राजनीति

    Showing 3,731-3,740 of 7,548 items.
  • इलामको उपनिर्वाचन बहिष्कार गर्ने किरात मोर्चाको घोषणा

    काठमाडौँ ।  इलामको क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचन किरात मोर्चाले बहिष्कार गर्ने घोषणा गरेको छ।मोर्चाका अध्यक्ष मिसेकहाङ किरातले प्रेस विज्ञप्ति जारी गर्दै आसन्न उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन्। कोशी प्रदेश नामकरण भएकै समयमा हुने सम्पूर्ण निर्वाचन प्रक्रिया बहिष्कार गर्ने घोषणा गरेको मोर्चाले शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ।कोशी नाम खारेजी, अधिकार सम्पन्न किरात राज्यको स्थापनाको माग गर्दै आन्दोलनरत मोर्चाले प्रदेशको नाम ‘किरात’ राख्नुपर्ने माग गरेको छ। इलाम–२ मा वैशाख १५ गते निर्वाचन गर्ने सरकारको तयारी छ। उक्त क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 358 पटक पढिएको
  • नेपाल समाजवादी पार्टी फुटेको होइन, माओवादीसँग एकतामा गएको हो

    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफ्नो पार्टी फुटेको नभई नेकपा माओवादी केन्द्रसँग एकतामा गएको बताएका छन् ।शनिबार माओवादी केन्द्रसँग पार्टी एकताको सहमति गरेपछि उनले सिंगो नेसपा नै माओवादीसँग एकतामा गएको बताएका हुन् । श्रेष्ठले भने, ‘गत मंसिर ६ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाइएको थियो । सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको हो । पार्टी फुटेको होइन ।’पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले बस्न नसकेको र आज बसेर एकता गर्ने निर्णय गरेको श्रेष्ठको भनाइ छ ।सहअध्यक्ष श्रेष्ठले दुई पार्टी बीचमा एकता गर्न

    • प्रकाशित मितिः चैत ३, २०८०
    • 223 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक, २०८० र निर्माणमूखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।संघीय संसद् सचिवालयका अनुसार आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धम

    • प्रकाशित मितिः चैत १, २०८०
    • 235 पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहालले पाए तेस्रो पटक विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा तेस्रो पटक विश्वासको मत पाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका सांसदमध्ये १५७ सांसदले दाहाललाई विश्वासको मत दिएका छन् ।प्रतिनिधिसभा बैठकमा २६८ सांसद उपस्थित थिए । जसमध्ये ११० सांसदले विपक्षमा मत दिए भने १ सांसद तटस्थ बसे । पुरानो सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता गठबन्धनबाट सरकार विस्तार गरेका प्रधानमन्त्री दाहालले कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन् । यसअघि यही प्रतिनिधिसभा प्रधानमन्त्री दाहालले दुईपटक विश्वासको मत पाएका थिए ।यस पटक प्रधानमन्त्री दाहाललाई माओवादी, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्

    • प्रकाशित मितिः चैत १, २०८०
    • 303 पटक पढिएको
  • राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज उमेदवारी दर्ता

    काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।सचिवालयले आइतबार कार्यतालिका सार्वजनिक गर्दै सोमबार प्रस्तावको सूचना दिने कार्यक्रम तय गरेको छ । पर्सि मंगलबार राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचनादिने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।सोहीदिन साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र २९ गते दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसकाल

    • प्रकाशित मितिः फागुन २८, २०८०
    • 254 पटक पढिएको
  • एमाले अधिवेशन: शिव ढुङ्गेल र प्रेम गिरिको चर्चा, नेताको साथ गिरिलाइ ढुङ्गेललाई कार्यकर्ताको

    झापा । नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशन आगामी चैत १५ र १६ गते बिर्तामोडमा हुने भएको छ । एमाले जिल्ला कमिटीको फागुन २६ गते बसेको नवौं पूर्ण बैठकले अधिवेशनको मिति टुङ्गो लगाएको हो।बैठकले अधिवेशनको तयारी सुरु गर्ने निर्णय गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिल्ला अधिवेशनमार्फत एमाले झापाको नयाँ नेतृत्व चयन हुन लागेको हो । अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गर्ने छन ।एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुङ्गेल आकांक्षी रहेका छन् । गिरि झापाको कार्यबाहक अध्यक्ष हुन भने ढुङ्गेल झापाको सचिब हुन। गिरि नेताको नजरमा परेपनी कार्यकर

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 901 पटक पढिएको
  • प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्।शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएको एक नेताले जानकारी दिएका हुन् ।संसदको आगामी बैठक फागुन ३० गतेका लागि बोलाइएको छ।गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग मिलेर गठबन्धन बनाइ मन्त्रिपरिषद् विस्तार गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीका लागि आफूले दिएको समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त

    • प्रकाशित मितिः फागुन २७, २०८०
    • 325 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (मंगलबार) बस्दैछ। बैठक बिहान साढे ८ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्नेछ । आइतबार अपराह्न बसेको पदाधिकारीको अनौपचारिक बैठकले स्थायी समिति बैठक तय गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका लागि गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएका थिए। हालै विधान सम्मेलन गरेको माओवादी केन्द्रले पार्टीका शीर्ष नेताको कार्यविभाजन तथा जनपरिचालनलगायत विषयमा नियमित छलफल गरिरहेको छ। बैठकमा तराई-मधेश अभियान, उत्तर-दक्षिण अभियानका विषयमा छलफल हुने सापकोटाले बताए। माओवादी केन्द्रले आगामी चैत १ गतेद

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 222 पटक पढिएको
  • माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

    काठमाडौँ  ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा आवश्यक तयारी पूरा नभएपछि आइतबारका लागि निर्धारण भएको स्थायी समितिको बैठक आज बस्दैछ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो आइतबार बसेको पदाधिकारीको अनौपचारिक बैठकपछि स्थायी समितिको बैठक आज गर्ने निर्णय भएको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशका इञ्चार्जलगायतको कार्यविभाजनका सन्दर्भमा आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मेवारी दिएको छ ।“पार्टी अध्यक्षले प्रदेशका इन्चार्जलगायत

    • प्रकाशित मितिः फागुन १४, २०८०
    • 320 पटक पढिएको
  • ईलाम र बझाङमा बैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगको निर्णय

    काठमाडौं । निर्वाचन आयोगले रिक्त प्रतिनिधि सभा र प्रदेशमा सभा को उपनिर्बाचन २०८१ बैशाख १५ गते शनिबारका दिन गर्ने निर्णय गरेको छ ।निर्वाचन आयोगको मिति आज बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.२ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ बैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको हो ।आयोगले जारी गरेको प्रेस बिज्ञप्तिमा भनिएको छ इलाम जिल्ला

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 231 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा