काठमाडौं / संसदमा आज अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी भएसँगै अहिले नयाँ बानेश्वर क्षेत्रमा प्रर्दशन भईरहेको छ ।सत्ता गठबन्धनले एमसीसीलाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट आजै अनुमोदन गर्ने निर्णय गरेका छन् । यता बानेश्वरमा भने विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले आज पनि प्रर्दशन जारी राखेका छन् ।प्रदर्शनकारीहरुले ‘एमसीसी खारेज गर’ लगायतका नारा लगाइरहेका छन् । यसैगरी, एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।
काठमाडौँ / एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी केन्द्र सहमत बनेपनि पार्टीकै ५ नेताले असहमति जनाएका छन् । अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन् । यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने जनाइसकेका छैनन् ।निर्णय गर्ने फोरम नै वैधानिक नभएका कारण माइन्यूट नै नभएकाले लिखित असहमति दर्ज नभए पनि आफूहरूको असहमति रहेको लीलामणी पोखरेलले बताए
काठमाडौं / लामो समयको विरोधपछि नेकपा माओवादी केन्द्र एमसीसी अनुमोदानका लागि तयार भएको छ । तर, माओवादी निशर्त तयार भएको भने होइन ।माओवादीले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित गर्ने निर्णय गरेको हो । माओवादीको निर्णयसँगै सत्तारुढ गठबन्धनले पनि व्याख्यात्मक निर्णयसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ । गठबन्धनका शीर्ष नेता अहिले ‘व्याख्यात्मक टिप्पणी’ तयार पार्न जुटेका छन् ।के हो व्याख्यात्मक टिप्पणी ?व्याख्यात्मक टिप्पणीमा ‘एमसीसी विशुद्ध आर्थिक सहयोग रहेको र यो अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छैन’ भनेर स्पष्ट उल्लेख गरिनेछ । त्यतिमात्र होइन, उक्त टिप्पणीमा ‘यो परियोजना नेपालको संविधानभन
काठमाडौं / ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित गर्ने सन्दर्भमा सत्तारुढ दलबीच सहमति जुटेपछि उक्त टिप्पणी पास गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । नेपालको संसदीय इतिहासमै पहिलोपटक यस्तो अभ्यास हुन लागेको हो । मन्त्रिपरिषदले ‘व्याख्यात्मक टिप्पणी’ पास गरेर पठाएपछि उक्त टिप्पणीलाई एमसीसीकै पूरक प्रस्तावको रुपमा सरकारले संसदमा प्रस्तुत गर्नुपर्ने हुन्छ । एमसीसी सम्झौता यसअघि नै पारित गर्नका लागि संसदमा पठाइसकिएकाले आज बन्ने व्याख्यात्मक टिप्पणी पूरक प्रस्तावको रुपमा संसदमा दर्ता हुनेछ । त्यसपछि एमसीसी र पूरक प्रस्ताव दुवैमा छलफल हुनेछ ।केही बेरमा बस्ने मन्त्रिपरिषदले सरकारले तयार पारेको एमसी
बिर्तामोड / प्रदेश एक प्रदेशसभाको बैठक आज आइतबार बस्ने तय भएको छ । साढे तीन महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकको कार्यसूचीसमेत तय भइसकेको तर प्रदेश नामारणको विषयले प्रवेश नपाउने भएको संसद् सचिवालयले जनाएको हो ।सचिवालयले जारी गरेको सूचना अनुसार आज बस्ने प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुने कार्यसुचि तय गरिएको छ ।यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको भएपनि सहमति हुन नसक्दा निकर्षविनै बैठक सकिएको थियो । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मङ्सिर १ गते स्थगित
काठमाडौं / फागुन १६ गतेका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बागमती प्रदेशका सभामुखले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारीले जानकारी दिएका छन् ।आजै दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।
काठमाडौं / माओवादी केन्द्रले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ ।आइतबार विहान प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको बैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको माओवादीका नेता हरिबोल गजुरेलले बताएका छन् । एमसीसी सम्झौता देशहीत विपरित नरहेको ब्याख्यात्मक टिप्पणी पनि संगसंगै पारित गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ ।विवादि भनिएका विषयमा ११ बुँदे ब्याख्यात्मक टिप्पणी तयार पारिएको बुझिएको छ । तर निर्णयप्रति चार जना नेताले भने असहमति जनाएका छन् ।नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ र गिरिराजमणि पोखरेलले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पास
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएा छन् ।नेता खतिवडाका अनुसार आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुनेछ ।आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।
काठमाडौं / एमसीसी परियोजना अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको हो ।११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको स्रोतको भनाई छ । उक्त सहमतिमा माओवादी केन्द्र र एकीकृत समाजवादीले संस्थागत निर्णय लिन बैठक बोलाएका छन् ।बैठक सकिए लगत्तै गठबन्धनको बैठक बसेर एमसीसी पास गर्ने निर्णय लिने बुझिएको छ । आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ ।आज बस्ने स
काठमाडौं / प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेताहरू पुनः बालकोट पुगेका छन् । एमसीसीका विषयमा सहमति जुटाउनका लागि दौडधुपमा लागेका प्रधानमन्त्री देउवा शनिबार बालकोट पुगेका हुन् ।देउवासँगै कांग्रेस नेता ज्ञानेनद्रबहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट पुगेका हुन् । प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउन यही फागुन ५ गतेदेखि निरन्तर एमाले अध्यक्ष ओलीलाई भेटेर आग्रह गरिरहेका छन् ।शुक्रबार पनि कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको थियो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.