राजनीति

    Showing 3,891-3,900 of 7,551 items.
  • कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बेदुराम भुसाललाई

    काठमाडौं / नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल युरोप भ्रमणमा गएका छन् । अध्यक्ष नेपाल युरोप प्रस्थान गरेकाले कार्यवाहक अध्यक्षको जिम्मेवारी एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाललाई दिइएको छ । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन नेपाल आज बिहान साढे सात बजे टर्किस एयरलाइन्सको विमानबाट जेनेभातर्फ प्रस्थान गरेका हुन् । उनी स्विट्जरल्यान्ड, स्पेन, बेलायत आदि देशमा पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुने छन् । नेपाल आगामी भदौ १ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 174 पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै , यस्तो छ कार्यसूची

    काठमाडौँ / आज प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको हो । यसअघिका बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आएका छन् । एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिँदै आएका कारण आज पनि बैठक चल्ने सम्भावना न्यून रहेको छ । एमालेले छानविन समितिको माग गरिरहँदा सरकारले भने यसको आवश्यकता नभएको जनाइसकेको छ ।आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयब

    • प्रकाशित मितिः साउन २२, २०८०
    • 211 पटक पढिएको
  • माओवादी केन्द्रमा जिम्मेवारी हेरफेर

    काठमाडौँ / नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेको पदाधिकारी बैठकले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको हो ।जसअनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ । त्यस्तै अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले प्रचार प्रसारको जिम्मेवारी पाएका छन् । यता पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले गैर प्रदेश हेर्ने जिम्मा पाएका छन् । सचिव देवेन्द्र पौडेललाई प्रदेशको जिम्मेव

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 256 पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बसेर सकिने

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । आज बस्ने बैठकले पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने छ र बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिनेछ । चार दिनदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा २२१ नेताले आफ्नो धारणा राखेका छन् ।

    • प्रकाशित मितिः साउन २१, २०८०
    • 217 पटक पढिएको
  • दमक नगरपालिकालाई अनेरास्ववियुकोे ध्यानाकर्षण पत्र

    बिर्तामोड / झापाको दमक  नगरपालिकालाई तीन बुँदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियु झापाले जिल्लाका १५ वटै पालिकालाई ध्यानाकर्षण गराउने कार्यक्रम अन्तरगत आज दमकलाई ध्यानाकर्षण पत्र बुझाएको हो । अनेरास्ववियुको केन्द्रीय सदस्य तथाअनेरास्ववियु झापाका जिल्ला अध्यक्ष बलराम गिरीको नेतृत्वमा  विद्यार्थीहरूले दमक नगरपालिकाका प्रमुख राम कुमार थापालाई ध्यानाकर्षण गराएका हुन् ।  संविधानले विद्यार्थीहरूलाई प्रदान गरेको माविसम्मको निःशुल्क शिक्षाको हक अधिकार उपलब्ध गराउँदै शैक्षिक क्षेत्रको विसंगति विर

    • प्रकाशित मितिः साउन १९, २०८०
    • 418 पटक पढिएको
  • एमालेको विरोध पछि राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको राष्ट्रियसभा बैठकमा पनि अवरोध जनाएको छ । बिहीबार दिउँसो बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिएका थिए । सांसद श्रेष्ठले विमानस्थलबाट भइरहेको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याए । एमालेले सुन प्रकरणको विषयलाई लिएर दुवै सदनमा अवरोध गर्दै आएको छ ।एमालेले सुन काण्डमा सरकार नै मुछिएको भन्दै उच्चस्तरीय छानविन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठकमा पनि अवरोध गरेको थियो। प्रतिनिधिसभ

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 138 पटक पढिएको
  •  ‘ब्लु बस’ बारे शंकर पोखरेलको टिप्पणी 

    काठमाडौँ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले चितवनमा महिलाहरूका लागि छुट्टै बस सञ्चालन गरेर राष्ट्रिय स्वतन्त्र पार्टीले सस्तो लोकप्रियता कमाउन खोजेको बताएका छन् ।चितवन क्षेत्र नम्बर - २ का महिलाहरूका लागि ‘ब्लु बस’ बुधबारदेखि सञ्चालनमा ल्याएपछि फरक फरक टिप्पणी आइरहेका बेला महासचिव पोखरेलले रवि लामिछानेको उक्त कदमको आलोचना गरेका हुन् ।उनले विश्वका कयौँ मुलुकमा महिलाहरू बन्द समाजमा जकडिइरहँदा नेपालमा भने अपवादबाहेक सुरूदेखि नै स्वतन्त्र रहेको बताउँदै नेपालमा छुट्टै बस चलाएर गलत सन्देश दिन खोजिएको टिप्पणी गरेका हुन् ।

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 113 पटक पढिएको
  • सुन तस्करीमा मेरो कुनै संलग्न छैन महरा

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो संलग्नता नरहेको दोहोर्‍याएका हुन् ।महराले सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नभएको विषय अगाडि नै प्रस्ट पारिसकेको भन्दै थप स्पष्ट पार्न चाहेको बताए । ‘केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रस्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरी पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,’ उनले भनेका छन् । नेता महराले आफ्नो भनी सञ्चारमाध्यममा आएको मोबाइल न

    • प्रकाशित मितिः साउन १८, २०८०
    • 108 पटक पढिएको
  • अनेरास्ववियु झापाले तिन बुँदे माग सहित बिर्तामोड नगरपालिकालाई बुझायो ध्यानाकर्षण पत्र

    बिर्तामोड / झापाको बिर्तामोड नगरपालिकालाई तीन बुँदे माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्ववियु झापाको जिल्लाका १५ वटै पालिकालाई ध्यानाकर्षण गराउने कार्यक्रम अन्तरगत आज बिर्तामोडलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।अनेरास्ववियुको केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज रोशन लामाको नेतृत्वमा विद्यार्थीहरूले बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईँलाई ध्यानाकर्षण गराएका हुन् ।  संविधानले विद्यार्थीहरूलाई प्रदान गरेको माविसम्मको निःशुल्क शिक्षाको हक अधिकार उपलब्ध गराउँदै शैक्षिक क्षेत्रको विसंगति विरुद्ध अनेरास्

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 274 पटक पढिएको
  • माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

    काठमाडौँ / माओवादी केन्द्रीय समिति बैठक आज बिहान ११ बजदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ ।  पाँच दिनसम्म चल्ने बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नेछन् । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । अध्यक्ष दाहाल गत पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।माओवादी केन्द्रमा ३८७ जना केन्द्रीय सदस्य छन् । बैठकमा पार्टीको लेखा आयोग, निर्वाचन आयोग र अनुशासन आयोगका सदस्यहरू पनि उपस्थित हुनेछन

    • प्रकाशित मितिः साउन १७, २०८०
    • 138 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा