काठमाडौँ / प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोभिड –१९ सङ्क्रमण रोकथामका लागि खोप प्रभावकारी रुपमा अघि बढाउन, बाढीपहिरो पीडितलाई राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न तथा अघिल्लो सरकारले शुरु गरेको विकास निर्माणलाई बिना प्रतिशोध अघि बढाउन माग गरेको छ ।प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै नेकपा एमालेका पदम गिरीले देश कोराना कहरले आक्रान्त र उद्योगधन्दा अस्तव्यस्त रहेको जनाउँदै खोप व्यवस्थित ढङ्गले अघि बढाउन सुझाव दिए ।उनले भने, “छिमेकीका घरमा आश्रय लिइरहेका बाढीपहिरो पीडितलाई राहत र पुनर्वासका कार्यक्रम ल्याउनुस्, सुकुम्बासीलाई निराश बनाउने काम नहोस्, सरकारले प्रतिशोधको भावनाले अघिल
काठमाडौँ / प्रतिनिधिसभामा निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६÷७७ पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आयोगको वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेका हुन् । सरकारले संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।शोक प्रस्ताव पारितसभाले पूर्वप्रतिनिधिसभा सदस्य विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनको निधनप्रति सभामा एक मिनेट मौनधारणसहित शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गरियो । बैठकले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट ग¥यो । आमन
काठमाडौँ / नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ ।कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशन प्रयोजनका लागि देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको हो । क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आज पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई आज बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ नयाँ र चार लाख नौ हजार ३३ ले नवीकरण गरेका हुन् । जसमध्ये पुरुष ६ लाख ५३ हजार ४३८, महिला एक लाख ९९ हजार ९७ र अन्य १७६ जना रहेका छन् । कांग्रेसको क्रियाशील सदस्यमध्ये प्रदेश १ मा एक लाख ७४ हज
सिमकोट / गत आर्थिक वर्षमा सरकारले कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि ८९४ क्विन्टल चामल निःशुल्क वितरण गरेको छ । कर्णालीका नागरिकलाई जन्म र मृत्यु संस्कारका लागि सरकारले प्रतिव्यक्ति २० किलोग्राम चामल निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । सोही अनुसार गत आर्थिक वर्षमा जन्म संस्कारमा ३१९ र मृत्यु संस्कारमा १२८ जनालाई ८९४ क्विन्टल चामल वितरण गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी भरत अधिकारीले जानकारी दिए ।उक्त चामल ढुवानी गर्न रु एक लाख ६८ हजार ५०० खर्च भएको उनको भनाइ छ । उनका अनुसार निःशुल्क चामल लिनका लागि जन्म र मृत्युको दर्ता प्रमाणपत्र, सम्
काठमाडौँ / शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्न खोजेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् । प्रदेश २ मा तत्कालिन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत फागुन ७ गते अहिराज प्रदेश प्रमुख नियुक्त भएका थिए । त्यस्तै गण्डकी प्रदेशमा तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर गत वैशाख २० गते पौडेल प्रदेश प्रमुख नियुक्त भएकी थिइन्लु । म्बिनी प्रदेशम
काठमाडौँ / संसद्को कानून, न्याय तथा मानवअधिकार समितिले मुलुकी अपराधसंहिता, २०७४ को गर्भ संरक्षण विरुद्धको कसुर परिच्छेद खारेज गर्न निर्देशन दिएको छ । समितिमा सोमबार भएको छलफलका क्रममा सभापति कृष्णभक्त पोखरेलले संहिताको सो परिच्छेद सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को परिभाषा, परिच्छेद ४ र कसूर र सजाय परिच्छेदमा संशोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएका हुन् ।बैठकमा सांसद लक्ष्मणलाल कर्ण, शेरबहादुर तामाङ, मीनबहादुर विश्वकर्मा, स्वास्थ्य सचिव डा रोशन पोखरेललगायतले बाझिएको कानून संशोधन गरिनुपर्नेमा जोड दिएका थिए। बैठक
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । कांग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुईजना मन्त्री बनेका थिए । यस्तै, प्रधानमन्त्री देउवाले आइतबार एकजना राज्यमन्त्री थप गरेका छन् । प्रधानमन्त्री देउवाले साउन ३ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिए पनि सबै दललाई मि
काठमाडौँ / नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवालाई क्रियशील सदस्यता छानविन समितिले प्रतिवेदन बुझाएको छ । देउवालाई मंगलबार समितिले क्रियशील सदस्यताको प्रतिवेदन बुझाएको हो । कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको समितिले जनाएको छ । रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करीब डेढ महिना लगाएर सदस्यताको काम सम्पन्न गरेका हो ।
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् । उनि मंगलबार बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी हुन् । नियमित चेकजाँचका लागि राष्ट्रपति त्रिवि शिक्षण अस्पताल गएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।
काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्ति सम्बन्धी सम्बन्धी पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने छन् ।आइतबार उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ पेश गर्ने र पूर्वसांसद बिएल वाइवाको निधनमा शोक प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।२०४८ सालको आम निर्वाचनमा जनमोर्चा नेपालबाट सिराहा क्षेत्र नम्बर ५ बाट विजयी वाइवाको २०७८ जेठ २० गते निधन भएको थियो ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.