पोखरा / प्रधानमन्त्री शेरबहादुर देउवाले साक्षर गण्डकी प्रदेश स्तम्भ अनावरण गरेका छन् । गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय परिसरमा निर्मित स्तम्भ एक समारोहबीच प्रधानमन्त्री देउवाले आज अनावरण गरेका हुन् ।गत भदौ ३० मा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसकेकाले साक्षर गण्डकी अवधारणापत्र स्वीकृत गरी साक्षर प्रदेश घोषणा गर्ने निर्णय गरेको थियो । घोषणाका लागि लक्षित समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान छ । प्रदेश सरकारको अघिल्लो नीति तथा कार्यक
जनपुरधाम / जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्य सचिव शम्भु झाले पदबाट राजिनामा दिएका छन् । पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएको भन्दै झाले पदबाट राजिनामा दिएका हुन् । जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष दुई महिना सम्म काम गरेको बताउँदै झाले आफू बाँचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने बताएका छन् । उनले आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋणी रहिरहने समेत बताए । प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले पार्टीबाट राजिनामा दिएका हुन् । पत्रकारिता पृष्ठभ
बुटवल / लुम्बिनी प्रदेशमा नयाँ सरकार बनेको दुई महिना पुग्नै लाग्दा प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयका दिउँसो ३ बजे शपथका लागि तयारी भइरहेको छ ।आज मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय बनाउन लागिएको हो। जसमा मुख्यमन्त्रीसहित १३ मन्त्री र चार राज्यमन्त्री रहेका छन् । आज विस्तार हुने मन्त्रिमण्डलमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुँदै छ। आज कांग्रेसबाट तीन मन्त्री, दुई राज्यमन्त्री, माओवादी केन्द्रबाट दुई मन्त्री, दुई राज्यमन्त्री र नेकपा एकीकृत समाजवादीबाट एकजना मन्त्री हुँदै छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले कांग्रेसबाट रू
काठमाडौँ / नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकका पछिल्ला राजनीतिक घटनाक्रमले पनि पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ताजा जनादेशमा जाने निर्णयको औचित्य पुष्टि भएको बताएका छन् ।विजयादशमीको पूर्वसन्ध्यामा आज आयोजित कार्यक्रममा पत्रकारसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले निर्वाचनअघि नेपाली कांग्रेस नेतृत्वको सरकारसँग कुनै सत्ता गठबन्धन नहुने पनि स्पष्ट पारे।उहाँले प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालतले पुनःस्थापनाको फैसला गरेका कारण एमाले प्रतिपक्षमा पुगेको र आउँदो निर्वाचनबाट पुनःजनादेश पाउने विश्वास व्यक्त गरे । मन्त्रिमण्डल विस्तारका क्रममा न्यायपालिका जोडिएक
काठमाडौँ / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताएका छन् ।शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घले आज दशैंका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेकाले सबै क्षेत्रसँग समन्वय गरेर रोजगारीका अवसर सिर्जना गर्दै आत्मस्वाभिमानका साथ काम गर्ने वातावरण तयार पारिने बताए ।कोभिड–१९ महामारीले उद्योग धरासायी भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “श्रमिकहरुले रोजगारी गुमाएका छन्, पछिल्लो तथ्याङ्क अनुसार १५ लाखले रोजगारी गुमाएका छन्, त्यसमध्ये
काठमाडौँ / रक्षामन्त्री मीनेन्द्र रिजालले सेवाप्रदाय कार्यालयले सेवाग्राहीको काममा विशेष ध्यान दिन निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय मोरङको सभाहलमा आज बिहान राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिने क्रममा उनले स्थानीय तहबाट समाधान हुने समस्या प्रमुख जिल्ला अधिकारीलाई र केन्द्रबाट समाधान हुने समस्या लिखितरूपमा पठाउन पनि निर्देशन दिए।निर्देशनभन्दा पनि राष्ट्रसेवक कर्मचारी जनताका काममा जुट्नुपर्ने आग्रह उनको थियो।सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङको शान्ति, सुरक्षाको अवस्था सामान्य रहे पनि चाडपर्वलाई ध्यानमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाएको र यसका लागि एक ह
बिर्तामोड / प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । हमालले आइतबार बिहान बालुवाटार पुगेर देउवालाई राजीनामा पत्र बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए । गत असोज २२ गते हमाल मन्त्री नियुक्त भएका थिए । उनी विवादमा परेपछि मन्त्री बनेको तीन दिनमै राजीनामा दिएका हुन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका हमालले कांग्रेस र आफ्नो बदनामी गरिएको भन्दै पदबाट राजिनामा
बिर्तामोड / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री बनेको ५४औँ दिनमा आज सदनमा विश्वासको मत लिने भएकी छन् ।आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको हिउँदे अधिवेशनमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन छिन् । १ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् । गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मा
बिर्तामोड / भारत भ्रमणमा रहेका नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको हो । सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिए ।दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेशमन्त्री जयशंकरलाई जानकार
बिर्तामाेड / प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य नेताहरूलाई मन्त्री बनाउन नसकेकोमा आफू दुःखी रहको बताएका छन् । शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिकाका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । उनले भने, – ‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरूलाई मन्त्री बनाउन सकिएन । यसमा म दुःखी छु ।’देउवाले भोलिका दिनमा मन्त्री बनाउन सकिएका नेताहरूलाई उचित जिम्मेवारी दिने बताएका छन् । उनले बीपी कोइराला शताब्दी सन्देश नाम पुस्तक प्रकाश
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.