राजनीति

    Showing 3,891-3,900 of 10,315 items.
  • प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारहरू, दसैंमा टीका नलगाउने अठोट

    काठमाडौं— यस वर्षको दसैं प्रधानमन्त्री सुशीला कार्कीका लागि उत्सव होइन, सम्झनाको अवसर बन्यो। राज्यको उपेक्षा विरुद्ध उठेको जेनजी आन्दोलनमा ज्यान गुमाएका नागरिकहरूका परिवारलाई भेट्दै उनले दसैंमा टीका नलगाउने अठोट पुनः दोहोर्याइन्।आज विहानैदेखि प्रधानमन्त्री कार्की राजधानीका विभिन्न स्थानमा रहेका मृतकका परिवारसँग व्यक्तिगत रूपमा भेटघाट गर्न निस्किइन्।सबैभन्दा पहिला उनले बागलुङका सौरन किशोर श्रेष्ठका परिवारलाई वनस्थलीस्थित घरमा पुगेर भेटिन्। प्रधानमन्त्रीले शोकाकुल परिवारसँग केहीबेर समय बिताइन्, चुपचाप सुनेर, कहिलेकाहीं समवेदना जनाउँदै।त्यसपछि उनी नागर्जुन–३ की कान्छी नगरकोटीको घर पुगिन्। त्यहाँ

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 640 पटक पढिएको
  • राहदानी रोक्काको निर्णयप्रति कांग्रेसको आपत्ति, सरकारलाई 'राजनीतिक प्रतिशोध' नगर्न चेतावनी

    काठमाडौं— नेपाली कांग्रेसले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएको छ।पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'सरकारले पूर्वप्रधानमन्त्रीलगायत नेताहरूको राहदानी रोक्का गर्नु र देशभित्रै पनि आवतजावतमा रोक लगाउनु स्पष्ट राजनीतिक प्रतिशोध हो।'गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भएको घटनाको छानबिनका लागि गठित आयोगको सिफारिसमा सरकारले उक्त निर्णय गरेको हो। राहदानी रोक्का गरिएका अन्य व्यक्तिमा गृहमन्त्रालयका पूर्वसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानक

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 494 पटक पढिएको
  • केपी शर्मा ओली र महेश बस्नेतको आरोपपछि जेनजीको फेरि प्रदर्शनको तयारी

    काठमाडौं— पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतले जेनजीहरूलाई ‘आतंककारी’ भनेपछि राजनीतिक माहोल फेरि तातिएको छ।यसैबीच, जेनजीहरूले अक्टोबर ९ (असोज २३) मा राजधानीमा प्रदर्शन गर्ने घोषणा गरेका छन्। जेनजीहरूको भनाइअनुसार, सहिदको बलिदानबाट आएको परिवर्तनलाई केही शक्तिहरूले हाइज्याक गर्ने प्रयास गरेका छन्।उनीहरूले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, संघीयताको खारेजी र आन्दोलनका क्रममा भएको दमन तथा हत्या घटनामा संलग्नलाई तत्काल कारबाही गर्न माग राखेका छन्। यसअघि ओली सरकारले सामाजिक सञ्जालमा आफ्ना मान्छेहरूलाई प्रभाव नजमाएपछि फेसबुकलगायतका प्लेटफर्मलाई बन्द गराएर दमन गरेको

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 669 पटक पढिएको
  • सरकारी निर्देशनपछि पूर्वपदाधिकारीहरूले सवारीसाधन फिर्ता गरे

    काठमाडौं –  पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूले कानुनमा नभएको सुविधा लिइरहेका सवारीसाधन फिर्ता गरेका छन्।अर्थमन्त्री रामेश्वर खनालका अनुसार पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षले सवारीसाधन फिर्ता गरेका हुन्।पूर्व सभामुख कृष्णबहादुर महरा, उपसभामुख ओनसरी घर्ती र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सवारी साधन फिर्ता गरेका हुन्। ‘कानुनमा सवारी साधनको सुविधा दिने प्रबन्ध नभएको तर लिइरहनु भएका पूर्व सभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तिज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारी साधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ,’ अर्थमन्त्

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 522 पटक पढिएको
  • कर्मचारी कटौतीप्रति आजपाका प्रवक्ता साहको तीव्र आपत्ति

    सर्लाही— अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूको जागिर कटौतीको विषयमा आम जनता पार्टी (आजपा) का प्रवक्ता चन्द्रभुषण साहले सरकारप्रति कडा आपत्ति जनाएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता साहले चाडपर्वको मुखमा गरिब जनताको छोराछोरीलाई जागिरबाट निकाल्नु अमानवीय भएको टिप्पणी गर्दै प्रधानमन्त्री सुशील कार्कीलाई सिधा प्रश्न गरेका छन्। उनले लेखेका छन्, 'सरकारी घरमा मासुभात, जनताको घरमा आँसुभात — यो विभेदपूर्ण अवस्था कहिलेसम्म?'प्रवक्ता साहले मितव्ययीताको नाममा गरिएका यी कटौतीलाई आलोचना गर्दै सोधे, “प्रधानमन्त्री, मन्त्री, तथा अन्य वरिष्ठ शासक–प्रशासकहरूले आठ महिना मात्रै काम गरेर दशैं भत्ता सह

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 716 पटक पढिएको
  • मुख्य नेताहरुलाई जतिसक्दो चाँडो विदा गर्न र सम्पत्ति छानबिन गर्न माग

    काठमाडौं— नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले २३ गते ‘जेन जी’ आन्दोलनले उठाएको मागअनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जेन जी’ को माग अनुसार अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनुको साथै, आजसम्म सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाएर स्रोत नखुलेको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने सङ्कल्प गर्नुपर्ने पनि बताए । उनले भने, ‘२३ गते ‘जेन जी’ ले समेत उठाएको एउटा मुख्य माग अहिलेको मुख्य नेताहरुलाई जति सकिन्छ छिटो बिदा दिनु पर्छ, त्यसले दलहरुभित्र

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 720 पटक पढिएको
  • अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइयो

    काठमाडौं— अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् ।सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ । कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ ।कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 721 पटक पढिएको
  • जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता

    काठमाडौं— नयाँ पुस्ता अर्थात् ‘जेनजी’ का मुद्दा र मागप्रति समर्थन जनाउँदै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ। पार्टीका शीर्ष नेताहरूले युवापुस्ताको आवाजलाई संगठन र नीतिमा समावेश गर्दै समाज परिवर्तनको अभियानलाई थप सशक्त बनाउने बताएका छन्।हालै सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टीले नयाँ पुस्ताको शिक्षा, रोजगारी, डिजिटल पहुँच, मानसिक स्वास्थ्य, लैङ्गिक समानता लगायतका विषयलाई प्राथमिकतामा राख्ने निर्णय गरेको हो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा सम्बोधन गर्दै भने, “जेनजीको सोच, चाहना र सिर्जनशीलता देश विकासको मेरुदण्ड हो। उनीहरूको आवाजलाई

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 662 पटक पढिएको
  • प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले बडादसैको टीका जमरा नलगाउने जानकारी गराएकी छन् । सोमबार सन्देश जारी गर्दै उनले हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा सबैसामु ताजै रहेको हुनाले आफूले टीका जमरा नलगाउने र देशवासीहरूलाई समेत टीका लगाउने कार्यक्रम नरहेको जानकारी गराएकी हुन् । उनले भनेकी छन्, ‘बडादसैं प्रत्येक वर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले नाफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु ताजै छ । तसर्थ, यसवर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैको टिका जमरा नलग

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 660 पटक पढिएको
  • दशैंको अवसरमा कांग्रेस सभापति देउवाको शुभकामनाः ‘संविधानमै सबै समाधान सम्भव’

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बडा दशैं २०८२ को अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।शुभकामना सन्देशमार्फत उनले दसैंले नेपाली समाजमा पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको भावना झन् मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।सभापति देउवाले नेपाललाई बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्रको रूपमा चित्रण गर्दै यी विविधताबीचको अनुपम एकता नै नेपालीको पहिचान भएको उल्लेख गरेका छन् । ‘हरेक बडा दसैंले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 548 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.