो साढे ३ बजे प्रदेश १–०२–०५२ प ३५६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा भएको हो। उक्त मोटरसाइकल धनकुटा जिल्ला पाख्रिबास नगरपालिका–४ घर भई हाल इटहरी–१ मा बसोबास गर्दै आएका ५३ वर्षीय राजेन्द्र श्रेष्ठले चलाएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार उनकी ४५ वर्षीया श्रीमती हिरा मेघा गम्भीर घाइते भएकी थिइन्।घाइते मेघालाई तत्काल उपचारका लागि विराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो। तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाबारे थप

    • प्रकाशित मितिः असार ५, २०८२
    • 338 पटक पढिएको
  • विदेश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं— इटाली र अजरबैजानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका–१६ घर भई हाल काठमाडौं महानगरपालिका–७ बसोबास गर्दै आएका १९ वर्षीय दर्शन खड्का र गोरखाको धार्चे गाउँपालिका–५ घर भई हाल तारकेश्वर नगरपालिका–३ बस्ने ३७ वर्षीय सरेश गुरूङ रहेका छन्।दर्शन खड्काले तीन जना पीडितलाई इटाली पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाखका दरले जम्मा छ लाख रुपैयाँ ठगी गरेका थिए। त्यस्तै, सरेश गुरूङले अजरबैजान पठाइदिने प्रलोभन देखाई दुई जना पीडितसँग दुई लाखका दरले चार लाख रुपैयाँ लिएका थिए। पीडितहरूसँग दुवै जनाले रकम लिएपछि सम्पर्

    • प्रकाशित मितिः असार ५, २०८२
    • 421 पटक पढिएको
  • स्याङ्जामा प्रहरीको अपरेसन:४२ फरार अभियुक्त पक्राउ

    स्याङ्जा— स्याङ्जा प्रहरीले ३३ दिनमा ४२ जना फरार अभियुक्त पक्राउ गरेको छ। ३३ दिनमा विभिन्न मुद्दाका ४२ जना फरार अभियुक्त पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मध्ये ३४ जना पुरुष र ८ महिला रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। उनीहरूलाई जरिवाना र कैद सजाए तोकिएको प्रहरी उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। स्याङ्जा प्रहरीले कार्य विवरण सार्वजनिक गर्दै नदीजन्य पदार्थ अवैध उत्खननमा संलग्न ११ वटा सवारीसाधन नियन्त्रण लिएर २ लाख ६० हजार जरिवाना गरेको जनाएको छ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 275 पटक पढिएको
  • काठमाडौं महानगर नगरप्रहरी प्रमुख पाण्डे पुनः जिम्मेवारीमा

    काठमाडौं— काठमाडौं महानगर नगरप्रहरी बलका प्रमुख राजु पाण्डे काममा फर्किएका छन् । यसअघि पाण्डेलाई ६ महिने निलम्बन गरिएकोमा उच्च अदालत पाटनले निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै बिहीबारदेखि उनी काममा फर्किएका हुन् ।उनले बिहीबार बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका हुन् । यससँगै उनले आफ्नो ड्युटी पनि थालेका हुन् । बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको थियो । प्रमुख प्रशासकीय अधिकृत गुरा

    • प्रकाशित मितिः असार ५, २०८२
    • 297 पटक पढिएको
  • भिजिट भिसा काण्डमा संसदमा कडा आन्दोलन गर्ने रास्वपाको घोषणा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा संसदमा संसदीय दलको प्रयास प्रशंसनीय रहेको ठहर गर्दै अझ सशक्त रूपमा संसदमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।बुधबार बसेको रास्वपा सचिवालय बैठकले ७ गते आन्दोलनकै रुपमा पार्टी स्थापना दिवस पनि मनाउने निर्णय गरेको छ।‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवद्र्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी पार्टीको तेस्रो स्थापना दिवस मनाउने रास्वपा निर्णय छ। रास्वपा वैकल्पिक राजनीतिक पक्षधरहरुलाई एकताबद्ध गर्नुपर्ने निष्कर्षमा पुगेको छ। बैठकले वैकल्पिक राजनीति पक्षधरलाई एकताबद

    • प्रकाशित मितिः असार ५, २०८२
    • 283 पटक पढिएको
  • सर्पको टोकाईबाट १३ वर्षीय किशोरको मृत्यु

    डडेल्धुरा— परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पु¥याइएका निजको उपचारका क्रममा मृत्यु भएको हो । उनी स्थानीय शिवशङ्कर माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए। 

    • प्रकाशित मितिः असार ५, २०८२
    • 213 पटक पढिएको
  • मोबाईल चार्ज गर्दा करेन्ट लागेर गर्भवति महिलाको मृत्यु

    रौतहट ,५ असार। रौतहट स्थित मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्। घटना बिवरण अनुसार बुधबार दिउसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतिय करेन्ट लागेको थियो।करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्क खातुनको गर्भवती रहेको प्

    • प्रकाशित मितिः असार ५, २०८२
    • 215 पटक पढिएको
  • बाढीपहिरो स् विभिन्न राजमार्गका ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

    काठमाडौं— बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका सडक अवरुद्ध भएका छन् । बिहीबार बिहान नेपाल प्रहरीले दिएको जानकारी अनुसार वर्षासँगैको बाढीपहिरोका कारण देशका ११ मुख्य राजमार्ग अवरुद्ध भएको जनाएको छ ।धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये ६ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने पाँच वटक सडक एकतर्फी सञ्चालनमा छन् ।सिन्धपाल्चोकको भोटेकोशीमा पहिरोका कारण अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिकाको कोदारी, लार्चा र कोप्लाङमा पहिरो खसे

    • प्रकाशित मितिः असार ५, २०८२
    • 388 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.