राजनीति

    Showing 5,601-5,610 of 10,352 items.
  • आज पूर्वराजा काठमाडौं फर्किँदै, सुरक्षा व्यवस्थामा कडाइ

    काठमाडौं— आज पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने भएका छन् । उनको भव्य स्वागत गर्ने भन्दै समर्थकहरूले तयारी गरेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो । गृह मन्त्रालयले यसअघि १० हजार जनासम्म मानिसहरू सडकमा आउन सक्ने आकलन गर्दै सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 290 पटक पढिएको
  • आपतकालीन गोदामघर कर्णाली प्रदेशलाई हस्तान्तरण

    काठमाडौं— विपद्जन्य घटनाहरु भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपतकालीन गोदामघर प्रदेशलाई हस्तान्तरण गरिएको छ।आइतबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई हस्तान्तरण गरे।पश्चिम नेपाल भूकम्प तथा प्राकृतिक विपद्‍को जोखिममा रहेकाले संघीय सरकार मातहत रहेको गोदामघर प्रेदेशलाई हस्तान्तरण गरिको गृहमन्त्री लेखकले बताए।भूकम्प, बाढी, पहिरो, आगलागी, लेक लाग्ने, शित लहर जस्ता विविध किसिमका जोखिममा रहेकाले तीन तहका सरकारहरु तयारी अवस्थामा रहन आवश्यक रहेको उनको भनाइ छ। यस्तै कर्णाली र सुदूरपश्चिम त्रमा भूकम्पले क्षति पुर्‍याए

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 356 पटक पढिएको
  • पूर्वराजा पोखराबाट काठमाडौँ आउँदै, राजावादीहरूले शक्ति प्रदर्शन गर्ने

    काठमाडौँ । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन लागेका हुन् । यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।फागुन ७ गते प्रजातन्त्र दिवसको पुर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँ

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 393 पटक पढिएको
  • सरकारको आकार सानो बनाउनुपर्छः महामन्त्री थापा

    सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार सानो बनाउनुपर्ने बताएका छन् ।नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ सिन्धुलीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सङ्घीय सरकारको मन्त्रालय सङ्ख्यालाई घटाएर १०–१२ वटा मात्र बनाउनुपर्ने सुझाव दिए । ‘मन्त्रालयको सङ्ख्या धेरै हुनु समस्या हो, सरकार सानो बनाउनुपर्छ’, उनले भने ।महामन्त्री थापाले सङ्घमा संसदीय व्यवस्था उपयुक्त रहेको तर प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली लागू गर्नुपर्ने बताए । उनले भने, ‘प्रदेशमा मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने र अधिकतम पाँच मन्त्री राख्न दिने व्यवस्

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 299 पटक पढिएको
  • देशको आर्थिक अवस्था कमजोर भएकामा राप्रपाको चिन्ता

    वीरगञ्ज (पर्सा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गरेका छन् । राप्रपाले आज यहाँ आयोजना गरेको जनसभामा उनले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गरेका हुन् ।मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने परिस्थिति सृजना हुन लागेकामा चिन्ता व्यक्त गर्दै उनले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताए । एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण रु सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो रु २६ खर्ब नाघेकामा चिन्ता व्यक्त गरे । 

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 455 पटक पढिएको
  • अन्तरराष्ट्रिय सङ्गठनसँग सम्बन्ध विस्तार गर्दै जसपा नेपाल

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तरराष्ट्रिय सङ्गठन र आन्दोलनसँग सम्बन्ध विस्तार गर्दै लगेको छ । पार्टीको सैद्धान्तिक र वैचारिक मान्यताअनुरुप विश्वमा स्थापित विभिन्न राजनीतिक दलका सङ्गठन तथा अन्तरराष्ट्रिय आन्दोलनको सदस्यता प्राप्त गर्ने र आपसी सम्बन्ध बढाउँदै लगिएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।जसपा नेपालको अन्तरराष्ट्रिय आन्दोलन र सङ्गठनसँगको सम्बन्ध विस्तारबारे पार्टी मातहत समिति तथा पार्टी सदस्यलाई परिपत्रमार्फत जानकारी गराइएको प्रमुख बस्नेतले बताए । उनले भने, ‘विश्वमा स्थापित राजनीतिक दलहरुको एसियाली साझा संस्था ‘सोक्

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 274 पटक पढिएको
  • पूर्वराजालाई अध्यक्ष दाहालको सुझावः पार्टी खोलेर चुनाव लड्न आए हुन्छ

    चन्द्रपुर (रौतहट) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्पष्ट पारे ।आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भने, ‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।’अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकास

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 291 पटक पढिएको
  • पत्रकार सम्मेलनमा दुर्गा प्रसाईंको अराजक अभिव्यक्ति भन्छन् नेताहरूका घुँडा भाँचौँ, गाउँगाउँबाट लखेटौँ

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा पत्रकार सम्मेलन गर्दै अराजक अभिव्यक्ति दिएका छन् । उनले शुक्रबार पार्टीका नेताहरूका घुँडा भाँच्ने र गाउँगाउँबाट लखेट्नुपर्ने भन्दै अराजक अभिव्यक्ति दिएका हुन् । प्रसाईंले देश बचाउन राजतन्त्र र हिन्दु राष्ट्र फर्काउनुको विकल्प नभएकाले आफूलाई साथ दिन आग्रह समेत गरे । अहिलेको समय राजा र दुर्गा प्रसाईं भएको दाबी गर्दै उनले राजाले जसरी रक्तपातविहिन दरबार छाडेझैँ नेताहरूलाई बालुवाटार र सिंहदरबार छोड्न चेतावनी दिए । ‘तिमीहरूले छाडेनौँ भने, राजा र मैले आन्दोलन घोषणा गरेका दिन तिमीहरूको हालत के हुन्छ सोच्नुपर्ने हुन्छ’, उनले फागुन २५ गते पू

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 489 पटक पढिएको
  • प्रेस स्वतन्त्रता कुण्ठित हुने कानुन बन्दैन: सभामुख घिमिरे

     काठमाडौं— सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाबाट प्रेस स्वतन्त्रता कुण्ठित हुने कुनै पनि प्रकारको कानुन नबन्ने स्पष्ट पारेका छन्।अर्थप्रधान सञ्चार माध्यमहरुको छाता संस्था इकोनोमिक मिडिया एशोसिएशन नेपाल इमानको शुक्रबार राजधानीमा सम्पन्न दोस्रो वार्षिकोत्सव तथा साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले संविधान प्रदत्त प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत जान नहुनेमा आफू स्पष्ट बताए।“संसद्मा विचाराधीन विधेयकबारे तपाईंहरूको चासोबारे म जानकार छु। प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम हुँदैनरहुने छैन”, उनले भने। उनले कुनै पनि कानुनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अ

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 228 पटक पढिएको
  • स्ववियु निर्वाचन: जसपा नेपालको टास्क फोर्स गठन, केन्द्रीय नेतालाई जिम्मेवारी

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टीलाई परिचालन गर्ने भएको छ । आगामी २०८१ चैत्र गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीसम्बद्ध समाजवादी विद्यार्थी युनियनलाई विजय गराउन पार्टीको केन्द्रीय समितिको बैठकबाट महासचिव रामकुमार शर्माको संयोजकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उक्त टास्क फोर्समा पार्टीका सचिवद्वय शैलेन्द्र साह र सुरेशकुमार मण्डल, कोषाध्यक्ष सुरीता साह तथा पार्टी केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादव केन्द्रीय सदस्यहरु विदेश्वर

    • प्रकाशित मितिः फागुन २३, २०८१
    • 267 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.