राजनीति

    Showing 3,521-3,530 of 7,545 items.
  • पुष्पलाल कुशल संगठक, राष्ट्रवादी र दूरदर्शी नेता हुनुहुन्थ्योः माधव नेपाल

    काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवसका अवसरमा उनको योगदानको चर्चा गरिएको छ।पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आज कीर्तिपुर–४ चम्पादेवीस्थित पुस्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा उनले मुलुकको राजनीतिक विकासमा पुर्‍याएको योगदानको स्मरण गरिएको हो।नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले निरंकुुश राणा शासनको अन्त्य गरी जनअधिकार स्थापना गर्न मुलुकमा कम्युनिष्ट पार्टी स्थापना गरेका पुष्पलाल कुशल सङ्गठक, राष्ट्रवादी र दूरदर्शी नेता भएको बताए।उनले भने, ‘तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध गरिएको सं

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 221 पटक पढिएको
  • दुई ठूला दल मिलेर सरकार बनाएपछि शेयर बजारमा उत्साह आयो : महत

    बुटवल- पूर्वअर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले एमाले–कांगेस मिलेर सरकार बनाएकाले शेयर बजारमा उत्साह देखिएको बताएका छन्। सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले कांग्रेस र एमाले मिलेकोमा उत्साह देखिएको बताए । उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । उनले अब शेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने उल्लेख गरे। उनले मागभन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । उनले मौद्रिक नीतिले अर्थतन्त्रमा

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 219 पटक पढिएको
  • लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त

    बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन्।प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२) बमोजिम सोमबार मुख्यमन्त्री नियुक्त गरेका हुन्।आचार्यले नेपाली कांग्रेसको समर्थनमा आजै ५६ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको समर्थन छ ।

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 220 पटक पढिएको
  • जनआन्दोलनका घाइते सहसचिव कुँवर प्रधानमन्त्रीको निजी सचिव

    काठमाडौं- करिब एक दर्जन सहसचिव र आधा दर्जन उपसचिवलाई उछिन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवरको सरुवा भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या जनसंख्या महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा सुरुवा गरेका छन्। ओली यस अघि प्रधानमन्त्री भएका बखत पनि कुँवर सोही जिम्मेवारीमा थिए। आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशकको जिम्मेवारीमा रहेका कुँवर तीनवर्ष गण्डकी प्रदेश मन्त्रालयको सचिवको भूमिकामा थिए।२०६२/०६३ सालको जनआन्दोलनका बेला सिंहदरबार कर्मचारीले गरेको आन्दोलनको नेतृत्व कुँवरले गरेका थिए। जनआन्दोलन दबाउनका लागि प्र

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 270 पटक पढिएको
  • लुम्बिनी मुख्यमन्त्रीमा चेतनारायण आचार्यको दाबी पेस

    काठमाडौँ- नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दाबी पेस भएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा एमालेको नेतृत्वमा प्रदेश सरकार बनाउने गरी भएको सहमति बमोजिम लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेस गरिएको हो। एमाले(कांग्रेसका ५६ जनाको हस्ताक्षरसहित दाबी पेस गरिएको हो।मुख्यमन्त्री जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज सोमबार साँझ ६ बजे सम्मको समय सीमा दिएर आह्वान गरेका थिए। प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सां

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 322 पटक पढिएको
  • सांसदले सोधेका प्रश्नको उत्तर दिन उभिएका प्रधानमन्त्रीले विषयान्तर गरेपछि वर्षमानको नियमापत्ति

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग अहिले प्रतिनिधिसभामा सांसदहरुको प्रश्नोत्तर चलिरहेको छ । ओलीले जवाफ दिँदा विषयान्तर गरी जवाफ दिने प्रयास गरेका छन् । लिखितभन्दा पनि अलिखित विषयबीचमा आएकाले त्यसको जवाफ दिनुपरेको ओलीले बताएका छन् । त्यसअघि प्रधानमन्त्रीले विषयान्तर गरेको भन्दै माओवादी सांसद वर्षमान पुनले नियमापत्ति गरे । उनले उठेर समय मागे र सभामुख देवराज घिमिरेले समयदिएपछि विषयमा बोल्न सभामुखले रुलिङ गुर्नपर्ने माग गरे। सभामुखले विषयमा ल्याउन प्रयन्त भइरहेका बताए। केही बेरको नोकझोकपछि प्रधानमन्त्री ओली कांग्रेस सांसद धनराज गुरुङले राखेको प्रश्नहरूको उत्तर दिन थाले।

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 262 पटक पढिएको
  • अमर्यादित सांसद, संसद्मै चपाए शशांकले गुट्खा

    काठमाडौँ- नेपाली कांग्रेस सांसद शशांक कोइरालाले प्रतिनिधिसभाको बैठक चलिरहँदा सूर्तीजन्य पदार्थ सेवन गरेका छन् । सोमबारेका प्रतिनिधिसभा शून्य समयमा कांग्रेसकै सांसद राजेन्द्र बजगाईं बोलिरहेको बेला उनले गुट्खा सेवन गरेको दृश्य प्रत्यक्ष प्रशारणमा देखिएको थियो । पहिलेदेखि नै केही कुरा चपाइरहेको देखिने कोइरालाले सांसद बजगाईं बोल्दै गर्दा प्याकेट खोलेर मुन्टोमाथि गर्दै दुई हातले गुट्खा खाएको देखिन्छ ।

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 256 पटक पढिएको
  • लोकतन्त्रलाई सुदृढ बनाउन नेकपा एसको भूमिका महत्त्वपूर्ण : अध्यक्ष नेपाल

    काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रलाई सुदृढ बनाउन आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन् । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपालले यस्तो बताएका हुन् । उनले राष्ट्रको विकास र जनताको समृद्धिका लागि देशमा सुशासन कायम गरी उत्पादन वृद्धिमा जोड दिनुपर्ने पनि बताएक छन् ।

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 295 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक आज, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिएपछि पहिलोपटक प्रतिनिधि सभाको बैठक बोलाइएको छ । आज अपरान्ह  १ बजे बस्नेगरी प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ । ओली चौथोपटक प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रश्नोत्तर हुँदैछ । ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमालेसँगै लोसपा र जसपा छन् । यस्तै, आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको बिधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत छ । 

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 324 पटक पढिएको
  • बागमतीमा नेपाली कांग्रेसले पहिलो मुख्यमन्त्री पाउँदै, आजै दाबी पेश गर्ने तयारी

    काठमाडौं–बागमती प्रदेशमा नेपाली कांग्रेसले पहिलोपटक नेतृत्व गर्ने भएको छ । एमालेको समर्थनमा बागमती प्रदशेसभामा कांग्रेसले नेतृत्व गर्न लागेको हो । आज नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत भएको थियो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धन अनुसार एमालेको समर्थनमा लामा मुख्यमन्त्री बन्दैछन् । प्रदेशसभामा भएका बहुमत सदस्यहरुको हस्ताक्षरसहित दाबी पेश गर्ने तयारी छ । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा

    • प्रकाशित मितिः साउन ७, २०८१
    • 212 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा