समाचार

    Showing 12,731-12,740 of 25,799 items.
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ८४ पैसा र बिक्री दर १३७ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १४ पैसा र बिक्रीदर १६० रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ६१ पैसा र बिक्रीदर १८८ रुपियाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ६७ पैसा र बिक्रीदर १७१ रुपियाँ ४१ पैसा कायम गरिएको छ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४१ पैसा र बिक्रीदर ८९ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ र बिक्र

    • प्रकाशित मितिः असार १३, २०८२
    • 275 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भुभागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भुभागमा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमार बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

    • प्रकाशित मितिः असार १३, २०८२
    • 286 पटक पढिएको
  • पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

    मुस्ताङ, १२ असारः बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् ।  उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एअरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ ।   “हवाई यात्रु कम भएको र मौसम प्रतिकुलताका कारण तारा एअरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ”, उहाँले भन्

    • प्रकाशित मितिः असार १२, २०८२
    • 302 पटक पढिएको
  • संस्कृत विश्वकै सम्पत्तिः राष्ट्रपति पौडेल

    राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभएको छ । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको  दक्षिण एशियामै गहिरो प्रभाव पर्दै आइरहेकामा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “कम्प्युटर र एआईको प्रयोगका कारण संस्कृत भाषाको भविष्य सुन्दर देखिन्छ । आजको अशान्त विश्व समाजले संस्कृत वाङ्मयबाट आशा र भरोसा खोजेको छ ।” उपनिषदको ‘यो चराचर चेतनाले भरिपूर्ण छ, यसको त्यागपूर्ण भोग गर, धनसम्पति दौलतमाथि आशक्ति र लोभ नगर’ भन्ने संस्कृत श्लोक उद्ध

    • प्रकाशित मितिः असार १२, २०८२
    • 357 पटक पढिएको
  • "ओलीलाई विद्या भण्डारीको प्रत्यक्ष प्रस्ताव– म सक्रिय राजनीतिमा फर्कन्छु, साथ दिनुस्"

    काठमाडौं —  पूर्वराष्ट्रपति विद्या देवी भण्डारी सक्रिय राजनीतिमा पुनः फर्कने तयारीमा रहेकी बेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको असार ३ गतेको बालुवाटार भेट तिक्तपूर्ण बनेको छ। झन्डै एक घण्टा चलेको ‘वान-अन-वान’ वार्तामा भण्डारीले पार्टीमा पुनः सक्रिय भुमिकाका लागि ओलीसँग स्पष्ट सहयोग मागेको, तर ओलीको प्रतिक्रिया असहज र अस्वीकारजनक रहेको एमाले नेताहरूले बताएका छन्।एक नेताका अनुसार, भण्डारीले आउँदो महाधिवेशनमा नेतृत्वका लागि तयारी गरिरहेकी बताउँदै ओलीसँग साथ मागेकी थिइन्। तर, ओलीले प्रतिप्रश्न गर्दै भने, “केका लागि सहयोग चाहियो?” भण्डारीले “मुख्य नेतृत्वका लागि” भनेर

    • प्रकाशित मितिः असार १२, २०८२
    • 319 पटक पढिएको
  • "जसलाई जीवन ठानेकी थिइन्, उहीले एक्लो बनाए: मनिकाको अन्तरजातीय विवाहको मूल्य"

    गोरखा — असारको तातो गर्मी, जस्ताले छाएको साँघुरो एक कोठे टहरो, झ्याल छैन, एउटा मात्र ढोका छ। यही 'कालकोठरी'मा पसिना चुहाउँदै ओत लागिरहेकी छिन् २१ वर्षीया मनिका परियार र उनका एक महिनाका नवजात छोरा। आफ्नै नाममा माटोको धुलोसमेत नरहेको उनी, काकी पार्वती परियारको टहरोमा शरण लिएकी छन्।गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङ समिडाँडाकी मनिका जेठ १० गते गोरखा अस्पतालमा आमाबनेकी हुन्। गर्भ रहँदै पतिबाट तिरस्कृत, परिवारबाट बहिष्कृत, माइतीको साथसमेत नपाएकी मनिकाका लागि छोरै एक मात्र सहारा बनेको छ।तर जब उनलाई सोधियो, "छोराको नाम के राख्नु भयो त?" — उनी छाँगाबाट खसेझैँ भइन्। "न्वारानै गर्न पाइएन, नाम सोचिएको छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 410 पटक पढिएको
  • पर्सामा ३१९ किलोग्राम चरेससहित ट्रक चालक पक्राउ

    पर्सा — जिल्ला प्रहरी कार्यालय पर्साले ३१९ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा बुधबार साँझ ७ः३० बजे वीरगन्ज महानगरपालिका–२१, परवानीपुर चेकपोस्ट नजिक चेकजाँच गर्दा चरेस बरामद भएको हो।प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रक रोकेर जाँच गर्दा ठूलो परिमाणमा चरेस भेटिएको प्रहरीले जानकारी दिएको छ। ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–१२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।उनका अनुसार १३ पोकामा गरी जम्मा ३१९ किलोग्राम चरेस बरामद गरिएको छ। साथै चालक स्याङ्तानको हाफ पाइन्टको दाहिने ख

    • प्रकाशित मितिः असार १२, २०८२
    • 338 पटक पढिएको
  • ग्लोबल आइएमई बैंकको नौ लाख लुटपाट संलग्नताको आरोपमा एक पक्राउ

    सिराहा — ग्लोबल आइएमई बैंकको नौ लाख रुपैयाँ लुटपाटको घटनामा संलग्न रहेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी (सुजन) हुन्।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार, लोहनी २०७९ साल फागुन १० गते सिराहाको मिर्चैया नगरपालिका–३ स्थित बतहा पुलमा भएको लुटपाट घटनामा संलग्न थिए। उनी भारतमा लुकेर बसेको अवस्थामा आज सिराहा नगरपालिका–१७, खैरटोकाबाट विशेष प्रहरी टोलीद्वारा पक्राउ परेका हुन्।उक्त दिन मिर्चैया शाखाबाट बैंकका कर्मचारीले ल्याउँदै गरेको ९ लाख रुपैयाँ लोहनीसहित चारजनाको समूहले पेस्तोल देखाई लुटेका थिए। उनीहरूले यामा

    • प्रकाशित मितिः असार १२, २०८२
    • 438 पटक पढिएको
  • माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज

    काठमाडौं  - बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ ।बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरेको बंगलादेशको स्थानिय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ ।भारतीय कम्पनी जीएमआर इनर्जी लिमिटेड र एसजेभीएनले अछाम, सुर्खेत र दैलेख जिल्लाको सिमाना कर्णाली नदिमा यो परियोजना निर्माण गरिरहेका छ

    • प्रकाशित मितिः असार १२, २०८२
    • 516 पटक पढिएको
  • विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि २५ लाख बराबरका आवश्यक सामाग्री वितरण

    काठमाडौँ -  काठमाडौँ महानगरपालिकाको १० नम्बर वडा कार्यालयले नेपाल प्रहरी, वडा भित्रकै विभिन्न विद्यालय र स्थानिय समुदायहरुलाई करीब २५ लाख रुपैयाँ बराबरका विपद व्यवस्थापन र सामुदायिक क्रियाकलापका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।बुधबार वडामा आयोजना गरिएको सार्वजनिक सुनुवाई तथा योजना तर्जुमा छलफल कार्यक्रमका अवसरमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।वडा कार्यालयले महानगरीय प्रहरी वृत्त बानेश्वरलाई लाइफ ज्याकेट, स्टेचर, सेफ्टी बुट, सेफ्टी ग्लोब्स, फायर रेसिस्टेन्स ज्याकेट, हेल्मेटलगायत सामान प्रदान गरेको छ । साथै, रत्नराज्य माध्यमिक विद्यालय र रुद्रमती आधारभूत विद्यालय सहित ३ वटा सामु

    • प्रकाशित मितिः असार १२, २०८२
    • 394 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.