राजनीति

    Showing 3,631-3,640 of 7,548 items.
  • अशोक राईको जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं- अशोक राईले नेतृत्व गरेको जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट अलग भएका अशोक राईको साथमा प्रतिनिधि सभामा सात जना सांसद छन्।जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्। जसपाबाट प्रदीप यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नवलकिशोर साह सुडी वन तथा वातारण मन्त्री तथा हसिना खान स्वास्थ्य राज्यमन्त्री छन्।  यसअघि नेकपा एमालेले आफ्ना मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेस

    • प्रकाशित मितिः असार २१, २०८१
    • 299 पटक पढिएको
  • मुकुल ढकाल पार्टीबाटै बर्खास्त हुने सक्ने

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई बर्खास्त गर्ने तयारी गरेको छ। पार्टी सभापति र पार्टीमाथि अनेक लान्छाना लाएको भन्दै ढकाललाई निष्कासन गर्ने तयारी गरिएको छ। समीक्षा प्रतिवेदन सार्वजनिक गर्दा पार्टीको हित र अनुशासन उल्लंघन गरेको आरोपमा महामन्त्री पदबाट उनी ७ दिनका लागि निलम्बित छन्। अब उनी महामन्त्रीका रूपमै पार्टीमा फर्किने सम्भावना नरहेको रास्वपा स्रोतले जनाएको छ। पार्टीले आफ्नो वेबसाइटबाट ढकालको नाम हटाएको छ । उनको ठाउँमा कार्यवाहक सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम र तस्वीर राखिएको छ। यसअघि महामन्त्रीमा प्रमुख सचेतक सन्तोष प

    • प्रकाशित मितिः असार २१, २०८१
    • 656 पटक पढिएको
  • छानबिन समिति भन्छ : जीबी राईसहित फरार भएकाहरूलाई नेपाल ल्याउन सरकारले ध्यान दिएन

    काठमाडौँ- सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय समितिका संयोजक सूर्य थापाले जीबी राईसहित सहकारी ठगीमा मुछिएर फरार भएकाहरूलाई सरकारले नेपाल ल्याउन ध्यान दिन नसकेको निष्कर्षमा आफूहरू पुगेको बताएका छन्।उनले सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ९९ लाख रकम प्रवाह भएको पनि जानकारी दिए। शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो ।उनीहरूसँगको छलफलपछि थापाले सुप्रिम सहकारीबाट जीबी राई संलग्न अन्य १० कम्पनीमा ५२ करोड रकम प्रवा

    • प्रकाशित मितिः असार २१, २०८१
    • 336 पटक पढिएको
  • प्रचण्डले असार २८ मा विश्वासको मत लिने

    काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते विश्वासको मत लिने भएका छन्।सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले बताएअनुसार प्रधानमन्त्री प्रचण्डले २८ गते शुक्रबार विश्वासको मत लिने तयारी गरेका हुन्।ती नेताका अनुसार यसबारे औपचारिक निर्णय आजै बस्ने सत्ता गठबन्धनको बैठकले गर्नेछ। गठबन्धनको बैठक केहीबेरमा बस्दैछ।सबैभन्दा ठूलो सत्ता साझेदार दल नेकपा (एमाले) १९ गते समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको हो। त्यसअनुरूप प्रधानमन्त्री प्रचण्डले साउन १९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्थ्यो तर, उनले चाँडै मत लिन लागेका हुन्।एमालेले नेपाली कांग्रेससँग मि

    • प्रकाशित मितिः असार २१, २०८१
    • 472 पटक पढिएको
  • यी हुन् एकीकृत समाजवादीमा ९३ केन्द्रीय सदस्य [सूचीसहित]

