राजनीति

    Showing 3,711-3,720 of 10,315 items.
  • एमालेको ११ औँ महाधिवेशन काठमाडौंमै हुने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११ औँ महाधिवेशन स्थल परिवर्तन गरेको छ ।शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।उनले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै भने, ‘नेकपा एमालेको सचिवालय बैठकले मुख्यतया तीनवटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पहिलो एजेण्डा चाँही पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ सम्म गर्ने निर्णय  गरि नै सकेको छ । त्यो  निर्णयलाई थप जोड दिँदै केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब ११ औँ महाधिवेशन पोखराको

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 275 पटक पढिएको
  • त्रिपक्षीय छलफलले निर्वाचनका लागि वातावरण बनाएको छः नेताहरु

    काठमाडौँ । राजनीतिक दलका नेताहरुले सरकार, जेनजी र राजनीतिक दलबीचको त्रिपक्षीय संवादको थालनीले राज्यको प्राथमिकतामा रहेको निर्वाचनका लागि सकारात्मक वातावरण सिर्जना गरेको प्रतिक्रिया दिनुभएको छ । उहाँहरुले गत भदौ २३ र २४ को जेनजी समूहको आह्वानमा भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण संवादहिनताको अवस्था सिर्जना गरेकामा पछिल्लो त्रिपक्षीय छलफलबाट विश्वासको वातावरण कायम भई निर्वाचनमा जाने विषयमा अलिखित सहमति जस्तै भएको प्रतिक्रिया दिनुभयो ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता माधव सापकोटाले भन्नुभयो, “त्रिपक्षीय छलफलपछि सहमत हुनसक्ने विषयमा समान धारणा बनाएर चुनावमा जानुको व

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 470 पटक पढिएको
  • राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ : संयोजक प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण भएको बताएका छन् ।शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै, उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताएका हुन् ।समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै उनले नेपालको वर्तमान परिस्थितिलाई ‘समाजवाद

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 265 पटक पढिएको
  • आज नेकपा माओवादी केन्द्रको सचिवालय बैठक

    काठमाडौं— नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ ।शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरि बैठक बोलाइएको हो ।बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः कार्तिक १५, २०८२
    • 522 पटक पढिएको
  • रास्वपाको बृहत् राजनीतिक संवाद सुरु, डा. बाबुराम र रेशम चौधरीको उपस्थिति

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम शुक्रबारबाट सुरु भएको छ।सुशासन, स्थायित्व र राजनीतिक सहकार्यको सम्भावनाबारे छलफल गर्न आयोजित यो कार्यक्रम बालुवाटारस्थित एक होटलमा भइरहेको रास्वपाले जनाएको छ।संवादमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी समेत सहभागी भएका छन्।रास्वपाका अनुसार भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको भावना र राजनीतिक सन्देशलाई आत्मसात गर्दै नयाँ राजनीतिक विकल्पबारे सहमति खोज्ने उद्देश्यले यो संवाद आयोजना गरिएको हो।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 614 पटक पढिएको
  • नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास

    सर्लाही— सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी बजारस्थित प्रमुख प्रशासकीय अधिकृत साह बस्दै आएको क्वार्टरमा केही वडाध्यक्षको नेतृत्वमा स्थानीय समूह पुगेको र तोडफोडसहित आक्रमणको प्रयास गरिएको प्रहरीले जनाएको छ ।आक्रोशित वडाध्यक्ष र स्थानीयले मेयर र प्रमुख प्रशासकीय अधिकृतले लालबन्दीमै बसेर कार्यालय सञ्चालन गर्दै अनियमितता गरेको र जनताका समस्यातर्फ उदासिन रहेको आरोप लगाएका छन् । उनीहरूले कोठामा रहेका टेबल, कुर्सी र अन्य सामग्रीसमेत तोडफोड

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 576 पटक पढिएको
  • कांग्रेस बैंठकअघि डा.कोइरालाले आफू निकट पदाधिकारीसँग गरे छलफल

    काठमाडौं—  पार्टी भित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन् । कोइरालाले आफ्नो सम्पर्क कार्यालय बिशालनगरमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु-गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डेसँग शुक्रबार बिहान छलफल गर्नुभएको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।कांग्रेसको महाधिवेशन तालिकालाई लिएर विवाद चर्किएपछि डा.कोइरालाले सक्रियता जनाएका हुन् । केन्द्रीय कार्यसमितिको बैठक सुरु हुनुअघि कोइरालाले सहजीकरण गरेका हुन् ।बैठक १ बजेका लागि तय गरिए

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 651 पटक पढिएको
  • कांग्रेसमा महाधिवेशनका बाधक बन्दैछन् यी पाँच नेता

    काठमाडौं । नेपाली कांग्रेसमा १४औं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको कार्यकाल आगामी मंसिर मसान्तसम्म छ । अबको डेढ महिनापछि केन्द्रीय कार्यसमितिले आफ्नो कार्यकाल नथपे स्वतः अवैधानिक हुनेछ । त्यसैले मंसिरमै नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्न कांग्रेसमा आवाज उठेको छ । २४ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर पार्टी नेतृत्वलाई बुझाइसकेका छन् ।तर ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले गरेको हस्ताक्षरलाई अवमूल्यन गर्नै संस्थापन पक्षका पाँच नेता महाधिवेशनको बाधक बनेका छन् । जसमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र प्र

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 602 पटक पढिएको
  • जेन्जीसहिति वित्तीय पीडितले कार्तिक १६ गते आन्दोलन गर्ने

    काठमाडौं— पहिला देश (पिपुल्स रेभुलेसन) अभियानले प्रधानमन्त्री शुसिला कार्कीले राष्ट्रको हितमा काम गर्ने छाँट नदेखिएको भन्दै राजीमाको माग गरेको छ । बिहिबार राजधानीको संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारले न्याय नदिएको भन्दै कार्तिक १६ गतेदेखि सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छ ।जेन्जीले गरेको ऐतिहासिक आन्दोलनबाट जनताले ठूलो आशा राखेको तर वर्तमान सरकारले वेवास्ता गरेको भन्दै पहिला देशका संयोजक एसपी शाहले जेन्जी, लघुवित्त, सहकारी, मिटर व्याज, बैंकलगायतका पीडितले न्याय नपाउन्जेल निरन्तर संघर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।शाहले संविधान परिमार्जन सभाको गठनको माग गर्दै आफूह

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 538 पटक पढिएको
  • अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन

    काठमाडौं— काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्लाभित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना खाली गर्न महानगर र काठमाडौं उपत्यका विकास प्राधिकरणले सात दिने अल्टिमेटम दिएको हो ।नहटाए कारबाही गरी खाली गरिने जनाइएको छ ।

    • प्रकाशित मितिः कार्तिक १४, २०८२
    • 656 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.