राजनीति

    Showing 3,261-3,270 of 10,315 items.
  • नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक

    काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । सोमबार बिहान ९ बजे सानेपास्थित पार्टी मुख्यालयमा बस्ने गरी पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको छ ।बैठक महाधिवेशन तालिका, राष्ट्रिय सभा र प्रतिनिधिसभा चुनावका लागि जिल्लाबाट भएको उम्मेदवार सिफारिसलगायतमा केन्द्रित हुने बताइएको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 361 पटक पढिएको
  • एनआरएनए एकतालाई आत्मसमर्पण नभनौं, सहमति भएको होः महेश श्रेष्ठ

    काठमाडौं— विगत चार बर्षदेखि विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ(एनआरएनए)प्रधानमन्त्री सुशीला कार्कीको रोहवरमा औपचारिक रुपमा एकता भएपछि पक्ष विपक्षमा वहस भइरहेको छ । महेश कुमार श्रेष्ठ र डा.बद्री केसीले एकता सम्बन्धी १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा राखिएको अध्यक्षका दुईवटा कुर्सीबाट एकता महाधिवेशनको तयारी गरिरहेका छन् । संघको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन १७ अप्रिल २०२६ भित्र सम्पन्न गर्नेगरी काम सुरु गरेको अध्यक्षद्वयको तयारी छ । एकतापछि भएका प्रगतिबारे अध्यक्ष महेशकुमार श्रेष्ठसँग कुराकानी गरेको छ ।एनआरएनए एकतापछि अध्यक्षको कुर्सीमा हुनुहुन्छ, यसबीचमा के के

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 469 पटक पढिएको
  • उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिलाई जसपा नेपालको सर्कुलर

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरुको नाम पठाइसक्नुपर्ने र पार्टी प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा तीन जनासम्म हुने गरी अनिवार्य रुपले सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रीय कार्यालय वा पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको संघीय संसदीय बोर्ड

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 443 पटक पढिएको
  • कालिकोटबाट काँग्रेसले गर्यो १२ जनाको नाम सिफारिस

    सुर्खेत— नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेद्वार सिफारिस गरेको छ ।प्रतिनिधी सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको नेपाली काँग्रेस कालिकोटका उपसभापति मीनबहादुर बोगटीले बताए ।मंसिर २४ गतेदेखि सुरु भएको काँग्रेस कालिकोटको बैठकले शनिबार उम्मेद्वार सिफारिस टुङ्गो लगाएको हो । काँग्रेस कालिकोटले गरेको उम्मेद्वार सिफारिसअनुसार प्रत्यक्षतर्फ पार्टी पूर्वसभापति हर्षबहादुर वम, महासमिति सदस्य नारायणप्रसाद भट्टराई, डिएलएका केन्द्रीय सदस्य दमनराज व

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 437 पटक पढिएको
  • ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’

    काठमाडौं—  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन् ।आइतबार ललितपुर सातदोबाटोस्थित प्रहरी वृत्त तथा ट्राफिक प्रहरी परिसरको भवन पुननिर्माण पश्चात भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सुशासन हुनको लागि कानुनको शासन आवश्यक रहेको भन्दै यसको लागि प्रहरी मात्र पर्याप्त नभई नागरिकहरुको पनि उत्तिकै भूमिका रहने धारणा राखे ।उनले भने,‘जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार चाँही मुलुकभरी सुशासनको माग हो । सुशासन हुनको लागि कानुनको शासन चाहिन्छ । सुशासनको अभिन्न अंग चाँही कानुनको शासन नै हो । यसको लागि फेरी प्रहरी मात्र पर्याप

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 537 पटक पढिएको
  • चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा

    काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्।७० वर्ष पुगिसकेका ज्ञवालीले चुनाव नलड्ने तर पार्टीमा सक्रिय भने रहने बताए ।भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेको एक केन्द्रीय सदस्यले बताए ।एमालेले गत भदौमा विधान सम्मेलनबाट ७० वर्षे उमेर हद भने हटाइसकेको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 472 पटक पढिएको
  • विकासको काम गर्ने सरकार नै प्रदेश सरकारः इन्द्र बानियाँ

    रामेछाप— वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विकासको काम गर्ने मुख्य सरकार नै प्रदेश सरकार भएको बताएका छन् ।नुवाकोटको ढाँडेखोला सडक पुल निर्माण कार्यको शिलान्यास तथा सुपारी खोल्सीमा बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ लाई जोड्ने मोटरेबल पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले केन्द्र सरकारले नीति बनाउने, स्थानीय सरकारले जनतालाई आवश्यक सेवा दिने र विकासको काम प्रदेश सरकारले गर्ने परिकल्पना संविधानले गरेको बताए ।गाउँमुखी, आयमुखी, न्यायमुखी काम गर्ने वाग्मती प्रदेश सरकारको प्रतिबद्धता रहेको उनले बताए । गणतन्त्र स्थापना भएपछि नेपालेले विकासमा फड्को मारेको पनि उनले प्रत

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 467 पटक पढिएको
  • एमाले महाधिवेशनको दोस्रो दिन बन्दसत्र, भृकुटीमण्डपमा कडा सुरक्षा

    काठमाडौं— नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सञ्चालनको तयारी पूरा गरिएको छ। पार्टीको महत्वपूर्ण आन्तरिक छलफल हुने बन्दसत्रलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।बन्दसत्र स्थलको सुरक्षाका लागि नेपाल प्रहरीले दुई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भृकुटीमण्डप चौर क्षेत्रको चारै दिशाबाट सर्वसाधारणको आवतजावतमा रोक लगाइएको छ।महाधिवेशनको बन्दसत्रमा पार्टीको सांगठनिक तथा राजनीतिक एजेन्डामाथि गहन छलफल हुने बताइएको छ।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 452 पटक पढिएको
  • कुलमान घिसिङ भन्छन अस्पतालको भवन निर्माणलाई बन्धक बनाएर यथास्थितिमा राख्न सकिन्न

    पोखरा— कास्कीको पोखरामा निर्माणाधीन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको मेडिकल भवन निर्माण पाँच वर्षमा पनि निर्माण हुन सकेको छैन ।माघ २०७७ मा २० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हालसम्म ५१ प्रतिशतमात्र भौतिक प्रगति रहेको छ । तेस्रो पटक थपिएको समयावधि पनि गत साउनमा सकिएको छ ।शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी भवन कार्यालय पोखराबाट निर्माणाधीन उक्त भवन १० करोड ५५ लाख (कर बाहेक)मा निर्माण गर्न लागिएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार भवन निर्माणस्थलको अनुगमन गरी निर्माण प्रगतिका बारेमा जान

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 508 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठक सुरु

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बैठक सुरु भएको हो।बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए। यो बैठक कार्यकालको अन्तिम बैठक हो।

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 386 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.