राजनीति

    Showing 3,461-3,470 of 7,540 items.
  • देशले संघीयता धान्न सक्दैन : कमल थापा

    काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकले संघीयता धान्न नसक्ने बताएका छन्। पार्टीको काठमाडौं ६ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले संघीयता खारेज गर्नुपर्ने बताएका हुन्।उनले दुई तहको सरकार भए पुग्ने ठाउँमा अहिलेको जस्तो संघीयताले देशलाई टाट पल्टाउने जिकिर गरे।  विदेशी हस्तक्षेप र दबाबबाट आएको प्रणालीले मुलुकको हित हुन नसक्ने भएकोले सबै अट्ने मौलिक व्यवस्थाले मात्र देशलाई निकास दिने स्पष्ट पारे।अध्यक्ष थापाले साम्यवाद, समाजवाद र पुँजीवादको विकल्प जरुरी भएको जिकीर पनि गरे। नयाँ वैचारिक दर्शनको आवश्यकता भएकोले सम्बर्द्धनवादलाई अबको मार्गचित्र बनाउनु पर्नेमा थापाको जोड

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 350 पटक पढिएको
  • सरकारको काँधमा असाधारण जिम्मेवारी छ: प्रधानमन्त्री

    काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेका बेला दुई प्रमुख दलको सहकार्यमा वर्तमान सरकार गठन भएकाले यसलाई कुनै हालतमा पनि सफल बनाउनुपर्ने बताएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरुलाई  निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट जनचाहनाअनुसार काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाइमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिसकेको स्मरण गराए।‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 285 पटक पढिएको
  • आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री लामा

    काठमाडौं–बागमती प्रदेशसभामा आज मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् । यही साउन ८ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका लामाले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ४ तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।  प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७,

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 397 पटक पढिएको
  • भागबण्डाले फेरिए तीन प्रदेशका प्रमुख

    काठमाडौं–मन्त्रिपरिषदको बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने भएको  । सोमवार बसेको बैठकले बागमती, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखलाई हटाएर नयाँ नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरिएको छ । उनीहरुको ठाउँमा बागमतीमा दीपकप्रसाद देवकोटा, कर्णालीमा यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्ती मगरलाई प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।  

    • प्रकाशित मितिः साउन १५, २०८१
    • 322 पटक पढिएको
  • रास्वपाका सांसद वाग्लेको अभिव्यक्ति देश विरोधी : रघुजी पन्त

    काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले रास्वपाका सांसद स्वर्णिम वाग्लेले प्रस्तुत गरेका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।प्रतिनिधि सभाको बैठकमा उनले सांसद वाग्लेको भनाईले स्पष्ट रुपमा देश विरोधी सार तत्वलाई बोकेको भन्दै यो नेपालले दिदैँ आएको परराष्ट्र नीति, नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको विपरित रहेको बताए।उनले भने, ‘आज एकजना नेपाली सांसदको मुखबाट कतै चर्चामा नआएको र भारतले पनि कतै उल्लेख नगरेको साउथ एसियन डक्ट्रिनको कुरा आउनु र त्यसलाई नेपालले बुझिदिनु पर्ने कुरा निस्कनु लजास्पद् र खेदजनक छ। यस्तो कुराका आलोचना गर्नुपर्छ। रास्वपाका सांसद स्वर्णिमजी के भन्नुहुन्छ भन्दा म भारतीय मेरो

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 210 पटक पढिएको
  • एमाले सचिवालय बैठक बिहीबार बस्ने

    काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका उक्त बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्ने छ । उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने तय भएको छ।गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो।  सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धि मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 177 पटक पढिएको
  • यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौँ- सरकारले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमको लागि करिब ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ।सोमबार सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा साउन १० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस्तो बताएका हुन्।उनले विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरणअन्तर्गत उपलब्ध हुने ७४।६ मिलियन एसडीआर अर्थात् एक हजार मिलियन अमेरिकी डलर करिब ३३ अर्ब ३३ करोड नेपाली रुपैयाँ बराबरको सहुलियत पूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको बताए। सडक सुधार आयोजन

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 231 पटक पढिएको
  • सुदूरपश्चिम : मुख्यमन्त्री सोडारीलाई राजीनामा गर्न ठूला ३ दलको सुझाव

    कैलाली- सुदूरपश्चिम प्रदेशसभाका ठूला तीन दलले वर्तमान सरकार गैरजिम्मेवार रहेको ठहर गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सामूहिक वक्तव्य जारी गर्दै सरकारले संसदलाई बन्दी बनाएको आरोप लगाए । प्रदेशमा विपद् आउँदा पनि सरकारले चासो नदिएको प्रमुख तीन दलको आरोप छ ।कांग्रेस प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले संयुक्त हस्ताक्षर गरेर जारी गरिएको विज्ञप्तिमा सरकारले विशेष अधिवेशन छलेर गैर जिम्मेवार बनेको बताइएको छ ।‘विपद्को पूर्वतयारीमा प्रदेश सरकार चुक्यो नै त्यसपछिको उद्धार, राहत र पुनस

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 200 पटक पढिएको
  • बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा

    काठमाडौँ- परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपीन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन् ।  जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरुलाई मन्त्री डा राणाले सो जानकारी दिएकी हुन्  । बिपीन जोशीका बुबासहित परिवारका सदस्यहरुले आज परराष्ट्रमन्त्री डा राणालाई उनको कार्यकक्षमा भेटेर बिपीनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए ।उक्त भेटमा मन्त्री डा।राणाले जोशी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताइन् । इजरायलमा भएको  आक्रमणपछि बिपीन जोशीसहित नियन्त्रणमा लिइएका सबैलाई हमास समूहले

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 365 पटक पढिएको
  • कृषि समितिको सभापतिमा थापामगरको उम्मेदवारी

    काठमाडौँ-  प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दर्ता गरेकी छन् ।आरजु देउवा राणा परराष्ट्रमन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो । थापाले सोमबार उम्मेदवारी दर्ता गराउँदा कांग्रेस सांसद वीरबहादुर बलायर प्रस्तावक र एमालेका सूर्यप्रसाद ढकाल समर्थक बसेका छन् ।रुकुम पूर्व घर भएकी थापा महामन्त्री गगन थापा निकट मानिन्छिन् ।

    • प्रकाशित मितिः साउन १४, २०८१
    • 195 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा