राजनीति

    Showing 5,671-5,680 of 9,625 items.
  • विश्वासको मत लिने प्रक्रिया सुरु

    काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने प्रक्रिया सुरू भएको छ। नेकपा एमाले, जसपा सरकारकाबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आजसहित पाँचौंपटक विश्वासको मत लिन लागेका हुन् ।

    • प्रकाशित मितिः असार २८, २०८१
    • 303 पटक पढिएको
  • ओली आजै प्रधानमन्त्री नियुक्त हुने तयारीमा, कांग्रेसबाट सिंह र एमालेबाट पौडेल उपप्रधानमन्त्री बन्ने

    काठमाडौं– प्रतिनिधिसभा संसद्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने अवस्था भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली आजै प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन् । स्रोतका अनुसार नयाँ सरकारमा प्रमुख साझेदार नेपाली कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीसहित प्रकाशमान सिंहले नेतृत्व गर्नेछन् । त्यस्तै गृहमन्त्रीमा रमेश लेखक र परराष्ट्रमन्त्रीमा आरजु राणा बन्ने निश्चित भएको छ । यता एमालेबाट विष्णु पौडेल अर्थमन्त्री बन्नेछन्। 

    • प्रकाशित मितिः असार २८, २०८१
    • 350 पटक पढिएको
  • प्रचण्डलाई ज्ञानेन्द्र शाहीको चेतावनी : जातजातिलाई भड्काएर रोटी सेक्ने काम नहोस्

    काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई फेरि भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गरे। उनले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको पनि बताए।जातीय छुवाछुतविरुद्धको कानून राजा महेन्द्रकै पालमा बनेको पनि उल्लेख गर्दै उनले राजनीति गर्न सबैलाई खुला रहेको भन्दै राजनीति गर्न तर जातियताको नाममा द्वन्द्व नभड्काउन आग्रह गरे।उनले पश्चगमनका लागि संविधान संशोधन नगर्

    • प्रकाशित मितिः असार २८, २०८१
    • 398 पटक पढिएको
  • रवि लामिछानेले भने : मध्यरातमा व्यापारीको घरमा भएको सम्झौतालाई राष्ट्रिय सहमति मान्दैनौँ

    काठमाडौं- गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मध्यरातमा व्यापारीको घरमा बसेर गरिएको सम्झौतालाई राष्ट्रिय सहमति भएको भन्दै राष्ट्रिय र राष्ट्रियता शब्दकै मानमर्दन गरिएको आरोप लगाएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन गरेको प्रस्तावको छलफलमा भाग लिँदै लामिछानेले आफ्नै नेता र सांसदले थाहा नपाएको विषयलाई राष्ट्रिय सहमति भनेको भन्दै आपत्ति जनाएका हुन्। ‘सहमति भनिएको छ तर यस्तो सहमतिबारे राष्ट्र, जनता मात्रै होइन सहमति गर्ने दलका सांसद र नेतालाई नै थाहा छैन। मध्यरातमा व्यापारीको घरमा बसेर गरिएका सहमतिलाई राष्ट्रिय भनेर लेख्न लगाउँदा रा

    • प्रकाशित मितिः असार २८, २०८१
    • 434 पटक पढिएको
  • जोखिमका जिल्लामा रात्रि बस चल्न बन्द गर्छौ : गृह मन्त्रालय

    काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय भएको संसदलाई जानकारी गराएका छन्।प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै लामिछानेले जल तथा मौसम विज्ञान विभागबाट जोखिमयुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा रात्रि बस चल्न नदिने निर्णय भएको बताए। ‘रेड ट्राभल एड्भाइजरी जारी भएका जिल्ला र क्षेत्रमा तत् तत् दिनमा रात्रिकालीन सवारी नचलाउने व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको छ,’ उनले भने, ‘सबैतिर रात्रिकालीन सवारी बन्द गर्ने होइन। रेड ट्राभल एड्भाइजरी जारी जिल्ला र क्षेत्रमा तत् तत् बेला

    • प्रकाशित मितिः असार २८, २०८१
    • 285 पटक पढिएको
  • विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीसँग कांग्रेस-एमालेको घोचपेच

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आफ्नो तेस्रो कार्यकालमा पाँचौ पटक विश्वासको मत आज लिँदैछन्। उनले यसअघि नै विश्वासको मत मागिसकेका छन्। आफ्नो कार्यकालमा उल्लेखीय विकास र सुशासन गरेको दाबी गरेका थिए। उनले एमालेले समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिएको हो। उनले एमालेबाट आफूले धोका पाएको गुनासो गरे। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई छक्याएको आरोप लगाए। भ्रष्टाचारविरुद्धका अभियान सुरुवात गरेकाले ठूला दलले समर्थन फिर्ता लिएको आरोप उनले लगाए। समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उनले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यकलाई सम

    • प्रकाशित मितिः असार २८, २०८१
    • 434 पटक पढिएको
  • प्रधानमन्त्रीले भने— विश्वासको मत सङ्ख्या मात्रै होइन, प्रतिवाद र प्रतिरोधको पहल हो

    काठमाडौंं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्न आग्रह गरेका छन् । समावेशितालाई खारेज गर्ने मनसायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै दाहालले सम्पूर्ण महिला, दलित, जनजाति, मधेशी, अल्पसङ्ख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरे । प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवाद र प्रतिरोधको पहल भएको बताए । उनले भने, ‘साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ? त्यो तरिकाले पाउँछ जनताको स्वीकार्यता ? राष्ट्रिय सभाको सबैभ

    • प्रकाशित मितिः असार २८, २०८१
    • 565 पटक पढिएको
  • प्रधानमन्त्रीलाई विश्वासको मत : राप्रपाले नदिने, एसले दिने

    काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।एमालेसहित सरकारमा सहभागी साना दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले भोलि विश्वासको मत लिँदैछन्। यता, नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले शुक्रबार संसदमा प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।बैठ

    • प्रकाशित मितिः असार २७, २०८१
    • 393 पटक पढिएको
  • मन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौँ- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  बिहीबार साँझ ढिलो गरी बसेको बैठकमा मन्त्रीहरू अनुपस्थित भएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरू कोही पनि बैठकमा उपस्थित नभएको भन्दै सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभा बैठक चलाउन एक जना मन्त्री भए पनि उपस्थित हुनुपर्छ । तर, बिहीबारको बैठकमा कुनै पनि मन्त्री उपस्थित भएनन् । त्यसपछि सभामुख घिमिरेले बैठकमा शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । 

    • प्रकाशित मितिः असार २७, २०८१
    • 498 पटक पढिएको
  • विधेयक 'फेल' हुने बुझेपछि राष्ट्रियसभा बैठक स्थगित, विपक्षीको असन्तुष्टि

    काठमाडौँ- राष्ट्रियसभाबाट पारित हुन लागेको विधेयक फेल गराउने बुझेपछि आज बस्ने भनिएको बैठक स्थगित भएको छ।  बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो। राष्ट्रियसभाको बैठक स्थगित हुनुका पछाडि बजेट आश्रित विधेयक मुख्य कारण रहेको छ । बिहीबार राष्ट्रियसभामा बजेट आश्रित आर्थिक विधेयक निर्णयार्थ पेस गर्ने कार्यसूची थियो । यो विधेयकमा कांग्रेस र एमालेले राखेको संशोधन पारित हुने अवस्था देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संकेतपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक नै स्थगित गरिदिएका हुन् । ब

    • प्रकाशित मितिः असार २७, २०८१
    • 296 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.