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीले ९३ सदस्यीय केन्द्रीय कमिटी टुंगो लगाएको छ।  दसौं महाधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व छानिरहेको एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव सहित ९३ जना केन्द्रीय सदस्य टुंग्याएको हो।एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल बिहीबार नै सर्वसम्मत भएका थिए। शुक्रबार ९३ सदस्य मात्रै टुंगो लगाइएको एक नेताले बताए। एकीकृत समाजवादीमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने यसअघि नै निर्णय भएको थियो।एकीकृत समाजवादीले उपलब्ध गराएको सूचीमा यसअघि केन्द्रीय कमिटीमा रहेका धेरै नेता अटाएका छैनन्।

    • प्रकाशित मितिः असार २१, २०८१
    • 311 पटक पढिएको
  • आजको राष्ट्रिय सभामा बजेटबारे उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

    काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । अहिले बिहान ११:१५ बजे बस्ने आजको बैठकमा बजेटका विभिन्न शीर्षकमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा

    • प्रकाशित मितिः असार २१, २०८१
    • 293 पटक पढिएको
  • काठमाडौं ओर्लिए ‘रअ’ का नयाँ नेपाल प्रमुख अँशुल शर्मा

    काठमाण्डौ  ।   नेपालमा सत्ता समीकरण फेरबदल भएर उथलपुथल भएकै बेला भारतीय खुफिया एजेन्सी ‘रअ’ को नेपाल प्रमुख तोकिएका अँशुल शर्मा राजधानी ओर्लिएका छन्। आजमात्रै उनी नेपालको राजधानी काठमाडौं जिम्मेवारी सम्हाल्न आइपुगेका हुन्। राघव पी.भट्नागरको ठाउँमा ‘रअ’को स्टेशन चिफ नियुक्त भएका उनी भिस्तारा एयरलाइन्सको युके १५७ मा दिल्लीबाट आजै काठमाडौँ उत्रिएका हुन्। अंशुल यसअघि अमेरिकास्थित भारतीय दूतावासमा थिए। राघव कार्यकाल सकिएर पनि यतै रहेका र प्रधानमन्त्री प्रचण्डले काँग्रेस छोडेर एमालेसँग मिल्दा पूर्वसूचना लिन नसकेको भनी नयाँ दिल्लीको आलोचनामा परेका थिए। अहिले उनले अँशुललाई सबै

    • प्रकाशित मितिः असार २०, २०८१
    • 715 पटक पढिएको
  • मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सार्वजनिक भएको छ ।पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले वितरण गरेको इमेलमार्फत ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक गरिएको हो ।ढकालले ३८ जिल्ला भ्रमणपछि तयार पारेको ३२ पेजको प्रतिवेदन बुधबार केन्द्रीय समिति बैठकमा छलफल भएपछि सार्वजनिक भएको हो ।डा. मुकुल ढकालको समीक्षा प्रतिवेदन :

    • प्रकाशित मितिः असार २०, २०८१
    • 988 पटक पढिएको
  • किन रिसाइन् रामकुमारी झाँक्री?

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको १० औं महाधिवेशनबाट तीन जना पदाधिकारी मात्रै चयन गरि प्रतिनिधिहरूलाई घर पठाएकोप्रति पार्टीकी निवर्तमान सचिव रामकुमारी झाँक्रीले असन्तुष्टी जनाएकी छिन्।एकीकृत समाजवादीको प्रज्ञाभवनमा चलेको महाधिवेशनमा अध्यक्ष, सम्मानित नेता महासचिवमा सर्वम्मती भएको थियो। त्यस अनुसार अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल दोहोरिएका थिए।तर, अन्य बाँकी पदाधिकारी चयन सचिवालयले गर्ने भन्दै महाधिवेशन प्रतिनिधिलाई घर पठाएपछि झाँक्रीले असन्तुष्टि जनाएकी हुन। उनको असन्तुष्टि मुख्यगरि महाधिवेशनको अध्यक्ष मण्डलको अध्यक्ष रहेका झलनाथ खनालप्रति छ।‘अध्यक्ष

    • प्रकाशित मितिः असार २०, २०८१
    • 270 पटक पढिएको
  • एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाल महासचिवमा दोहोरिएका छन् । 

    • प्रकाशित मितिः असार २०, २०८१
    • 281 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा