काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य गर्ने तयारी थालेका छन् । एमालेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वर्षे अर्थात बजेट अधिवेशनको तयारीगर्नुपर्ने भन्दै जारी अधिवेशन अन्त्य गर्ने संकेत गरेका हुन् ।प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गर्दै पुनर्स्थापनाको आदेश दिएपछि अधिवेशन आह्वान गरिएको थियो । यो अधिवेशन जारी रहँदा सरकार र संसदबीचको सम्बन्ध सहज बन्न सकेको छैन । सरकारले विजनेश नै नदिएर संसदलाई पंगु बनाउने खेल जारी राखेको छ ।जानकारहरुका अनुसार प्रधानमन्त्री ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच देखिएको तित्ततामा सुधार आएको छैन । सभामुख
काठमाडौँ / नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।नेता जोशीको नर्भिक अस्पतालमा उपचारमा क्रममा शुक्रबार राति निधन भएको हो । स्व जोशीको पार्थिव शरीरलाई मध्याह्न १२:०० बजेदेखि २:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयले जनाएको छ ।गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हँुदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो । विसं २०१९ असार ३ गते काठमाड
मोरङ / प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम मुख्यमन्त्रीको सिफारिसमा मन्त्री तथा राज्यमन्त्री पदमा आज नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका छन् ।प्रदेश प्रमुख अधिकारीले नवनियुक्त मन्त्री आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्वुहाङ (लिम्बू), भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर, सामाजिक विकासमन्त्री उषाकला राई र भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरब
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्रिपरिषद् पुर्नगठन गर्दैछन् । नयाँ मन्त्रीहरुको आजनै सपथग्रहण राखिएको छ ।पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबोहाङ अर्थमन्त्री हुने भएका छन् । त्यस्तै, उषाकला राई सामाजिक विकासमन्त्रीमा चयन गरिँदैछ ।हाल राज्यमन्त्री रहेका अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषि र कला घले कृषि राज्यमन्त्री तथा मोरङका राजकुमार ओझा वन राज्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार अर्को साता थप मन्त्री समेटेर ११ सदस्यीय मन्त्रिपरिषद् बनाइँदैछ ।
बिर्तामोड / सांसद रेशम चौधरी रिहाइको माग गर्दै बसेको धर्नामा गृहमन्त्री रामबहादर थापा ‘बादल’ पुगेका छन् । चौधरीको रिहाईका लागि माइतीघर मण्डलामा बिहीबार धर्नामै गृहमन्त्री थापा पुगेका हुन् ।सरकारले विप्लव र सीके राउतलाई मूलधारमा ल्याएपनि पहिचान तथा अधिकारको लडाइँ भएको टीकापुर घटनामा सांसद रेशम चौधरीसहितलाई मुद्दा लगाएको भन्दै चौधरीको रिहाइको माग गर्दै माइतीघरमा थारु अगुवाहरुले धर्ना दिँदै आएका छन् ।दैनिक एक घन्टा धर्ना आयोजना गरिँदै आएको छ । आफ्नो माग मुद्दा सुनुवाइका लागि सभाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाइसकेको छ ।जनता समाजवादी पार्टीका सांस
बिर्तामोड । पछिल्लो समय फोटो खिच्न मोबाइलको अधिक प्रयोग हुने गरेको छ । तर, यसैबेला प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर आफ्नो मोबाइलले खिच्दै हुनुहुन्छ भने होसियार गर्नुहोला । अबदेखि प्रधानमन्त्री ओली सहभागी हुने सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नपाइने भएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीपकुमार भट्टराईले कार्यक्रम शुरू हुनुपूर्व यस्तो जानकारी गराएका हुन् ।प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकलअनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकार
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आज नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताएका छन् । “पार्टीलाई कुन संरचनामा कसरी लैजाने, पूर्वसंरचना जस्ताको त्यस्तै जीवित राख्ने कि परिमार्जन र सुदृढ गरेर लैजाने या अर्को कुनै नयाँ मोडालिटीको खोजी गर्ने बारेमा केन्द्रीय कमिटीमा छफलमै छौँ”, अध्यक्ष दाहालले भनेका छन् । उनले माओवादी केन्द्
काठमाडौँ / प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नयाँ मुख्यालय भवनको आज निरीक्षण गगरेका छन् । उनले थापाथली पुगेर नयाँ सर्न थालिएको पार्टी मुख्यालयको भवनको निरीक्षण गर्नुभएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । कार्यालय सचिव रिजालले चक्रपथ विस्तारका क्रममा कार्यालयमा आउजाउ गर्न कठिन हुने भएकाले धूम्रबाराहीस्थित पार्टी मुख्यालय थापाथलीमा सर्न लागिएको जानकारी दिए । “चक्रपथ विस्तारका क्रममा धुलोधुवाँ हुने भएकाले अहिलेको कार्यालयमा आवतजावत गर्न समस्या हुन्छ”, उनले भने, “ त्यसैले थापाथलीमा कार्यालय सर्न थालिएको हो । हामी चाँडै सछौँ । ”वि.सं २०७२ को भ
बिर्तामोड / प्रदेश नम्बर एकका नेकपा एमाले दलका नेता एवं मुख्यमन्त्री शेरधन राईले एक साताभित्र अविश्वास प्रस्ताव फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।आज बसेको संसदीय दलको बैठकमा राईले अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता नलिए विधान अनुसार कारबाही थालिने जानकारी गराएका छन् ।बैठकमा पुगेका २ जना माधव पक्षका सांसदहरूले केही दिनमै हस्ताक्षर फिर्ता गर्ने जानकारी गराएको बताइएको छ ।मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा तत्कालीन प्रचण्ड–माधव पक्षका ३७ सांसदले हस्ताक्षर गरेका थिए । तीमध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिइसकेका छन् । सर्वोच्च अदालतको फैसला अनुसार माओवादी केन्द्र र एमाले
बिर्तामोड / नेपाली कांगसकी नेता एवं प्रजातन्त्रवादी नेतृ गिरिराजकुमारी प्रसाईंको मंगलबार राति निधन भएको छ। उनको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो ।प्रसाईको आज नै अन्तिम संस्कार गरिने र उनको मृत्युले झापा कांग्रेसलाई अपुरणिय क्षति पुगेको नेपाली कांग्रेस झापाले जनाएको छ । प्रसाईं २०५६ सालको आम निर्वाचनमा झापाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेद्वार केपी शर्मा ओलीसँग झिनो मतअन्तर १७ मतले पराजित भएकी थिइन्।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.