काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजेलाई बोलाइएको बैठकमा सहभागी हुन केन्द्रीय सदस्य पार्टी कार्यालय पुग्नेक्रम जारी छ ।आजको बैठकमा विभिन्न १० एजेन्डामा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकमा पार्टी अनुशासन आयोगको प्रतिवेदनमाथि विशेष छलफल हुनेछ ।रास्वपाले केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी गरेको छ । यसअघि ढकाललाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको थियो । यस्तै उनलाई साधारण सदस्यबाट किन नहटाउने
काठमाडौं— सङ्घीय सांसदअन्तर्गत बुधबार चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज राज्यव्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:३० मा बस्दै छ भने बैठकमा ‘सुशासन’ र यसको प्रवर्द्धन गर्न ‘राष्ट्रि
काठमाडौं- नेपालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन आयोजना हुने भएको छ । नेकपा एमालेको प्रमुख जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले भदौ ३० र ३१ गते एआई सम्मेलन आयोजना गर्न लागेको हो ।एआई सम्मेलनबाट विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजमा जानकारी प्रदान गरिने युवा संघ नेपालले जनाएको छ ।सम्मेलनको तयारी बैठकका क्रममा अध्यक्ष क्षितिज थेबेले सम्मेलनको उद्देश्यबारे जानकारी गराउँदै सूचना प्रविधिको वर्तमान युग अब ‘आर्टिफिसियल इन्टेलिजेन्स’मा पुगिसकेको बताउँदै यसबाट नेपाली समाजमा पर्न सक्ने प्रभाव र लिन सक्नुपर्ने लाभबारे सम्मेलन केन्द्रि
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको बताएका छन् । मंगलबार कांग्रेस नेता स्व। प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक अन्तरक्रिया कार्यक्रममा नेपालका राजनीतिक दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको उनले बताएका हुन् । ‘तबसम्म हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ’, पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘हामी त्यो अनुरुप रूपान्तर हुँदैनौँ भने अरूलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौँ ।’ उनले प्रदूषित राजनीतिलाई परिवर्तन गर्ने
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एमालेबीचको गठबन्धन तोडिनेमा शंका नगर्न आग्रह गरेका छन् । स्वर्गीय कांग्रेस नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै उनले वर्तमान गठबन्धन सहमति अनुसार नै अघि बढ्ने दाबी गरे । “केपी शर्मा ओली र मेरोबिचमा भएको सहमति कसैको दबाबमा हैन, यो सहमतिप्रति शंका/उपशंका गर्न आवश्यक छैन”, देउवाले भने, “सहमति पालनामा कांग्रेस प्रतिबद्ध छ ।”उनले संविधान संशोधन लगायतका विषयमा पनि सहमति गरिने बताएका छन् । संशोधन लोकतन्त्रका मूलभूत सिद्धान्तअ नुरूप नै हुने देउवाको दाबी छ । गठबन्धन कसैका
विराटनगर- कोशी प्रदेश सभाको बैठक आगामी भदौ १८ गतेका लागि बोलाइएको छ । दुई तिहाई बहुमत सरकारको छायाँमा प्रदेश सभा परेको भन्दै प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित सत्तारुढ सांसदले नै विरोध गरेपछि सभामुख अम्बरबहादुर विष्टले बैठक बोलाएका हुन् । यसअघि ८ असारमा बजेट पास भएपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो । मुख्यमन्त्रीको ग्रिन सिग्नल पर्खिरहेका सभामुख विष्टले त्यस यता बैठक बोलाएका थिएनन् । नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारपछि मात्रै प्रदेशसभा बैठक बोलाउन सभामुखलाई दबाब दिएका थिए ।&nb
काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव डा. सुरेन्द्र झाले वर्तमान गठबन्धनलाई कायम राख्न कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । मंगलबार काठमाडौंमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभामा बोल्दै उनले छैटौँपटक प्रधानमन्त्री बन्ने आकांक्षाले गठबन्धनको भविष्य तलमाथि नपारिदिन आग्रह गरेका हुन् । दुई ठूला राजनितिक दल कांग्रेस र एमाले कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताउँदै झाले प्रधानमन्त्री बन्न भन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न देउवालाई आग्रह गरे ।
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो ।गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिँदै छन् । प्रदेश सभाको जारी बैठकमा मुख्यमन्त्री आचार्यको विश्वासको मतको प्रस्तावमा मत विभाजन कार्य भइरहेको छ । प्रदेश सभाको चौथो अधिवेशनको २५ औ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेका हुन् । गत साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
धनगढी- सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दलकै विरोधकाबीच प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक पारित भएको छ ।मंगलबार बसेको प्रदेश सभाको बैठकले सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीको विरोधकाबीच विधेयक पारित गरेको हो । थारु-राना थारु समुदायलाई जनसंख्याका आधारमा समावेशी आरक्षण कोटा निर्धारण गर्नुपर्ने माग राख्दै नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरुले रोस्टम घेराउ गरेका थिए । तर, सभामुख भीमबहादुर भण्डारीले विरोधकैबीच ध्वनी मतका आधारमा प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन विद्येयक बहुमतले पारित भएको घोषणा गरेका हुन् ।आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले दफावार छलफलको लाग
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.