राजनीति

    Showing 4,361-4,370 of 7,564 items.
  • झापा –३ मा दुई हजार ५२१ मत गणना गर्दा लिङ्देनको अग्रता कायमै

    बिर्तामोड / झापा –३ मा दुई हजार पाँच सय २१ मत गणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । लिङ्देनले एक हजार दुई सय ७४ मत पाउँदा कांग्रेस कृष्ण प्रसाद सिटौलाले ९९५ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार प्रकाश पाठकले १०४ मत प्राप्त गरेका छन् ।त्यस्तै प्रदेशसभा (१) तर्फ पाँच सय मत गणना गर्दा कांग्रेसका भुमी प्रसाद राजवंशी अग्रता रहेको छ । राजवंशीले दुई सय ७५ मत ल्याउँदा एमालेका वसन्त कुमार बानियाँले एक सय ९५ मत पाएका छन् । 

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 119 पटक पढिएको
  • झापा –२ मा घिमिरेलाई पछि पार्दै स्वतन्त्र उम्मेद्वार नेपालकाे अग्रता

    बिर्तामोड / झापा २ मा नेकपा एमालेको अग्रता तोड्दै स्वतन्त्र उम्मेदवार स्वगत नेपाल अघि बढेका छन् ।क्रस खुकुरी चिन्हबाट चुनाव लडेका नेपालले २९७६ मतका साथ अग्रता लिँदा एमालेका देवराज घिमिरे २९४९ मतका साथ दोस्रोमा छन् भने गठबन्धनबाट माओवादी उम्मेदवार हरि रानाले १५६८ मत पाएका छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 140 पटक पढिएको
  • मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ निर्वाचित

    काठमाडौँ / मुस्ताङको प्रदेशसभा (१) मा पनि नेपाली कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन् । गुरुङ नेकपा एमालेका इन्द्रधारा विष्टलाई २५६ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । नम्डुले १ हजार ४८ मत ल्याउँदा विष्टले ७ सय ९३ मत पाएका थिए । विष्ट निवर्तमान प्रदेश सभा सदस्य पनि हुन् ।मुस्ताङमा प्रतिनिधिसभा तर्फ यसअघि कांग्रेसका योगेश गौचन विजयी भइसकेका छन् । अहिले मुस्ताङ प्रदेशसभा (२) को मतगणना चलिरहेको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 81 पटक पढिएको
  • झापा –३ मा लिङ्देनको अग्रता कायमै

    बिर्तामोड / झापा –३ मा दुई हजार मतगणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । लिङ्देनले एक हजार तीन मत पाउँदा कांग्रेस कृष्ण प्रसाद सिटौलाले ७८४ मत ल्याएका छन् । लिङ्देन र सिटौलाबीचको मतान्तर २१९ रहेको छ । 

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 106 पटक पढिएको
  • मोरङ –६ मा ६०० मत गणना गर्दा डा. शेखरको अग्रता

    विराटनगर / मोरङको क्षेत्र –६ मा नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार डा. शेखर कोइरालाले अग्रता लिएका छन् । छ सय मत गणना गर्दा कोइरालाले अग्रता लिएका हुन् ।कोइरालाले २४९ मत पाउँदा एमालेका उम्मेदवार लालबाबु पण्डितले १९६, राप्रपा उम्मेदवार गोपाल कटुवालले ४४ र स्वतन्त्र पार्टीका उम्मेदवार यादवराज प्रधानले ७४ मत पाएका छन् ।मोरङ क्षेत्र –६ मा ८५ हजार ८२७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 76 पटक पढिएको
  • झापा –४ मा सात सय मत गणना गर्दा कसको मत कति ?

    झापा / झापा क्षेत्र नम्बर ४ मा सात सय मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार शम्भु प्रसाद ढकालको अग्रता कायमै रहेको छ । ढकालले तीन सय २५ मत प्राप्त गर्दा एमालेका लाल प्रसाद साँवा १९७ मतका दोस्रो स्थानमा छन् भने गठबन्धनका साझा उम्मेद्वार कांग्रेसका देउ कुमार थेवे ११५ मतसहित तेस्रो स्थानमा छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 80 पटक पढिएको
  • काठमाडौं- ४ मा गगनको अग्रता कायमै

    काठमाडौं /  काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ४ मा मतगणना जारी छ । प्राप्त पछिल्लो तथ्यांक अनुसार अहिले बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर २ को मतगणना भइरहेको छ ।  हालसम्म खसेको ४ हजार २१६ मतमध्ये गठबन्धनको तर्फबाट साझा उमेदवार नेपाली कांग्रेसका गगन कुमार थापाले २ हजार २६ मत प्राप्त गरेका छन् । यता, एमालेका राजन भट्टराईले १ हजार ५८२ मत पाएका छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 92 पटक पढिएको
  • चितवन २ मा मतगणना सुरु

    चितवन  / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो । सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार रहेका छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 76 पटक पढिएको
  • सर्लाही ३ मा माओवादीको अग्रता , एमाले पछ्याउँदै

    झापा / सर्लाहीको क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रले अग्रता लिएको छ । क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्रा साहले ६ सय ३५ मत ल्याएका छन् । एमालेका हरी उप्रेतीले ५ सय १५ ल्याएका छन् । मतगणना जारी छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 225 पटक पढिएको
  • सुर्खेतको सिम्तामा पुनः मतदान हुने

    सुर्खेत / सुर्खेतको सिम्तामा मंगलवार पुनः मतदान हुने भएको छ ।जिल्लाको क्षेत्र नम्बर– १ को सिम्ता गाउँपालिका –६ स्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा मंगलबार पुनः मतदान हुने भएको हो ।निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधि सभाका १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि यहाँको तीन वटा केन्द्रको मतदान रद्द गरिएको थियो ।निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालका अनुसार सो क्षेत्रमा मंगलबार विहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हने छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 77 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा