राजनीति

    Showing 3,751-3,760 of 10,315 items.
  • फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?

    काठमाडौं । राजनीतिक दलका नेताहरुले ‘जेनजी’ आन्दोलनका क्रममा लुटपाट भएका सुरक्षाकर्मीका हतियार फिर्ता र फरार कैदीलाई पक्राउ गरी निर्वाचनको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन् ।गत आन्दोलनका क्रममा लुटिएका हतियारसहित कारागारबाट फरार कैदी बाहिर रहेको अहिलेको अवस्थामा भय र अशान्तिको वातावरणसहित निर्वाचनका पक्षमा माहोल बन्न नसक्ने वस्तुस्थितिलाई दृष्टिगत गरी आवश्यक कदम चाल्न सरकारसँग अनुरोध गरेका हुन् ।उनीहरूले दलीय शासन व्यवस्थामा राजनीतिक पार्टीहरूको सहभागिताबिना निर्वाचनको कल्पना पनि गर्न नसकिने स्पष्ट गर्दै पार्टी नेताहरूले जिम्मेवार राजनीतिक दलहरुसँग निरन्तर संवाद तथा छलफल गरी उनीहरूलाई साथम

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 523 पटक पढिएको
  • स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान

    काठमाडौं— अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले करिब ६ घण्टा लामो बयान लिएको छ ।ब्यूरोले बोलाएपछि नेपाल आइतबार भोटाहिटीस्थित ब्यूरोको कार्यालयमा पुगेका थिए । आइतबार नेपालसँग करिब ६ घण्टा सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए ।‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले भने ।एसपी अवस्थीका अनुसार आज बिदा परेकाले मंगलबार थप सोधपुछ हुने बताए । नेपाल पनि मंगलबार उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए । उनीमाथि लागेको आरोपका बारेमा प्रहरीले उनीमाथि सोधपुछ गरेको हो ।नेपालमाथि साइबर अपराधको आरोप छ । साइबर

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 669 पटक पढिएको
  • अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान

    काठमाडौं—  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनि सोमबार अपरान्ह राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।नयाँ दिल्लीमा आयोजना हुने यो महासभा १० देखि १३ कात्तिक (अक्टोबर २७–३०, २०२५) सम्म चल्नेछ । जसमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री र प्रतिनिधिहरू सहभागी हुनेछन् ।सभामा सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल र अन्तर्राष्ट्रिय

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 582 पटक पढिएको
  • जनताको अधिकारको रक्षाका लागि कांग्रेस बृहत एकतासहित अघि बढ्छः कार्यवाहक सभापति खड्का

    काठमाडौं— नेपाली काङ्ग्रेसका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले नेपाली काङ्ग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको शुभकामना आदानप्रसाद कार्यक्रममा बोल्दै उनले विगतको इतिहासको कालखण्ड जस्तै जनताले फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको भन्दै कमि कमजोरीहरुलाई स्वीकार गर्दै संविधान र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताए । उनले भने, ‘विगतको इतिहासको कालखण्ड जस्तै फेरि नेपाली काङ्ग्रेसबाट अपेक्षा र आशा गरेको छ । त्यसकारण हाम्रा विगतमा भएका कमि

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 562 पटक पढिएको
  • उपचारका लागि देउवा दम्पती आज सिंगापुर जाँदै

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणासहित उपचारका लागि सोमबार सिंगापुर जाँदैछन् ।उनीहरू उपचारका लागि सोमबार राति ९ बजे सिंगापुर जाँदै छन्।गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनीहरूमाथि सांघातिक आक्रमण गरिएको थियो।जेन जी आन्दोलनको दोस्रो दिन देउवा दम्पतीमाथि कुटपिट भएको थियो र देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।देउवाले स्वास्थ्यको कारण देखाउँदै असोज २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिएका थिए।जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा सोही दिन केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए ।यस्तै ऊर्जा,जलस्रोत तथा सिन्चाइ,भौतिक पूर्वाधार तथा

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 521 पटक पढिएको
  • स्वास्थ्य मन्त्री शर्माले लिइन् जेनजी आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

    काठमाडौं— नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को अवलोकन गरेकी छन् । उनले अवलोकनका क्रममा जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।मन्त्री शर्मा गौतमले अस्पताल पुगेर तीन जना घाइते भेटेकी थिइन् । उनले भनिन्, ‘म टिचिङ अस्पतालमा घाइतेहरूको अवस्था बुझ्न आएकी हुँ। जेनजी आन्दोलनमा घाइते भएका तीन जना यहाँ हुनुहुँदो रहेछ । उहाँहरूको उपचारमा कुनै कमी छैन, राम्रोसँग उपचार भइरहेको छ ।’उनका अनुसार तीन जना मध्ये दुई जनाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ भने एक जनाको हड्डी भाँचिएको र प्लास्टि

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 583 पटक पढिएको
  • कांग्रेस महामन्त्री गगन थापाद्वारा छठ पर्वको शुभकामना, यस वर्ष सार्वजनिक कार्यक्रममा सहभागी हुन नसक्ने जानकारी

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै यस वर्ष दशैं, तिहार र नेपाल संवत्का साथै छठ पर्वका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसकेको जानकारी दिएका हुन् ।थापाले काठमाडौं र मधेशका छठ पर्व आयोजकहरूलाई निम्तो दिएकोमा आभार व्यक्त गर्दै क्षमायाचना पनि गरेका छन् । उनले लेखेका छन्, ‘मलाई निम्तो गर्नु भएका काठमाडौं र मधेशका सबै छठ आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गर्दछु । यो वर्ष सहभागी हुन नसक्ने भएकाले क्षमा चाहन्छु ।’महामन्त्री थापाले आगामी वर्ष सबैसँग मिलेर छठ पर्व मनाउने इच्छा व्यक्त ग

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 543 पटक पढिएको
  • छठ पर्वले खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्नेछः उपराष्ट्रपति यादव

    काठमाडौं— उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठ पर्वले देशवासीलाई राष्ट्रियताको भावले अभिप्रेरित गर्न सकोस् भनी कामना व्यक्त गरेका छन् ।उपराष्ट्रपति यादवले छठ पर्वलाई प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक उल्लेख गर्दै नहाय–खाय, खरना, अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य जस्ता धार्मिक अनुष्ठानका साथ मनाइने यो पर्व नयाँ पिँढीमा पुस्तान्तरण हुँदै जानु सकारात्मक भएको उल्लेख गरेका छन् । छठ पर्वले खराब आचरण, व्यवहार र विचार त्याग्न प्रेरित गर्ने उनको विश्वास छ ।छठ महापर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले छठ पर्वले राष्ट्रिय एकता र अखण्डताको सूत्रलाई बलियो र थप सुदृढ बनाउँदै सम्पूर्ण न

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 516 पटक पढिएको
  • राष्ट्रपति पौडेल भन्छन छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने छ

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।छठ पर्वले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि थप सहयोग पुग्ने राष्ट्रपति पौडेलको भनाइ छ ।राष्ट्रपति पौडेलले भनेका छन्, ‘सूर्यबिना पृथ्वीमा जीवन सम्भव नरहने सन्दर्भलाई आत्मसात् गर्दै तन, मन लगाएर कात्तिक शुक्ल चतुर्थीदेखि सप्‍तमीका दिनसम्म जल प्रवाह हुने स्थानमा रहेर अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अघ्र्य  दिएर पूजा आराधना गरी यो पर्व मनाउनाले मानिसलाई प्रकृति प्रतिको दायित्व र पर्यावरणीय चेतना एवं पारिवारिक र सामाजिक ऐक्यबद्धता प्रकट

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 604 पटक पढिएको
  • रास्वपाले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने भएको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले मतदाता नामावली अद्यावधिक गराउन पार्टीको तर्फबाट अभियान नै चलाउने निर्णय गरेको रास्वपाका सदस्य गणेश पराजूलीले जानकारी दिए  । उनले बैठकमा कात्तिक २१ र २२ गते बस्ने केन्द्रीय समितिको विस्तारित भेलाको तयारी, मतदाता नामावली अद्यावधिक, समसामयिक राजनीतिको समीक्षा लगायत विषयमा छलफल भएको बताए ।‘कात्तिकको २१ र २२ गतेको लागि तय भएको विस्तारित भेलामा प्रस्तुत गर्ने राजनीति प्रतिवेदन र र ती विषयहरुमा राख्न पर्ने कुराहरुक

    • प्रकाशित मितिः कार्तिक १०, २०८२
    • 508 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.