समाचार

    Showing 12,731-12,740 of 19,847 items.
  • विद्यालय व्यवस्थापन समितिलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं  ।   सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयको व्यवस्थापन समितिलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले बुधबार उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिहरू विघटन गरी सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने निर्णय गरेको थियो ।अदालतले काठमाडौं महानगरपालिकासँग विद्या

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 206 पटक पढिएको
  • आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा कन्चन घाइते

    काठमाण्डौ   ।   नवलपरासी बर्दघाट सुस्तापूर्वको गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन्।बुधबार दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए।श्रीमान सग सामान्य झै–झगडा हुँदा आफ्नै कोठामा भित्रबाट चुकुल लगाई शरीरमा पेट्रोल छर्की आगो लगाई घाइते भएको पौडेलले बताए।उनको अनुहारलगायत शरीरको माथिल्लो भाग जलेको प्रहरीले जनाएको छ। घाइते कुमालको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाका विषयमा अनुसन्ध

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 158 पटक पढिएको
  • भालुको आक्रमणबाट दुई घाइते, एकको अवस्था गम्भीर

    काठमाण्डौ  । सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ माङ्खिममा भालुको आक्रमणबाट दुईजना घाइते भएका छन् । भालुको आक्रमणबाटमकालु बरुण राष्ट्रिय निकुञ्जअन्तर्गत भोटखोला गाउँपालिका–४ माङ्खिमका ४६ वर्षीय प्रेम गुरुङ र २६ राजमान राई घाइते भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।बुधबार दिउँसो मकै खोहोरीया काम गर्दै गरेका गुरुङ र राईलाई भालुले आक्रमण गर्दा घाइते भएको गाउँपालिका अध्यक्ष भोटेले बताए । भालुको आक्रमणबाट उनीहरूको अनुहार, टाउको, खुट्टा र हातमा गहिरो चोट लागेको छ । घाइतेमध्ये २६ वर्षीय राईको अवस्था गम्भीर रहेको अध्यक्ष भोटेले बताए । घाइतेको गोला सामुदायिक स्वास्थ्य केन

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 168 पटक पढिएको
  • सुन तस्करीको अनुसन्धान गर्न एसएसपी दिनेश हङकङ उडे

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गर्न सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाएकाे छ । उनी मंगलबार साँझ नै हङकङ गएका छन् ।गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भएर बाहिरिएका बेला ६० किलो सुन बरामद भएको थियो । उक्त प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिपछि सिआइबीले इन्टरपोलको सहयोग मागेको थियो ।सुन तस्करीको मुख्य बिन्दु हङकङ देखिएकाले सीआईबीले इन्टरपोलका पहलमा एसएसपी दिनेशलाई सूचना संकलनका लागि हङकङ पठाएकाे प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले ज

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 159 पटक पढिएको
  • बुद्ध एयरका विमानमा समस्यै समस्या, उड्न लागेको विमान फर्काइयो

    काठमाडौं । बुधबार बिहान  काठमाडौंबाट जनकपुर उडान नं ५०२ बाट जनकपुर उडेको ९ एन-एजेओ विमानमा  प्राविधिक समस्या देखिएको थियो ।नेकपा एमालेमा शीर्ष नेता चढेको उक्त विमानमा समस्या देखिएपछि विमानलाई काठमाडौंमा अवतरण गराई यात्रुलाई अर्को विमानबाट जनकपुर पठाइएको थियो ।काठमाडौंबाट भैरहवा उड्न लागेको बुद्ध एयरको विमानमा पनि समस्या देखिएको छ । बुधबार बेलुका ८:३० मा काठमाडौंबाट भैरहवा उड्न लागेको बुद्ध एयरको बीएचए ८०५ नम्बरको विमानमा समस्या देखिएको हो ।भैरहवा उडानका लागि पार्किङबाट ट्याक्सी वे मा पुगेको विमानको इन्डिकेसनमा समस्या आएपछि  ट्याक्सी वे बाट पार्किङमा फिर्ता भएको छ । विमानमा

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 283 पटक पढिएको
  • आयल निगमको वितरण विभाग र थोनकोट डिपोमाथि अख्तियारले थाल्यो छानबिन

    काठमाडौं । नेपाल आयल निगमको वितरण विभाग र थानकोट डिपोमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।काठमाडौंको कलंकीस्थिल बाबा पट्रोल पम्पलाई अनुमति विना इन्धन बिक्री गर्ने जिम्मा दिइनुलाई डिपो र वितरण विभागको भूमिका शंकास्पद भएको भन्दै आयोगले छानबिन प्रक्रिया अगाडि बढाएको हो ।नेपाल आयल निगमको कर्मचारीको मिलोमतोमा इन्धन बिक्रेता नियमावली विपरीत कलंकीमा गैह्रकानुनी रुपमा सञ्चालनमा आएको बाबा पेट्रोल पप्मलाई इन्धन बिक्री गर्न अनुमति दिएको पाइएकोले अख्तियारले छनबिन अगाडि बडाएको हो। अख्तियारले ५ भदौमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै सो प्रकरणको

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 144 पटक पढिएको
  • देशको अर्थतन्त्र जटिल अवस्थामा पुग्यो; अध्यक्ष ढकाल

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको अर्थतन्त्र अत्यन्तै जटिल मोडमा पुगेको बताएका छन् ।बाह्रखरी मिडियाले आज यहाँ आयोजना गरेको निजी क्षेत्रको आवाज विषयक कार्यक्रममा उनले भने, ‘कोभिड १९ को कारण होस् या हाम्रा आफ्ना नीतिगत व्यवस्थाका कारण अथवा विश्वव्यापी आर्थिकमन्दीकै कारण किन नहोस् हाम्रो देशको अर्थतन्त्र झनभन्दा झन जटिल अवस्थातर्फ धकेलिँदैछ ।’उनले विगतमा निजी क्षेत्रका तर्फबाट यस्तो अवस्थाको अनुमान गरी नेपाल सरकालाई गम्भीर हुन र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्न आग्रह गरिँदा व्यापारीले आफ्ना लागि मात्र कुरा उठाए भन्नेजस्ता धारणा राख्ने गरेका र यस

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 186 पटक पढिएको
  • एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनमा

    काठमाडौँ । नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को संयुक्त लगानीको ‘एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश भएको घोषणा भएको छ ।मिलेनियन च्यालेन्ज नेपाल अकाउन्ट विकास समिति (एमसिए–नेपाल) अन्तर्गत कार्यान्वयन हुने परियोजनाको पूर्व तयारीका काममा पर्याप्त प्रगति भएको सहमतिपछि उक्त घोषणा गरिएको हो । अर्थमन्त्री डा प्रकाशशरण महत र एमसिसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्ट्री फोर्स– इआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेका थिए ।ए

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 104 पटक पढिएको
  • राष्ट्रसंघको शान्ति मिशनमा सहभागी हुन नेपाली शान्ति सैनिक इराक जादै

    काठमाण्डौ । नेपाली सेनाले इराकमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरेको छ।इराकका लागि संयुक्त राष्ट्र सहायता मिशन (यूनामी ) मा सहभागी हुन बाह्रौं डफ्फाका १८ जना नेपाली शान्ति सैनिकहरू बुधवार मिशन इलाकातर्फ प्रस्थान गरेका छन्।यस्तै सो मिशनमा हाल तैनाथ एघारौं डफ्फामा कार्यरत १५ जना शान्ति सैनिकहरू बिहीवार स्वदेश फर्कने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हाल यूनामी मिशनमा ८८ जना नेपाली शान्ति सैनिकहरू तैनाथ छन्।

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 117 पटक पढिएको
  • भद्रपुरकी शिबकुमारी ढकाल मृत अवस्था फेला

    भद्रपुर  ।  भद्रपुर न.पा. १० धनुषमाेड घर भएकि बर्ष ७६ कि शिवकुमारी ढकाल आज १३ गते बिहान करीब ०५:३० बजे मृत अबस्थामा भेटिएकी छन।बिहानिको समयमा घरबाट मर्निङवाकमा जान्छु भनेर निस्किएकि ढकाल करिव ०६:०० बजेकाे समयमा  केन्द्रमाेड स्थित बिनाेद चापागाईले घर बनाउन भनी खनेर छाडेकाे पाेखरीमा डुबि मृत अवस्थामा भेटिएकी हुन। बाटाे हिड्नेले देखेर  प्रहरीलाई खवर गरेकाे र  प्रहरीद्वारा कानुनी प्रकृिया पूरा गर्ने काम भईरहेकाे जिप्रका झापाले बताएको छ।

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 317 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा