राजनीति

    Showing 3,841-3,850 of 10,315 items.
  • बाँकेमा ४१५ नयाँ मतदाता थपिए, नाम दर्ता गराउनेमा अधिकांश युवा

    नेपालगञ्ज— बाँकेमा ४१५ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय, बाँकेले विशेष मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुरु गरेपछि ती मतदाता थपिएका हुन् । विशेष मतदाता नामावली सङ्कलन सुरु भएपछि असोज महिनाको एक साताको अवधिमा मात्रै ४१५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए।उनले अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनेमा अधिकांश युवा पुस्ता भएको जानकारी दिँदै ३५ वर्ष कम उमेर समूहका बढी भएको बताए ।  “मतदाता नामावली सङ्कलन दैनिकजसो बढ्दै गएको देखिएको छ”, उनले भने । जिल्ला निर्वाचन कार्यालय, नेपालगञ्ज, बाँकेले असोज

    • प्रकाशित मितिः असोज २५, २०८२
    • 658 पटक पढिएको
  • सरकारले १५ जना सहसचिवको सरुवा

    काठमाडौं— सरकारले १५ जना सहसचिवको सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।‘राजपत्रांकित प्रथम श्रेणीका १५ सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ,’ मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले भने ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 633 पटक पढिएको
  • चितवनमा ९५० नयाँ मतदाता थपिए

    काठमाडौं— निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् ।सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालय मर्मत गरिहँदा सोही भवनको बाहिर मतदाता नामावली सङ्कलनको काम गरिएको हो ।कार्यालयका प्रमुख भीमसेन कार्कीले आगजनी गरिएको भवनबाहिर बसेर काम गरिरहेको बताए । उनले भने, “अहिले पहिलाको तुलनामा निर्वाचन आयोगमा नामावली दर्ता गराउनेको सङ्ख्या बढ्दो छ ।” नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका रहेका छन् । निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 608 पटक पढिएको
  • सुरक्षा फिर्ता भएपछि प्रचण्ड पूर्वजनमुक्ति सेनाको घेरामा

    काठमाडौं— सरकारले खर्च कटौती गर्ने निर्णयसँगै पूर्वप्रधानमन्त्रीहरूका अतिरिक्त सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' पूर्वजनमुक्ति सेनाको सुरक्षा घेरामा बसेका छन्।गृह मन्त्रालयको निर्णयअनुसार प्रचण्डका ३४ जना र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका २७ जना सुरक्षाकर्मी फिर्ता हुनेछन्। मन्त्रालयले यो निर्णय राज्यको ढुकुटीमा बोझ कम गर्न र मितव्ययिता कायम गर्न लिएको जनाएको छ।सो निर्णयप्रति माओवादी केन्द्र र वाईसीएलले आपत्ति जनाएका छन्। माओवादी नेता तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा 'दीपशिखा' ले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै,'

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 666 पटक पढिएको
  • आज बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बैठकको तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए ।  उनका अनुसार बैठक यही असोज २९ देखि ३१ गते काठमाडौंमा बस्ने तय भएको छ । यसअघि बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा तय गरिएको थियो ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जेनजी आन्दोलनका कारणले आगजनी र तोडफोड भएको छ । आज बस्ने पार्टीको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गर्नेछ । 

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 548 पटक पढिएको
  • आज राष्ट्रपति पौडेल र राजनीतिक दलका नेताबीच छलफल हुँदै

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै छन ।गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरु छलफलमा सहभागी हुने जनाइएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 635 पटक पढिएको
  • एकीकृत समाजवादीको सचिवालय बैठक पनि आजै

    काठमाडौँ, २४ असोजः एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ ।बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको  एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले राससलाई जानकारी दिए । लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ । समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ । पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए ।&nbs

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 367 पटक पढिएको
  • एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

    काठमाडौं— एकीकृत समाजवादीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको मिति तय गर्न सचिवालय बैठक आज हुँदैछ।बैठकमा मुलुकको वर्तमान अवस्था, विकसित राजनीतिक घटना, वाम–समाजवादी पार्टीहरूबीचको एकता, आगामी निर्वाचनलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।लोकतान्त्रिक प्रणाली रक्षाका लागि आगामी फागुनमा हुने चुनावमा सहभागी हुने जनाएको पार्टीले र निष्पक्ष निर्वाचनमा जोड दिएको छ। समान विचार भएका दलहरुबीच सहकार्य तथा एकताको विषय बैठकबाट अनुमोदन हुनेछ। पार्टीले समाजवादी मोर्चामा गोलबद्ध दलसँग एकताको टुङ्गो केही दिनमा लगाउने उनले बताए।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 606 पटक पढिएको
  • एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी असोज २९ देखि

    काठमाडौं— नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डाबारे छलफल हुनेछ । यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अबिरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरुसँग गरेको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी रहेको  पार्टीका केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारील

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 483 पटक पढिएको
  • सरकारले प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलायो

    काठमाडौं—  सरकारले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेको भन्दै सरकारले ओली र प्रचण्डको सुरक्षाकर्मी फिर्ता गरेको हो ।ओलीको २७ र प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता गराउने गृहमन्त्रीस्तरीय निर्णय भएको गृह स्रोतले बताएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 697 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.