राजनीति

    Showing 3,401-3,410 of 10,315 items.
  • भयरहित वातावरणमा तोकिएकै मितीमा निर्वाचन हुन्छ स् गृहमन्त्री अर्याल

    धनगढी— गृहमन्त्री ओमप्रकाश अर्यालले भयरहित वातावरणमा तोकिएकै मितीमा निर्वाचन सम्पन्न हुने बताएका छन् ।गृह मन्त्रालयले मङ्गलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीहरू र लुटिएका हतियारहरूका कारण आगामी प्रतिनिधिसभा निर्वाचन बिथोलिन नदिने उद्घोष गरे।सुरक्षा चुनौतीको व्यवस्थापनमा सरकारले विशेष अभियान चलाएको र चुनावअघि नै लुटिएका हतियार र फरार कैदीबन्दीहरु नियन्त्रणमा ल्याइने बताए ।भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कुल १४,५५४ कैदीबन्दी र बालबन्दीमध्ये ९,६९७ लाई फिर्ता ल्याइसकिएको छ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 462 पटक पढिएको
  • हेटौंडामा सडक विस्तार विवादः सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह

    हेटौँडा— हेटौँडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा आज बजारका अधिकांश व्यवसायीहरूले व्यापारिक गतिविधि पूर्ण रूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् ।सडक सीमाङ्कनका कारण विस्थापित हुने जोखिममा परेका व्यापारी र घरधनीहरू उचित मुआब्जा बिना सडक विस्तार अघि बढाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिन मात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारिक समूदाय सक्रिय देखिएको छ ।आन्दोलनकारीहरूले सटर नखोली सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरे पनि केही व्यवसायी र घरधनीहरूले भने सटर खोलेर व्यापार सञ्चालन गरेको भन्दै उनीहरूल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 551 पटक पढिएको
  • पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल

    काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुष महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै यसलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने टिप्पणी गरेका छन् । पार्टी बैठकको दोश्रो दिन नै आफूले यससम्बन्धी प्रस्ताव नै दर्ता गराएको भन्दै उनले डेढ महिना यसैको विवादमा समय खेर गएको भन्दै दुःख प्रकट गरेकाछन् । आफूलाई निर्णय भएलगत्तै धेरै नेता कार्यकर्ताले फोन गरेर महाधिवेशन यति छोटो समयमा कसरी हुन्छ भनेर शंसय व्यक्त गरेको प्रसंग कोट्याउँदै उनले आफूले सम्भव देखेरै विगतमा प्रस्ताव गरेको भन्दै अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य हुने हो भने महाधिवेशन सम्भव रहेको दो

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 514 पटक पढिएको
  • रास्वपा बाजुराको प्रथम विस्तारित बैठक तथा भेला मंसिर २४ गते बस्दै

    बाजुरा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति बाजुराले प्रथम विस्तारित बैठक तथा भेला बोलाएको छ ।रास्वपा जिल्ला समितिले यहीँ मंसिर २४ गते बिहान ११ बजेबाट जिल्ला सदरमुकाम मार्तडीमा बस्ने गरी प्रथम विस्तारित भेला बोलाएको हो ।रास्वपा जिल्ला समिति सभापति नवराज जैशीले पार्टी केन्द्रको सर्कुलर अनुसार जिल्लाको संगठनात्मक राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन प्रथम विस्तारित बैठक बस्न लागेको जानकारी दिए । बैठकमा जिल्ला समिति हेरफेर तथा रिक्त पदपूर्ति गर्ने, जिल्ला स्तरीय विभाग र आयोग गठन, पालिका–वडा समिति गठन तथा अधिवेशन गर्ने, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपाति

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 495 पटक पढिएको
  • मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने भएको छ । सोमबार बेलुका सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ ।न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको हिजोको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको हो ।‘मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशीघ्र टुङ्गो लगाउन वाञ्छनीय देखिएकाले प्रस्तुत आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवलाई नेपालको संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव मधेश

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 450 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 420 पटक पढिएको
  • कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोरयाए ।मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ । ‘थोरै बजेटमा धेरै काम गर्ने बाध्यताले कतिपय योजना अलपत्र परे। अब त्यसमा सु

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 232 पटक पढिएको
  • विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

    विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो ।सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे ।संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए । उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 223 पटक पढिएको
  • कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

    काठमाडौं— लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने सहमति जुटेको छ ।सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामा महाधिवेशन गर्ने सहमति जुटेको हो ।कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ । महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको थियो ।विशेष महाधिवेशन पक्षधर नेताहरूको भावना समेत सम्बोधन हुनेगरि पुसमा महाधिवेशन गर्ने सहमति बनेको हो ।उक्त सहमतिसँगै यही मंसिर २३ गते म्याद सकिने शेर बहादुर देउवा नेतृत्वको कार्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 544 पटक पढिएको
  • आफ्नै गुटका असन्तुष्ट नेतालाई देउवाको चेतावनी

    काठमाडौं— नेपाली कांग्रेसले १५औं महाधिवेशनको तालिका ल्याउने तयारी गरिरहेको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय समिति बैठकले पुस २६ गतेका लागि १५औं महाधिवेशनको तालिका पेस गर्नेछ।  यसअघि शुक्रबार र आइतबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा केही पूर्वपदाधिकारी र नेतासहितको छलफलले पुस अन्तिम साता महाधिवेशनको तालिका ल्याउने सहमति गरेको थियो। तर, देउवानिकट नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौलासहितले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनअघि पार्टी महाधिवेशन गर्न नहुने पक्षमा थिए। उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकले धोका दिए

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 527 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.