समाचार

    Showing 1,211-1,220 of 25,313 items.
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । शुक्रबार सुनको मुल्य तोलाको २१ सयले घटेर तोलाको ३ लाख ९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि विहिबार  सुन तोलाको ३ लाख ११ हजार १ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ५२३० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५२८५ मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 482 पटक पढिएको
  • सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार

    काठमाडौं— सरकारले अध्ययन बिदा तथा असाधारण बिदामा बसेर लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको खोजी सुरु गरेको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै बिदा अवधि सकिएपछि कार्यालयमा हाजिर नभएका, कार्यालयको सम्पर्कमा नरहेका तथा राष्ट्रिय किताबखाना (निजामती) मा व्यक्तिगत विवरण अद्यावधिक नगरेका कर्मचारीहरूको अभिलेख अद्यावधिक गर्न निर्देशन दिएको हो।मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी विवरण अद्यावधिक नभएका कर्मचारीहरूले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र राष्ट्रिय किताबखाना (निजामती) मा आफ्नो अभिलेख अद्यावधिक गराउनुपर्नेछ।यस्तै, सबै मन्त्र

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 407 पटक पढिएको
  • एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी

    काठमाडौं— एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि खुला गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ६ लाख ५५ हजार ७ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्रीका लागि आवेदन आह्वान गरेको हो ।यसअघि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि गत वैशाख १६ गतेदेखि २२ गतेसम्म ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । उक्त सेयर बाँडफाँड सम्पन्न भएपछि सर्वसाधारणका लागि आवेदन खुला गरिएको कम्पनीले जनाएको छ ।निष्कासित सेयरमध्ये ३९ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि तथा १५ हजार ८ सय कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी सेयरमा सर

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 469 पटक पढिएको
  • लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

    काठमाडौं— नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको निगरानी तथा गस्ती अभियानका क्रममा लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटी क्षेत्रबाट चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नमिल्ने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका–६ निवासी विशाल भण्डारी पक्राउ परेका छन्।यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारबाट एक किशोरलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कुण्डा चोकबाट दुई जना, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकबाट एक जना तथा इटहरी उपमहानगरपालिका–१८ पटेर्वाबाट खैरो हेरोइन र ४७ हजार

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 409 पटक पढिएको
  • सर्लाहीमा सोधपुछका लागि चौकीमा बोलाएर प्रहरीद्वारा निर्घात कुटपिट

    सर्लाही— सर्लाहीको हरकठवास्थित इलाका प्रहरी कार्यालयमा सोधपुछका लागि बोलाइएका एक व्यक्तिमाथि प्रहरी जवानले निर्घात कुटपिट गरेको बाहिरिएको छ। कुटपिटबाट धनकौल गाउँपालिका – ५ हरकठवाका फेकु दास गम्भीर घाइते भएका छन् ।दासका अनुसार उनी बुधबार दिउँसो श्रीमतीसहित इलाका प्रहरी कार्यालय हरकठवा पुगेका थिए । उनका दुई छोराले अध्ययन गरेको साइनिङ स्टार बोर्डिङ स्कुलको १३ हजार रुपैयाँ शुल्क बाँकी रहेको भन्दै विद्यालय सञ्चालक संजय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।सोही निवेदनका विषयमा बुझ्न प्रशासनले प्रहरी कार्यालयलाई पत्राचार गरेपछि आफूलाई बोलाइएको उनले बताए । प्रहरी कार्यालय पुगेपछि

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 399 पटक पढिएको
  • वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यकः राष्ट्रपति पौडेल

    काठमाडौं—  राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहनले विश्व समुदायलाई गम्भीर चुनौती दिएको उल्लेख गर्दै वातावरण संरक्षण तथा प्रकृतिमैत्री विकासमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।विश्व वातावरण दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै शुक्रबार उनले हरित विकास, स्वच्छ ऊर्जा, वृक्षारोपण र प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्न आह्वान गरेका हुन् । उनले प्रकृति र वातावरण मानव जीवनको आधार भएको उल्लेख गर्दै स्वच्छ हावा, शुद्ध पानी, हरियाली वनजंगल तथा जैविक विविधताको संरक्षण गर्नु सबैको

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 398 पटक पढिएको
  • आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

    काठमाडौं— विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित यो दिवस मनाउन लागिएको हो।दिवसका अवसरमा वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती तथा प्रकृतिमैत्री विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिँदै छन्।हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसले वातावरण संरक्षण तथा जलवायु परिवर्तनका विषयमा विश्वव्यापी जागरण फैलाउने उद्देश्य राखेको छ।

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 441 पटक पढिएको
  • पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने

    काठमाडौँ। मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भेगमा साधारणतया बदली रहने तथा तर

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 242 पटक पढिएको
  • सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

    मध्यविन्दु । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।गएराति कावासोतीबाट नारायणगढतर्फ गइरहेको  ना५ख १७५७ नम्बरको ट्रकमा ग१०प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–१ का ५१ वर्षीय ओमनारायण गुरौको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार  दुर्घटनामा मोटरसाइकल चालक भारतीय नागरिक २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन् निजको

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 229 पटक पढिएको
  • भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो

    चितवन। यहाँस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उहाँले भन्नुभयो, “दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिकरुपमा बढको छ ।”हाल कारागारमा ७१२ जना कैदी छन् । यसको क्षमता ६०० हो । यहाँ ५० जना महिला र ५५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ । भाइरल ज्वरोबाट पीडित भएकाहरुलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गान

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 258 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.