काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन्। शुक्रबार राति उनलाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको हो।प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौंबाट बैंकिङ कसुर सम्बन्धी पक्राउ पुर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।गैरीधारास्थित एक रेष्टुरेन्ट खरिदका क्रममा बैंकिङ कसुर गरेको आरोपमा साहविरुद्ध मुद्दा दर्ता भएको थियो। आरोपअनुसार उनले उक्त रेष्टुरेन्ट एक करोड ३० लाख रुपैयाँमा खरिद गरे पनि सम्झौताअनुसारको सम्पूर्ण रकम भुक्तानी नगरेको बताइएको छ।रेष्टुरेन्ट बिक्रीकर्ता सकुन्तला अधिकारी (थापा) ले बाँकी रकम नपाएको भन्दै साहविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दाको आधारमा अदा
काठमाडौं । सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनलाई खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको छ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि विभागले सञ्चालकलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको हो । विभागले शुक्रबार गरेको अनुगमनका क्रममा क्यान्टिनमा १७ किलोग्राम घुन लागेको चनाको दाल, ११ किलोग्राम ओसिएको नेपाली बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको जनाएको छ। अनुगमन टोलीले करिब छ हजार पाँच सय ६० रुपैयाँ बराबरका ती अखाद्य तथा उपभोगका लागि अयोग्य सामग्री तत्काल नष्ट गरेको थ
रामेछाप । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा. ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुच्चाकोटमा दुर्घटनामा परेको थियो। दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो।जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म सनाखत भएका मृतकहरूमा काभ्रेको रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानकी ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपा
रामेछाप । दोलखाको भीमेश्वर नगरपालिका–५ स्थित पिपलबोट नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा दोलखाको वैतेश्वर गाउँपालिका–८ क्षेत्रपाका २२ वर्षीय रसिक श्रेष्ठ को मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोटमा राखिएको छ।दुर्घटनामा वैतेश्वर गाउँपालिका–२ पुतलीकाठका २६ वर्षीय उमेश तामाङ र भीमेश्वर नगरपालिका–६ चोथाङका १९ वर्षीय विवेक थाम
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काभ्रेपलाञ्चोक र धनकुटामा भएका छुट्टाछुट्टै बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।काभ्रेपलाञ्चोकको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस नमोबुद्ध क्षेत्रमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका छन्। त्यस्तै, संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटाको च्याङच्याङबारीमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन्।दुर्घटनापछि जारी गरिएको विज्ञप्तिमार्फत सभापति थापाले ज्यान गुमाएका यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको चिर
काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा काठमाडौंमा उदीयमान प्रविधिहरूमा भारत–नेपाल साझेदारी एआई सहकार्यका लागि द्विपक्षीय अवसरहरूको अन्वेषण विषयक सत्रको आयोजना गरेको छ।कार्यक्रमले दुई देशबीच कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे छलफल गर्न व्यवसाय, सरकार, प्राज्ञिक र प्रविधि क्षेत्रका नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएको थियो।दक्षिण एसियामै फुल स्ट्याक जेनेरेटिभ एआई र स्थानीय भाषाका एआई प्रणालीहरू निर्माण गर्ने अग्रणी कम्पनी सर्वम एआईका सह संस्थापक तथा सीईओ डा. प्रत्यूष कुमारले मुख्य सम्बोधन ग
देवेन्द्र किशोर: नेपालमा दशकौँदेखि विकास, समृद्धि, सुशासन र परिवर्तनका नारा राजनीतिक भाषणका मुख्य विषय बनेका छन्। तर जनताले भोगेको यथार्थ र राजनीतिक नेतृत्वले प्रस्तुत गरेको आश्वासनबीचको दूरी निरन्तर बढ्दै जाँदा लोकतान्त्रिक व्यवस्थाप्रति नागरिकको विश्वास कमजोर बन्दै गएको अनुभूति गरिएको छ। विकासका नाममा स्रोत–साधनको दुरुपयोग, भ्रष्टाचार, नातावाद, दलीय स्वार्थ र सार्वजनिक संस्थामाथिको राजनीतिक हस्तक्षेपले राज्यका संरचनालाई अपेक्षित परिणाम दिनबाट रोकेको छ। यही पृष्ठभूमिमा युवा पुस्ताको असन्तुष्टि, सामाजिक चेतनाको विस्तार र सुशासनप्रतिको जनआकांक्षाले नयाँ राजनीतिक बहसलाई जन्म दिएको छ। हाल द
मोरङ । मोरङको विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरीएको छ ।जेठ २८ गते दिउँसो बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतीय नम्बर BR 38 AS 6598 को मोटरसाईकलमा सवार भारतको अररिया जोगबनी-१० का १९ बर्षीय इरफान खान र बिराटनगर-१७ का १९ बर्षीय इफ्रिदि मिँयालाई शंकास्पद गतिबिधी गरीरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गरेको थियो ।सोही क्रममा निजहरुको साथबाट प्रहरीले ११९ ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको थियो । पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ
विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आज मोरङ्ग उद्योग व्यापार संघको हलमा सम्पन्न भएको छ ।नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय प्रमुख प्रीति देवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा प्रश्नोत्तर सत्रको सहजीकरण क्विज मास्टर मनोज तिवारीले गरेका थिए । प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बीमा क्षेत्रसँग सम्बन्धित विविध विषयमा आफ्नो ज्ञान र क्षमता प्रस्तुत गरेका थिए ।प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगितामा मेरिल्याण्ड माध्यमिक विद्यालयका हर्ष सिंह , सुरज पासवान , सम्भव भटटराई
काठमाडौं— ग्लोबल आइएमई बैंक लिमिटेडले सञ्चालक समितिको रिक्त स्वतन्त्र महिला सञ्चालक पदमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराईलाई नियुक्त गरेको छ।शुक्रबार बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ। नियुक्तिपछि बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजित विशेष कार्यक्रममा उनलाई सञ्चालक समितिमा स्वागत गरेका छन्।भट्टराई सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव भएकी प्रशासक हुन्। उनले नेपाल सरकारका विभिन्न महत्वपूर्ण निकायमा जिम्मेवारी सम्हालेकी छन्।उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय योजना
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.